अपडेट

जलिरहेको चिता मा हामफालेर आत्महत्या।


चित्तामा हाम फालेर आत्मदाह
- भीमबहादुर सिंह, जाजरकोट
फाल्गुन १८, २०७२- घाटमा बलिरहेको चित्तामा हाम फाल्दा जुगाथापाचौर–८ का ६० वर्षिय मानबहादुर बुढाको जलेर मृत्यु भएको छ ।

सोमबार काल गतिले मृत्यु भएका सोही ठाउँका दीलबर खत्रीको शव जलाईहेको चित्तामा बुढाले एक्कासी हाम फालेर आत्मदाहा गरेका हुन् । चित्तामा जल्दै गरेको अवस्थामा बुढालाई मृतक खत्रीका मलामीले उद्धार गरेर बाहिर निकाले पनि उनको तत्काल घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले बताए । 

दन्कीरहेको चित्ताबाट बुढालाई निकाल्न ५ मीनेट जति समय लागेको थियो । तर ७० प्रतिशत शरीर जलीसकेकोले चित्ताबाट निकालेको १० मीनेटमै उनको मत्यु भएको प्रनाउ मल्लले बताए । 

के कति कारणले बुढाले चित्तामा हाम फालेर आत्मदाहा गरेका हुन् भन्ने कारण भने खुलेको छैन । त्यसबारे थप अनुसन्धान जारी रहेको मल्लले बताए । झण्डै २ सय वर्ष अघिको सती प्रथाको झल्को दिने गरी भएको यस घटनाबाट स्थानीय बासिन्दालाई चकित बनाएको प्रनाउ मल्लले बताए ।

कोई टिप्पणी नहीं