साँगीतीक त्रिवेणी:रामकृष्ण बम मल्ल,एकनारायण भण्डारी र श्रीकृष्ण बम मल्ल कोसंगम-'विनायो रुदैछ' सार्वजानीक
जापानमा रहेर नेपाली गीतसंगित क्षेत्रमा सक्रिय नेपाली गायक रामकृष्ण बम मल्लको आवाजमा रहेको म्युजिक भिडियो ‘बिनायो रुदैछ ’सार्वजनिक भएको छ ।
नेपाली परम्परागत बाजा बिनायो,सारंगी, मुरचुङगा, बासुरी, जस्ता लोक प्रिय बाजा हराउदै गएको र मारुनिमा नाच्ने रहर पनि मनमै साँचिएको उनले गीत मार्फत व्यक्त गरेका छन ।
बिनायो बिरामी छ, साराङगी रूदै छ ।
मुरचुङगा मुर्छा पर्यो, यस्तो के हुदै छ ।।
सोरठीमा नाच्ने रहर मनैमा साँचियो ।।
पहाडसंग तराई पनि रिसाएको होकी
शिरको हिमाल पिरै पिरले पहिरो जाने होकी
मुजुरा हरायो खैजडी नासियो ।
मारूनीमा नाच्ने रहर मनैमा साँचियो ।।
‘विनायो रुदैछ’ गीतमा चर्चित गीतकार एवं गायक एकनारायण भण्डारीको शब्द, रामकृष्ण बम मल्लको आवाज र श्रीकृष्ण बम मल्लले संगित दिएका छन ।
यस्तै भिडियोको निर्देशन शंकर बिसीले र छांयाकन राजेश घिमिरे गरेका हुन ।भिडियोको सम्पादन भने नविन घर्ति मगरले गरेका छन ।
भिडियोलाई आर एस डिजिटल प्रा लि बजार ल्याएको हो ।
युट्युव मा गीत हेर्न तल को लिंक मा क्लिक गर्नुहोस:
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें