कविता: मुक्ती...!!
ए मेरो कारण थुनिएका हरु हो
सुन..!
मैले पिंजडा को ढोका
खोलीदिएको छु!
तिम्रा पखेटा
जुन मैलेनै जोगाईदिएको थिएँ
त्यो प्रयोग गरेर
विचरण गर्न सक्नेछौ
सारा गगन मा...!
ए मेरो कारण वेचिएझैं ठान्ने हरु हो
सुन..!
ऋण मुक्त भयौ तिमीहरु
आज उपरान्त,
मैले मेरो बन्धन बाट तिमीहरलाई
मुक्त गरिदिएँ .. जाओ..
बोक्न भारी भैरहेको
मेरो माया को ऋण
अव तिर्नुपर्ने छैन
साँवा ब्याज केहीपनि
वस...!
मेरो कारण वेचिनु परेको ग्लानी
तिमीहरुमा नरहोस...!
ए मलाई आधार मानेर
मेरो प्रतिक्षा गरेका हरु हो...!
नपर्ख अव,
तिमीहरुको आधार धर्मरायो
म अव ओत दिन सक्तीन
किन की
म आफै अडीने गरेको मियो ले
आज मेरैकारण
आफु वेचीनु परेको
गुनासो गर्यो..!!
मेरै भार ले आफु
थिचीएको गुनासो गर्यो।
गल्नु परेको र
जल्नु परेको गुनासो गर्यो..!
"दुर्गा पंगेनी"
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें