गजल
साँचेको छु अधरमा मुस्कान तिम्रो लागी
रात पछी आउने त्यो बिहान तिम्रो लागी।
बर्षौ बित्यो क्षितिज हेरी एक्लै टोलाएको
नबिर्सने घाउ बन्यो मुग्लान तिम्रो लागी।
सँग संगै गरुँला यो यात्रा जिन्दगीको
रोक्ने छु म जस्तै आँधी तुफान तिम्रो लागी।
चाहन्छु म जुटौं अब एक्लो जीवन व्यर्थ
ढुक्कै बस पाखुरी छन सिरान तिम्रो लागी।
चाहे भनोस दुनियाले 'भावुक' गद्धारी हो
हुने छैन कदापी म बैमान तिम्रो लागी ।
गोविन्द भावुक
रचना : २७ फागुन २०७१
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें