अपडेट

मदिरा,यौन र अपराध-आखीर कता जादैछ समाज!

प्राय सबै मुख्य समाचारपत्र हरु अपराध को अर्को हेडलाईन ले आतंकीत भए,मदिरापान र यौन संग जोडीएको उक्त अपराध जति अक्षम्य छ त्यती नै त्यसको कारक तत्व खतरनाक पनि देखीन्छ।

राजधानीको कपनमा डेरा गरी बस्दै आएकी धनकुटाकी युवती भेनिशा लिम्बुको झण्डै तीन महिना अघि सामाजीक संजाल को माध्यमबाट चिनजान भयो मोरड• का साजन राईसँग र उनको यही चिनजान मृत्युको कारण बन्न पुग्यो,प्रहरीले उनको हत्या अभियोगमा उनीसहित बौद्धका अन्य दुई युवा शनि र सजित लामालाई पक्राउ गरेको छ भने अर्का एक अभियुक्त फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी ले बताए अनुसार साजन र भेनिषाबीच सामाजीक संजाल मा चीनजान भएसँगै फोनमा समेत निरन्तर कुराकानी हुन गई छोटो समयमै भेटघाट समेत भएको देखाउछ, आम युवती हरु ले सामाजीक संजाल मा भेटीएका साथी लाई कति सम्म विश्वास गर्ने भन्ने कुरा उनिहरुकै विवेक ले निर्धारण गर्ने कुरा हो, कोही अन्जान हरु आज को आजै भेट्न चाहन्छन भनेपनि उनिहरुलाई रोक्ने कोही हुदैन, के भेट्नु निकटता बढ्नु र आत्मीय हुनु संगै मादक पदार्थ र सारीरीक सम्पर्क पनि संगै आउनु जरुरी छ र?

"बौद्ध गेटमा उनीहरुबीच खुलेर कुराकानी भयो किनकी उनीहरुबीच प्रत्यक्ष भेट नभएपनि फोन र फेसबुकमार्फत निकट भइसकेका थिए,साजन र भेनिषाबीच बौद्धमा भेट हुँदा बौद्धकै शनि, सजित र अर्का परिचय खुल्न बाँकी रहेका युवा पनि सँगै थिए । साजनले भेनिषालाई उनीहरुसँग पनि परिचय गराएपछि सबै मिलेर रमाइलो गर्ने भनि ठमेलस्थित एक रेष्टुरेन्टमा पुगेका थिए"। यहा सम्म आई पुग्दा आफु रेष्टुरेण्ट मा मादक पदार्थ सेवन गर्न गईरहेको र संगै चार जना पुरुष हरु पनि रहेको कुरा मा सतर्क हुनुपर्ने होईन र? या जे सुकै होस भन्ने मनसाय या अति विस्वास को कारण ले नै भेनिसा त्यसरी चार चार जना युवा हरु संग बसेर मदिरापान मा सामेल भएको हुन सक्छ।
छोटो समय को चिनजान मा पनि अति विस्वस्त हुन सक्छ मान्छे तर पनि अति विश्वास को पराकाष्ठा पार गर्दै नसा को हालत मा सबैजना संगै अपार्टमेन्ट मा पुग्नु गैह्रजिम्मेवारी जस्तो देखीन्छ।

"साँझ ६ बजेतिर रेष्टुरेन्ट पुगेका उनीहरु त्यहाँ राती ११ बजेसम्म बसेका थिए भने त्यो बीचमा उनीहरु वियर पिएर लठ्ठ भएको प्रहरीले अनुसन्धानबाट खुल्न आएको जनाएको छ । वियरले भेनिषासमेत लठ्न भएको र राती बास बस्नका लागि भन्दै लाजिम्पाटस्थित फरार अभियुक्तको अपार्टमेन्टमा पुगेका थिए । तर, बास बस्न जाने क्रममा बीचबाटोबाटै साजन र सजित भेनिषालाई सनि र फरार युवकको जिम्मा लगाएर छुटिट्एका थिए" यो प्याराग्राफ पढ्दै गर्दा या त साजन उक्त फरार अभियुक्त लाई सोझा केटी उपलब्ध गराईदिने दलाल थियो या उनिहरु विच मा भेनीसा संग सबैले सहवास गर्ने सल्लाह भएको थियो जस्तो देखीन्छ।

प्रहरीका अनुसार ठमेलमा मदिरा पीउने क्रममा भेनिषा र अभियुक्त युवकहरुबीच सामान्य अस्लिल क्रियाकलाप भएपनि कुनै समस्या उत्पन्न भएको थिएन, तर, जब रातको समयमा उनीहरु ठमेलबाट अपार्टमेन्टमा लागे त्यहाँ घटनाले फरक मोड लिन पुगेको थियो ।
अपार्टमेन्टको फरार व्यक्ति, शनि र भेनिषा पुगेसँगै छैंटौ तलामा रहेको कोठामा सन्नी र भेनिषाले थप १ बोतल बियर पिएका थिए भनेपछी भेनिसा पनि वेहोसी को हालत मा थिईनन, मदिरा पिउँदै गर्दा मदिराले मात्तिएका सनी र भेनिषाबीच सहमतीमा शारिरिक सम्पर्क समेत भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
 या नी सामाजीक संजाल मा सुरुमा चिनजान साजन संग भयो भेटघाट पछी सहवास सन्नी संग भयो, यो अचानक भयो, वेहोसी मा भयो अथवा सहमतिमा भयो यसै भन्न सकिएन तर यहा मादक पदार्थ र सहवास लाई युवा हरु ले गरेको अवमुल्यन ले यो परिघटना घटाएको प्रष्ट देख्न बुझ्न सकीन्छ।

भेनीसा झ्याल बाट खस्नु लाई दुर्घटना मान्दा पनि अपराधी हरुले अस्पताल सम्म लाने चेष्टा नगर्नु निर्ममता को पराकाष्ठा को,यौटा मानव अर्को मानव प्रति यती निर्मम कसरी हुनसक्छ- कता जादैछ हाम्रो युवा पिंढी, सोच्नुपर्ने समय वितिसकेको जस्तो लाग्दैछ।

अपराध मा संलग्न जो कोही भएपनि कानुन बमोजीम हदै सम्म को सजाय हुनुपर्दछ, तर एक पात्रलाई सजाय हुदैमा यो सम्पुर्ण प्रवृत्ती नियन्त्रण मा आउछ भन्न सकीन्न, यस्ता घटनाहरुको न्युनीकरण को लागी नयाँ पिढी का युवा हरुमा चेतना पलाउनु जरुरी छ। केहि पहिला मगर चलचित्रकी नायिका समेत रहेकी पोखराकी नेहा पुनको पनि यस्तै प्रकरणमा हत्या भएको भएको थियो, जवसम्म नयाँ पिंढी ले मदिरा को प्रयोग र सारिरीक सम्वन्ध लाई गौंण मानिरहन्छन तव सम्म यस्ता घटना हरु नदोहोरिएलान भन्न सकिन्न।

विचार- दुर्गा पंगेनी

कोई टिप्पणी नहीं