तिम्रो ठेकी छ मेरो मदानी-चन्द्र शर्मा।
लोक र दोहोरी नै फरक कुरा हुन अहीले लोक गीत हराउदै गयो, दोहोरी को चर्चा र ब्यवसाय दुईटै कुरा मैलाउदै गैईरहेको छ, हामी यहा चर्चा गरौं दोहोरी गीत मा उत्तेजक शब्दको प्रयोग र दोहोरी गीत का भिडीयो मा प्रयोग गरिएका अश्लिल हाउभाउ को।
लोक गीत हिजो पनि श्लील थियो र आज पनि श्लील छ- दोहोरी ईतिहास देखी नै मनोरन्जन क्षेत्रको बैसालु विधा हो , बैंस मिसीएको कुरो समाज मा अस्लिल देखीन्छ। साँगीतिक क्षेत्र मा पहिला लोक अलग्गै र दोहोरी अलग्गै थियो - यो जोडीएर लोकदोहोरी भएको धेरै समय भएको छैन।दोहोरी गीत ले ईतिहास देखी नै दोहोरो परिचय बोकेको छ, हामी प्राय साथी हरु रोधी बस्यौं होला प्राय अनुभवी पनि छौं, जव साँझ मा रोधी सुरु हुन्छ तव गीत हरु बडो अनुसासीत पारा का हुन्छ किन की सुरुवात मा गाउघरका गन्यमान्य र बुढापाका अग्रज हरु पनि त्यही हुन्छन तसर्थ पनि दोहोरी बडो अनुसासीत पारा ले गाईन्छ-तर जव रात ढल्दैजान्छ र अग्रज हरु ले रोधीघर छाड्दै जान्छन तव दोहोरी का टुक्का लाई बैंस चढ्दै जान्छ, कतिपय तन्नेरी तरुनी हरु ले अश्लिल गीतै गाएर मन को भडास बाहिर निकाल्छन भने कतिपय सौच को वहाना बनाएर रोधीस्थल बाट गायव हुन्छन-यो दोहोरी को प्रकृती नै हो, रोधीघर सम्पुर्णरुप मा अनुसासीत कहिल्यै पनि थिएन र रहनेछैन- अहिले को नेपाली दोहोरीको अवस्था भनेको बुढापाका ले रात छिप्पीएको बहाना मा रोधी आँगन बैंसालु हरुलाई छोडीदिएको अवस्था हो-यो अवस्था मा पिसाव फेर्ने अवस्था लाई पनि गीत मै ढाल्छन गायक गायीका ले ।
"लौ न प्यारी यौटा खवर पाम
मलाई पिसाप लाग्यो
बाहीर जाम की त्यतै आम"
यो टुक्का अश्लिल होला तर छिल्लीएको रोधीघर को लोकप्रिय टुक्का हो- यो कुनैदिन रेकर्ड भएर आयो भने यसलाई अस्लिल भन्ने की नभन्ने ? लोक तथा दोहोरी गीत सम्वन्धी विज्ञ हरु ले प्रतिष्ठान बाट निस्कने नियमीत मुखपत्र मा "दोहोरी गीत मा यौन विम्व र यसको प्रयोग" नामक लेख नै छपाए, धेरै समय भएको छैन बुटवल मा सम्माननीय अग्रज गायक दुर्गा रायमाझी ज्यु ले दिनुभएको उक्त पत्रीका मा यौन विम्व झल्कने केही गीत का टुक्का हरु र ति टुक्का प्रयोग कुन अवस्था मा गरियो भनेर प्रष्ट पारिएको छ।
" हेर कान्छी होला नी हाम्रो भेट
भेट हुदा छेड्दिन्छु पानी पेट- ...!
"प्रस्तुत टुक्का सम्मानित लोक तथा दोहोरी गीत प्रतिष्ठान का पुर्व अध्यक्ष तथा हाल प्रज्ञा प्रतिष्ठान का सम्मानित प्राज्ञ दुर्गा रायमाझी ज्यु ले प्रत्यक्ष दोहोरी मा प्रयोग गर्नुभएको छ भनेर सगर्व लेखीएको छ।
"नरोउ नरोउ ए दुलही नानी
तिम्रो ठेकी छ मेरो मदानी" ...!
उस्तै द्विअर्थि भाव बोकेको यो टुक्का लोक तथा दोहोरी गीत प्रतिष्ठान का वर्तमान सम्मानित अध्यक्ष चन्द्र शर्मा ले प्रतक्ष्य दोहोरी मा प्रयोग गर्नुभएको भनेर दोहोरी गीत हरु मा यौन विम्व को प्रयोग लाई बैधानिकता दिने प्रयास उक्त लेख मा गरिएको देखीन्छ। अथवा यस्तै किसीमका टुक्का हरु प्रत्यक्ष दोहोरी मा अपाच्य मानिदैनन अथवा दोहोरी गीत मा द्विअर्थी र यौन विम्व झल्कने भाव प्रकट गर्ने चलन पुरानो परम्परा हो भनेर देखाउन खोजीएको छ।
अहिलेको अवस्था मा सबैभन्दा विवादित ज्योती मगर का गीत का टुक्का हुन अथवा अथवा भिडीयो मा प्रयोग भएका दृष्य हरु हुन पुराना गीत को तुलना मा बढी यौन विम्व झल्कने छैनन, पछील्लो पटक "देउ न एकचोटी" भन्ने भाव समेटीएको ज्योती मगरको भिडीयो को चर्चा सामाजिक संजाल निकै नै भईरहेको छ,सालिन गीत गाउने गायक हुँ भनेर दावी गर्ने हरु लगायत रात्रीकालीन दोहोरी मा अश्लिल सब्द प्रयोग गरेर दोहोरी गाउने हरु र त्यो देख्ने प्रतक्षदर्शी हरु ले पनि द्विअर्थी गीत को विरोध गरेको पाईन्छ, त्यसैले अव हेर्दै जाम नेपाली दोहोरी मा रात को बाह्र एक बज्नै बाकी छ, बुढापाका निदाउनै बाकी छ तव हुनेछ असली रोधी , कतिपय गीत हरु बारिका कान्ला मा भेटीनेछन र कतिपय धन्सार को कुना मा....!!
दुर्गा पंगेनी।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें