अपडेट

खाडीमा राजनैतिक गतिविधी र त्यसको औचित्य।


सबैभन्दा दुर्भाग्यपुर्ण कुरा के हो भने हाम्रो देशका अधिकाँस मतदाता हरु खाडी र मलेसीया मा छन लगभग विस पच्चीस लाख को हाराहारीमा ति सयदै मतदानमा सामेल भएहोलान अथवा कमै मात्र खाडीमा कार्यरत युवा हरुमा मतदानको अनुभव होला, मतदान मा प्रत्यक्ष सहभागी नभएपनि युवा हरु मा राजनैतिक चेतना चाही विकाश भएको छ, हाम्रो सामाजीक संरचना अनुसार कमाउने मान्छे घरमुली हुन्छ,कतिपय खाडीमा कार्यरत युवा हरु को एकल परिवार छ र त्यहा उनिहरु को निर्णय नै सर्वोपरी हुन्छ, कहिंकतै यौटै परिवार भित्र पनि फरक मत राख्ने हरु भेटीन्छन तर समग्रता के हो भने प्राय यौटा परिवार भित्रको भोट यौटै पार्टी या उमेद्वार लाई गएको देखीन्छ, नेपाली राजनैतिक दल हरु चुनावी परीणाम को लागी हमेसा मेहनत गरिरहन्छन हरेक दलमा संगठन विस्तार विभाग भन्ने अलग्गै निकै शक्तिसाली विभाग हुन्छ र संगठन को विस्तार को लागी विभागले साम दाम दण्ड भेद को निती अख्तियार गरेको पाईन्छ, हामी सुनिरहन्छौ समाचार मा एतीका संख्या मा सदस्य हरु फलानो पार्टी बाट फलानो मा गए भन्ने ति कुरा हरु सबै प्रोपोगाण्डा मात्र हुन किन की संख्या को हल्ला फैल्याएर नेता हरु अरु सोझा जनतालाई आफ्नो पार्टी प्रति आकर्षीत गर्न चाहन्छन केवल भोटको लागी,र तिनका नेता हरु बारम्बार खाडी मुलुक को भ्रमण मा जानुको मुल उद्देश्य पनि त्यही हो, विप्रेषण नियन्त्रीत अर्थतन्त्र छ हाम्रो र त्यसको श्रोत खाडी हो भनेपछी दल र नेता को नजर नपर्ने कुरै भएन, प्रभाव विस्तार भैसकेपछी उठ्ने चन्दा पनि प्रमुख आकर्षण मै पर्छ, नेपाली हरु नेताको लागी र आफुले आस्था राखेको दल प्रति निकै नै उदार र दानी रहदै आएकाछन तसर्थ समग्रमा भन्नुपर्दा मुख्यतया खाडीमा कार्यरत युवा ले भनेपछी मान्दिने उनिहरुको परिवार को भोट र चन्दा या नी आर्थीक लाभ कै लागी खाडी मा राजनैतिक गतिविधी भैरहेको देखीन्छ। बाकी रह्यो त्यस्ता संगठन हरु आवस्यक छन या छैनन भन्नेकुरा - हामी नेपाली हरुले नियम कानुन को कहिल्यै पालना गरेनौं यहासम्म की पुर्व प्रधानमन्त्री हरु प्रचण्ड र बाबुराम समेत कुटनैतिक मर्यादा को ख्याल नगरी साधारण भ्रमण भिषामा कतार पुगेर संगठन सम्वन्धी काम गरेको देखीयो, जुन कीसीमका कृयाकलाप हरु र गतिवीधी हरु त्यो समयमा भए ती सम्पुर्ण कुरा हरु कतार को कानुन अनुसार वर्जित हुन, त्यो समयमा त्यस्तो कुनै अनहोनी घटना भएन र तिनीहरुको कार्यक्रम सफल भएको मानियो होला तर त्यो काम  प्रजातान्त्रीक मुलुक मा भएको भए निती नियम नमान्ने हरुको अराजक झुण्ड ले गर्यो भन्न हुन्थ्यो त्यहा त्यस्तो थिएन त्यो निती नियम नबुझ्ने वेबकुफ हरुको समुहले गरेको थियो, आफ्नो मुलुकमा राम्रो काम गरेर विकाश निर्माण गरेर र रेमिटेन्स को सहि सदुपयोग गर्न सिकाएर अथवा वैदेशीक रोजगारी बाट फर्केका युवा हरुलाई उनिहरुको सिप को उचित कदर हुने रोजगारी दिएर पनि मतदाता आकर्षीत गर्न सकिन्छ तर त्यतापट्टी राजनैतिक दल हरुको कहिल्यै चासो देखीएन, अन्त्य मा खाडी मा राजनैतिक गतिवीधी बढ्नु दल र तिनका भातृ संगठन खुल्नु र नेता हरुको भ्रमण हुनु नितान्त राजनैतिक स्वर्थ प्रेरीत गतिविधी भएको कारण र खाडी मा ति गतिविधी हरु सम्पुर्ण रुप मा गैह्रकानुनी भएको कारण म ति गतिविधी हरुको खासै औचित्य देख्दीन, त्यस्ता गतिविधी गरेर जनता लाई थप गुमराहमा पारेर भोट र आर्थीक लाभ बटुल्ने यौटै उद्देश्य बाहेक खाडी मा राजनैतिक गतिविधी ले अरु केही दिदैन भन्ने मेरो विचार रह्यो -धन्यवाद।
दुर्गा पंगेनी

कोई टिप्पणी नहीं