अपडेट

दुर्घटनामा पिके क्याम्पस स्ववियु सभापती 'स्वस्तिका' को मृत्यु


चैत १५, पथलैया । बाराको अमलेखगंज-६ आदाबारमा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।


हेटौंडाबाट पथलैयातर्फ जादै गरेको ना४ख ५६९६ नम्बरको बस र विपरीत दिशाबाट आउदै गरेको बा३च ८०९७ नम्बरको कार आज बिहान पौने ५ बजे आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कार चालक काभ्रे, महादेवस्थनाका ४४ वर्षीय ध्रुव कार्की र कारमा सवार उदयपुर, कटारी-२ की ३७ वर्षीया लालकुमारी पोखरेल रहेका छन् ।

लालकुमारी पोखरेल ‘स्वस्तिका’ पद्मकन्या क्याम्पसकी स्ववियु सभापति हुन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको  थियो । 


जुझारु एवं हक्की स्वभाव की नेतृ स्वस्तिका को मृत्यु ले विद्यार्थी नेतृत्व मा गम्भीर असर पर्ने देखीन्छ, शुल्क को बढोत्तरी र शैक्षीक गुणस्तर को लागी खरो रुप मा प्रस्तुत हुने ३७ वर्षीय नेतृ स्वस्तिका नेपाल की आशालाग्दी विद्यार्थी नेतृ थिईन।


दुर्घटनामा कारमा सवार अन्य दुईजना गम्भिर घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि गण्डक हेल्थ केयर वीरगंज पठाइएको छ । घटनाका बिषयमा थप अध्ययन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो दुखद घडी मा जमर्को परिवार दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै सम्पुर्ण विद्यार्थी एवं परिवारजन मा भगवान ले धैर्यधारण गर्ने शक्ति दिउन भन्दै स्वस्तीका को वैकुन्ठवास को लागी प्रार्थना गर्दछ।

कोई टिप्पणी नहीं