कलाकारको छोडपत्र...!
गजल
लिलामीमा चढ्यो माया बोलपत्र तयार भो
कति पर्छ प्रेमको मुल्य कबोलपत्र तयार भो
संसारै यो झुटको खेती थाह पाउनु छैन केही
धोकै धोका भरिएको सोधपत्र तयार भो
मुखमा रामराम पिठ्युमा रामपुरीको वास रैछ
तिम्रो दिलमा मेरो लागी निरोधपत्र तयार भो
आकाश अनी दर्पण जस्तै चोखो मेरो प्रेम भन्दै
आज आफ्नै दिलको लागी विरोधपत्र तयार भो
घटाघट र बढाबढ को रंगीन यो रंगमन्च मा
अर्को यौटा कलाकारको छोडपत्र तयार भो..!!
दुर्गा पंगेनी
स्वरेक -३ स्याँड•जा।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें