अपडेट

अपराध,सार्वजानीक पद र खुम बहादुर खड्काको लोकप्रियता


सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गरी जेल सजाय भुक्तान गरेर छुटेका खुम बहादुर खड्का नेपालको कानून अनुसार कुनै पनि सार्वजनिक पदमा बस्न पाउँदैनन् । कानूनत: खड्का चुनाव उठ्नसमेत पाउँदैनन् भने उनी मन्त्री, प्रधानमन्त्रीजस्ता संबैधानीक पद या कुनै पनि किसीमको सार्वजानीक पदमा बस्न समेत अयोग्य मानिन्छन् ।

सार्वजनिक पदमा बस्न नमिल्ने गरी अपराध गरेका र सो अपराध प्रमाणीत भई सजाय समेत भुक्तान गरेका खड्कालाई नेपाली कांग्रेस पार्टी भित्र काँग्रेसी जन ले उच्च सम्मानका साथ सबैभन्दा बढी मत प्रदान गरी केन्द्रीय सदस्यमा मात्र निर्वाचित गरे र उनलाई लोकप्रिय नेता को अग्रस्थान समेत प्रदान गरे।

सजायँ भोगेर रिहा भएका खुम वहादुर ले आफूलाई पछिल्लो समय कांग्रेसमै पनि फरक र ससक्त धारका रुपमा स्थापित गर्न कुनै कसर बाँकी राखेनन,आफ्नै पार्टी नेपाली कांग्रेसले धर्म निरपेक्षताको निर्णय गर्दै गर्दा खुम बहादुर भने सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक भएका थिए । हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक भइ खड्काले हिन्दु राष्ट्रका पक्षका सडकमै कार्यकर्तामात्र उतारेनन्, हिन्दु राष्ट्रका पक्षमा कमल थापासँगै मिलेर कांग्रेसकै निर्णय विरुद्धमा सडकमा उत्रिएका थिए ।

आफ्नै पार्टी ले हस्ताक्षर गरेको चार दलको १६ बुँदे सहमतिअनुसार तयार भएको संविधानको प्रारम्भिक मस्यौदा संविधानसभामा पारित भएसँगै तत्कालिन सभामुख सुवासचन्द्र नेम्वाङ्गलाई मुलुक पुनः विश्वकै एकमात्र हिन्दू राष्ट्र बन्नुपर्ने भन्दै ज्ञापनपत्रसमेत बुझाएका थिए साथै नजानिदो पारा ले संबैधानिक राजतन्त्र र हिन्दुराष्ट्र को लागी जस्तो सुकै चुनौती को पनि सामना गर्ने भन्दै हिन्दु जनता र राजा वादी हरुको पनि मन जित्ने प्रयास गरेका थिए।हिन्दु राष्ट्र कायम नगरिए अथवा  चारवटा पार्टी मिलेरमात्र संविधान जारी भयो भने त्यो संविधान टिकाउ नहुने बताएका थिए । कांग्रेस प्रजातन्त्रमा विश्वास गर्ने पार्टी भएकाले हिन्दु राष्ट्र कायम गर्ने नगर्नेबारेमा जनमत संग्रहमा जानुपर्ने उनले मत राख्दै आएका छन् ।

खुला तर्फको अग्रस्थानमा खुमबहादुर खड्काको नाम आउने बित्तिकै देशका केही वौद्दिक व्यक्तित्वहरु सामाजिक सञ्जालमा तरंगित भएका मात्र छैनन, खुम बहादुरको आलोचना र पुरा काँग्रेस को द्वैध चरित्र को बारेमा गरिएको आलोचना ले सामाजीक संजाल का भित्ता हरु रंगीएका छन, लौ अव सिध्यायो खुमबहादुरले भनेर रुने र समाजवाद अथवा भ्रष्टाचार मुक्त समाजको परिकल्पना मा रुने हरुले खड्का ले सिध्याउने कुरो देश को अर्थतन्त्र हो गणतन्त्र हो अथवा अन्य केही हो कसैले लेखेका छैनन्। धर्म निरपेक्षता विरुद्द उनको अभियान कसैको नजरमा परेको छैन या त्यही धर्म निरपेक्षता सिध्याउछ खड्का ले भन्ने सोच्दछन । 

गजवको छ बुद्दीजिवी हरुको आक्रोश पनि नेपालमा वुद्दिजीवी हुनुको मजा नै यही हो विरोध आक्रोसपुर्ण तरिका ले गरिन्छ तर विरोध किन गरिएको हो त्यो कुरा को विष्लेशण गरेर अथवा ब्याख्या गरेर कसैलाई जानकारी दिनुपर्छ र आफ्नो विरोध जायज हो भनेर प्रमाणीत गर्ने जमर्को नगरेपनि हुन्छ। 

राप्ती क्षेत्रमा खुम बहादुर खड्काको लोकप्रियता जन जन सम्म पुगेको देख्न पाईन्छ, प्रमाणीत भ्रष्टाचारी नै भएपनि अथवा उनलाई षडयन्त्रै गरेर फसाईएको भनेर गरिएको दावी सत्य नै भएपनि समग्र काँग्रेस को राजनितीक चरित्र अथवा आगामी मोड यो महाअधिवेशन ले तय गरेको छ, आगामी दिनमा काँग्रेस ले संविधान संसोधन गरेरै भएपनि खुम वहादुर को प्रधानमन्त्री हुने बाटो नखोल्ला भन्न सकिन्न...!

कोई टिप्पणी नहीं