अपडेट

यसकारण गरेनन अग्रजले अर्चनाको विरोध


केही दिन यता लोकदोहोरी र अर्चना पनेरु (मौलिक संस्कृती र निलो सिनेमा) को मिश्रण सम्वन्धी परिघटना को विषयमा म द्वारा उठाईएका केही ब्यंग्यात्मक ब्लग हरुले अर्चना पनेरु का समर्थक हरु लाई साह्रै पिडा दिएछ, म के कुरा स्पष्ट पार्न चाहान्छु भने म कुनै पनि कोण बाट अर्चना पनेरुको विरोधी होईन,पनेरु नेपाल की स्वतन्त्र नागरीक हुन नेपाल को कानुन ले उनलाई पनि अरु सरह मौलिक हक प्रदान गरेको छ तसर्थ नेपाल राज्य को कानुनी दायरा मा रहि कानुन द्वारा वर्जित नगरिएका कार्य गर्न पाउनु उनको अधीकार हो। अर्चना द्वारा प्रस्तुत गरिएका निला दृष्य हरु हामी लुकेर हेर्छौ म पनि हेर्छु यसमा लजाउन पर्ने सार्वजानीक ठाउमा मात्रै हो निजी समयमा ब्यक्तीगत अवस्था मा प्राय युवा ले रमाईरमाई हेर्ने कुराको ब्यक्तिगत तवरमा विरोध गर्नुपर्ने कुनै कारण छैन भन्ने मेरो विष्लेषण रहेको कुरा स्पष्ट पार्न चाहान्छु ।

म लगायत आम श्रोता लाई दुविधा कुन कुरा मा हो भने परिवर्तीत संस्कृती को परिप्रेक्ष मा अर्चना पनेरु को आगमन अस्वाभाविक र अलीकती चाडो जस्तो देखीएपनि यो हुनु नै थियो,मनोरन्जन जगतमा लुकेर ब्याप्त रहेको यौन को खेल पर्दा मा आउनु नै थियो, यो भन्दा पहीला अनचाही क्लिप हरुले बजार तताएकै थिए, नायीका श्रीषा कार्की, गायक प्रकाश ओझा र अहिलेकी स्थापित नायीका नम्रता श्रेष्ठ अनी पुजा लामा का पनि यौन सम्पर्क गर्दा गर्दै का भिडीयो हरु दर्शक श्रोता समक्ष पुगेकै हुन। यो विषय मा खुलेर म निलो सिनेमा मै काम गर्छु म यौन सम्वन्ध गर्दैगरिएको दृष्य फिल्माउन तयार छु भनेर घोषणा गर्ने र घोषणा गरेको पुरा गरेर देखाउने मान्छे हुन अर्चना,उनको मान्यता अनुसार निलो सिनेमा मा काम गर्नु सम्मानित पेशा हुनुपर्छ तर यो विषय मा पनि विरोध गरिरहेछन मान्छे हरु जव नेपाल मै केही ब्यक्ती हरु देह ब्यापार लाई कानुनी मान्यता दिनुपर्छ भन्ने माग उठाईरहेछन भने देह ब्यापार र निलो सिनेमा को निर्माण मा कति भिन्नता छ र? आखीर पैसा तिरेर यौंनांग हरुको प्रयोग द्वारा सम्पन्न हुने काम हुन दुबै, तसर्थ पनि अर्चना पनेरु को ब्यक्तिगत रुप मा विरोध गरिरहनुको कुनै तुक छैन भन्ने कुरा लोक दोहोरी का अग्रज हरु ले विष्लेशण गरेको नयाँ पाटो हुन सक्छ तसर्थ पनि अर्चना को डेब्यु मा चुप छन संस्था का पदाधिकारी हरु ।

त्यसो गर्नु हुन्थ्यो की हुन्नथ्यो अथवा अर्चना पनेरु लाई लोक दोहोरी गीत को भिडीयोमा अभिनय गराउन हुन्थ्यो या हुदैनथ्यो  भन्ने विषय मा छलफल नै गर्ने हो भने सर्वप्रथम लोक संस्कृती मा निलो दृष्य मिसाउनु हुन्छ की हुदैन भन्ने कुरा मा छलफल चलाईनु पर्छ,त्यसको लागी निलो दृष्य को परिभाषा आउनु जरुरी छ या नी कतिसम्म यौंनांग देखीएको दृष्य लाई निलो मान्ने भन्नेकुरा आम रुप मा किटान हुनु जरुरी छ अनी गीत मा प्रयोग भएका शब्दले दृष्य मा असर गर्छ की गर्दैन भन्ने विषय मुख्य रुप मा उठान गर्ने हो भने शब्द लेख्ने हरु लाई सबै भन्दा पहिला निलो दृष्य को सर्जक भनेर परिभाषित गरिनु पर्दछ, जस्तो की नेपाली लेक दोहोरी मा प्रयोग भई आएका द्विअर्थी शब्द हरु ले यौन विम्व दर्शाउछन भने त्यो शब्द मा यौन दृष्य को प्रयोग लाई संस्कृती विरोधी कीन मान्नुपर्यो? आम बुझाई मा 'तिम्रो ठेकी छ मेरो मदानी' भन्ने गीत मा ठेकीले योनी र मदानीले लिंग को विम्व दर्शाएको हो भने त्यो शब्द फिल्माउदा योनी र लिंग को प्रयोग भयो भने अचम्म किन मान्नु पर्यो? भन्ने नयाँ विष्लेषण का साथ अव अग्रज हरु कुनैपनि अनुसासन हिनता को विरोध नगर्ने अवस्था मा पुगेको कारण अर्चना को आगमन मा मौन छन ।

यौटा अहिले सम्म वुझ्न नसकिएको विषय के पनि छ भने, 'तल पनि पिरलो माथी पनि पिरलो' भन्ने शब्द लाई फिल्माउदा कलाकारले स्तन र कम्मर को वरिपरी हात घुमाएर नाचेको दृष्य लाई भल्गर भनेर परिभाषीत गर्ने संस्था का पदाधीकारी हरु ले श्लिल र अस्लिल छुट्याउने परिभाषा अहीले सम्म लेख्न सकेनन, अन्त्य मा आएर उनिहरुको नजरमा अर्चना पनेरु कलाकार मात्र भएर गीत को दृष्य मा देखीएकी छीन,उनले अभीनय गरेको गीत भन्दा धेरै भद्दा दृष्य भएका  गीत हरु बजार मा हिट भैरहेका छन भने अर्चना पनेरुको आगमन को विषय मा विरोधी किन बन्नु? डिजीटल बजार ले धानेको संगीत क्षेत्र मा के थाह भोली आफ्नै द्विअर्थी शब्द फिल्माउन अर्चनाकै आवस्यकता पो पर्छ की !

कुरो स्पष्ट छ,लोक दोहोरी का अग्रज हरु अव तर्सिसके, सबैभन्दा द्विअर्थी गीत अग्रज हरुकै छन बजार मा सिधा प्रस्तुतीकरण भएका गीत हरु ले कमाई गरिरहेका छन भने आँफु किन पछी हट्नु ?आफ्नो गीत मा पनि होओस नयाँ प्रयोग भन्ने भित्री चाहना अग्रज हरुमा पनि सुसुप्त रुपमा रहेको कुरो अर्चना को डेब्यु मा अग्रज हरु चुप रहनु ले प्रष्ट पारेको छ,अव त उनीहरु लाई ज्योती मगर लाई लुगा छोटो भयो भनेर गरिएको गाली प्रति पनि पश्चाताप भैरहेको हुनुपर्छ। किन की अग्रज हरुको कुनैपनि नसिहत अथवा विज्ञप्ती ले ज्योती मगरको कृयाकलाप लाई नियन्त्रण गर्न सकेनन, ज्योती मगर मा प्रयोग गरिसकीएको र असफल प्रमाणीत भैसकेको विज्ञप्ती अष्त्र अर्चना को हकमा प्रयोग गर्न अग्रज हरु हच्केका पक्कै हुन ।

सबैभन्दा दुर्भाग्यको कुरा के हो भने अग्रज हरुले मौलिक संस्कृती दावि गर्दै रेष्टुरेण्ट मा 'सराव र सबाव' संग मिसाएर वेचिने गरेको लोक दोहोरी मा यौन को प्रयोग उक्त रेष्टुरेण्ट का हरेक टेवल मा छताछुल्ल भएको देख्न पाईन्छ भने भिडीयो मा आउनु कति ठुलो कुरो भयो र! आखीर नाफा या फाईदा कस्लाई मन पर्दैन र!

'दुर्गा पंगेनी'

कोई टिप्पणी नहीं