अपडेट

धनगढीमा शालुको होली धमाका हुने



नेपाल भरिनै मेला र महोत्सव को सिजन चलिरहेको छ, राम्रा र चर्चित पर्फमर हरु अत्यन्तै ब्यस्त रहने समय हो यो, पर्यटन, उद्योग , ब्यापार र सरकार का स्थानीय निकाय को प्रत्यक्ष संलग्नला मा हुने यस्ता महोत्सव हरु नाफा मुलक मात्र नभई विशेष कुरा को प्रवर्धन को लागी पनि भनेर गरिन्छ, कृषि मेला, औधौगीक प्रदर्शनी ईत्यादी, त्यस्ता मेला महोत्सव हरु हाम्रो समाजका अभीन्न अंग बनिसकेका छन जसरी समयमा कुनै पर्व विशेष आउछ त्यसरी नै निश्चित ठाउमा त्यहा को मेला या महोत्सव पनि पर्व जसरी नै पक्कै आउछ, र त्यो मेला र पर्व को लहर देशै भरि चलिरहेको छ। 

खास गरी ति मेला र महोत्सव हरुमा हुने साँस्कृतीक कार्यक्रम हरु ति महोत्सव का मुख्य आकर्षण को केन्द्र वनिरहेको र कलाकार को लागी पनि आय श्रोत को माध्याम बनिरहेका छन , राम्रा प्रस्तोता हरुको लागी आय आर्जन गर्ने र आफ्नो प्रस्तुतीकरण सुधार्ने राम्रो मौका बनेर आईरहेका छन महोत्सव हरु , पर्यटन वोर्ड, जिल्ला विकास समीती, गा वि स, नगरपालीका, र गाउँ टोल समेत यस्ता मेला महोत्सव मा राम्रा, उत्कृष्ट र चर्चित अनुहार लाई आफ्नो कार्यक्रम मा निम्त्याएर सर्वसाधारण लाई मेला प्रति आकर्षीत गर्दै आफ्नो महोत्सव को रौनक बढाउन चाहन्छन।  

यसै क्रममा अहिले को सिजन मा विभीन्न मेला महोत्सव हरुमा निकै नै ब्यस्त रहेकी नृत्यांगना एवं गायीका शालु गौतम संग आज हामी ले आफ्नो अनुभव सुनाउन आग्रह गर्यौं, उनी देशै भरि का विभिन्न महेत्सव हरु मा आफ्नो प्रस्तुती देखाउन निकै ब्यस्त छीन, दिनै पिच्छे का फरक स्टेज का तश्विर हरु ले आफ्नो सामाजीक संजाल रंग्याईरहेकी शालु ले निकै ब्यस्त अवस्था मा पनि हाम्रा केही जिज्ञासा हरुमा आफ्नो अनुभव यसरी सुनाईन। 

कलाकार हरुको त सिजन नै हो, म पनि यही क्षेत्रको भएकोले ब्यस्त त भैहाल्ने भएँ,अगील्लो वर्ष भन्दा यो वर्ष मलाई निम्त्याउने मेरा शुभचिन्तक हरुको संख्या तुलनात्मक रुपमा निकै बढ्यो, धेरै अगाडी को त के कुरा गरौं र यो मेरो पछील्लो टुर मा म नेपालको सुदुर पश्चिम महेन्द्रनगर,डोटी,नवलपरासी,चितवन,बारा देखी मकवानपुर सम्म का शुभचिन्तक र मेरा प्यारा दर्शक हरु लाई आफ्नो कला द्वारा मनोरन्जन प्रदान गरेर संगै नचाएर भर्खर काठमाडौ आईपुगें, लगत्तै होलीको तयारी गरिरहेछु, यो पटक को होली लाई विशेष वनाउने योजना मा छु, धनगढी मा होली विशेष धमाका कार्यक्रम हुनेछ यो पटक। 

तपाईका स्टेज पाउनको लागी कम्प्रमाईज को जुन प्रश्न छ त्यस बारेमा म के स्पष्ट भन्न चाहन्छु भने अहिले सम्म मलाई त्यसरी कसैले पनि हेपेर अथवा मजाक गरेरै पनि त्यस्तो किसीमको प्रपोजल ल्याउन सकेको छैन, ल्याई हालेपनि त्यसमा मेरो जवाफ सधैं नो नै हुनेछ किनकी म साँझ विहान हातमुख जोर्ने समस्या ले कलाकार बनेको हैन, मैले कलाकारीता गर्नु मेरो बाध्यता पनि होईन तसर्थ जस्ले सम्मान पुर्वक बोलाउनुहुन्छ त्यहा मेरो सम्मानित उपस्थीती रहन्छ ! यो भन्दा बढी त के भनुँ र! अर्को कुरा प्रस्तुती अगाडी या पछाडी त्यस्ता प्रपोजल अडीयन्स बाट धेरै आउछन ति कुरा लाई म नकारात्मक रुप मा लिन्न, अडीयन्स हरुले आई लभ यु भन्दा रमाईलो लाग्छ, मैले वहा हरुको मन जित्न सकेको छु र त माया पाईरहेको छु जस्तो लाग्छ र म खुसी हुन्छु। 

हो मैले हरेक दिन तश्विर हरु अपलोड गर्छु, अव ति फोटा लाई तपाई हट भन्नुहुन्छ भने ठिकै भन्नुभो, मेरा फोटा हरु प्राय हट नै हुन्छन, मेरो नृत्यको विधा पनि अलिकती कामुक प्रकृतीकै छ, वेली डान्स गर्दा शरीर मा जसरी जुन किसीमको भाईब्रेसन या लतकता आउछ त्यो हेरेरै दर्शकमा कामुक तरंग तरंगीत भैदिन्छ, त्यो नृत्यमा प्रयोग गरिएको लुगा ले पनि विशेष महत्व राख्छ अव त्यो अवस्थामा खिचीएका फोटा हरु कामुक हुने भैहाले , तिनै फोटा मैले मेरा दर्शक हरुको लागी मेरो टाईमलाईन मा अपलोड गरिदिन्छु, यसरी सरासर भन्नुपर्दा म खुल्ला र पारदर्शी प्रकृतीको मान्छे हुँ, भित्री रुपमा मा यौटा र देखावटी मा अर्कै स्वरुप लिएर म बाँच्न सक्तिन त्यही मेरो बास्तविकता हो। 

सामाजीक सन्जालमा मेरो लागी खासै नराम्रा कमेन्ट हरु आउदैनन किनकी मैले मेरो विधाको प्याटर्न  वेष्टर्न हो भनेर घोषणा नै गरेकी छु किनकी वेली नृत्य परम्परागत नेपाली नाच होईन,मेरो प्याटर्न मन नपराउने ले नकारात्मक धारणा पनि राख्नुहुन्छ तर पनि म विरोध गर्दिन कीनकी म आम दर्शक को धारणा लाई पुर्णतया सम्मान गर्छु । गीत गाउने सम्वन्ध मा म मेरा आफ्ना गीत हरु गाउछु, मेरो प्रस्तुतीकरण पुर्ण र शसक्त छ भनेर दावि गर्दिन, मैले बारम्बार सामाजीक संजाल मार्फत भनिरहेकी पनि छु, कोही पनि कलाकार पुर्ण हुदैन, सिक्दा सिक्दै निपुर्ण हुदै जाने हो सबै त्यसरी नै म पनि सिक्दैछु, मेरो सिकाई को क्रम मा भएका त्रुटी हरुलाई मेरा प्यारा दर्शक एवं शुभचिन्तक हरुले माफ गरिरहनुभएको छ त्यसैमा म खुसी छु। 

हाहाहाहा लुगाकै बारेमा बढी सोधीरहनुभयो, त्यसको बारेमा म के भन्छु भने आम भाषामा भन्दा फरिया अथवा लेहेंगा लगाउदा कम्मर भन्दा केही तल लगाउनै पर्यो अव आधुनिक किसीमका ब्लाउज हरु ले मुस्कील ले वक्षस्थल ढाकेका हुन्छन तर छोपिनु पर्ने प्राय अंग हरु पुर्णतया छोपिएका छन, मेरो पेट र ब्रेष्ट आकर्षक भनेर तपाई ले गरेको कमेन्ट को लागी धन्यवाद दिन चाहन्छु र त्यो कमेन्ट मैले अन्त बाट पनि सुन्दै आएकी छु त्यसैले गलत नहोला, हुन त फुलको आँखा मा फुलै संसार हो, हेराई मा या दृष्टीकोण मा पनि भर पर्छ। तपाईको राम्रो दृष्टीकोणको लागी पुन: धन्यवाद दिन्छु।

वेली नृत्य मा शरिर को मुभमेन्ट अथवा हरेक अंगको मुभमेन्ट र लचक ले विशेष र छुट्टा छुट्टै महत्व राख्छ त्यसैले पनि ड्रेस सेन्स अती नै जरुरी छ, गुन्युचोली लगाएर वेली नाच्न सकिन्न, म टिपीकल नाच नाच्ने दिन पुर्णतया नेपाली पहिरनमा नाच्नेछु त्यसमा शंका नगरे हुन्छ। 

अन्त्यमा मेरा दर्शक एवं शुभचिन्तक हरुको लागी होली धमाका गर्नेछु, धनगढी मा होली विशेष कार्यक्रम हुदैछ, होलीका केही तश्विर हरु सार्वजानिक पनि गरिसकेकी छु, लगत्तै आउदै गरेको होलीको उपलक्षमा सम्पुर्ण दर्शक हरुमा धेरै धेरै माया एवं यहा हरुको साथ र समर्थनको लागी मुरी मुरी धन्यवाद दिन्छु साथै तपाईहरुको आशिर्वाद ले फेरी फेरी पनि तपाई हरुको शहरमा तपाईहरुको साथमा नाच्न गाउन र मनोरन्जन गर्न उपस्थीत भईरहनेछु भन्ने वाचा गर्न चाहन्छु- आज लाई धन्यवाद।

(सम्मानित एवं शिष्ट भाषा साथै अनुसासीत कुराकानी को लागी कलाकार सालु गौतम लाई धन्यवाद दिदै जमर्को परिवार उनको उत्तरोत्तर प्रगती को कामना गर्दछ)

दुर्गा पंगेनी 

कोई टिप्पणी नहीं