अपडेट

लोक तथा दोहोरी गीत प्रतिष्ठान-कमजोरी र सुधार को आवस्यकता।


लगभग अधिकाँस जिल्ला हरुमा जिल्लास्तरीय र अंचल हरुमा अंचल कार्यसमिती हरु भएको, देशब्यापी रुपमा संजाल भएको हजारौं हजार साधारण सदस्य त्यत्तीकै संख्या मा आजिवन सदस्य भएको र विदेश मा समेत ससक्त उपस्थीती राख्दै वेलायत लगायत युरोपका कतिपय ठाउमा समेत साखा विस्तार भएको देश कै ठुलो संस्था 'राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल' को जिल्ला र अन्चल कार्यसमीती हरु अधिवेशन को संघार मा छन, यही समय देखी नै अन्चल र केन्दीय अधिवेसनको लागी समेत चलखेल सुरु हुने गरेको विगत को समय देखी मै देखीईदै आईरहेको सर्वविदितै छ। 

यदी राजनैतिक दल को रुपमा दर्ता हुन्थ्यो भने लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ले अहिले सम्म राष्ट्रीय स्तरको राजनैतिक दलको हैसियत बनाईसक्थ्यो, यती ठुलो संस्था भएर पनि प्रतिष्ठान कुनै निश्चित विधान को अधिनमा रहेर चल्न नसकेको आरोप लागीरहन्छ, पुर्व अध्यक्ष हरु ले र प्रभावसाली ब्यक्ती हरुले नियम मिचेरै कतिपय निर्णय हरु मा अंचल र जिल्ला कार्यसमीती हरुलाई कार्यान्वयनको लागी दवाव दिने गरिएको अथवा स्वयं केन्द्रीय समिती ले पनि कतिपय निर्णय हरु नियम संगत नगरि मनोमानी ढंग ले गर्ने गरेको देखीन्छ। 

यो लेख मा कुनै अग्रज प्रति कुनै किसीमको आग्रह या पुर्वाग्र नराखी एकजना स्वतन्त्र र निश्पक्ष कला पारखी को आँखा ले जे देखीयो त्यो लेख्ने जमर्को गरिएको छ, लेख को आशय पहिले भएका कुनै पनि निर्णय अमान्य हुन भन्ने नभई त्यसो हुनु हुन्थ्यो की हुन्थेन भन्ने प्रश्नमात्र रहेको स्पष्ट पार्न चाहन्छु। 

बुँदा हरु:- 

1. केन्द्रीय अध्यक्ष या अरु कुनैपनि केन्द्रीय पद मा चुनाव हारेको पदाधिकारी लाई पुर्णरुप मा संस्था बाहिर राखेर प्रतिपक्ष को जस्तो ब्यवहार गरिन्छ, पुरै कार्यकाल भरी कहिं कतै पनि पदेन या मनोनीत रुप मा संस्था भित्र समेट्ने कोसीस गरिदैन (जव की हामी देख्न सक्छौ भर्खरै भएको नेपाली काँग्रेसको महाअधिवेशनमा चुनाव हारेका रामचन्द्र पौडेल,कृष्ण सिटौला र गगन थापा लाई विना कुनै पुर्वाग्रह सेरवहादुर देउवा ले केन्द्रीय सदस्य मा मनोनीत गरे) लोक तथा दोहोरी गीत प्रतिष्ठान भित्र पनि नेपाली काँग्रेस को छाया निकै प्रभावसाली रुपमा परेको सर्वविदितै छ तै पनि चुनाव हारेका हरुलाई त्यसरी सौतेनी ब्यवहार गर्दा भोली उस्तै र उही प्रकृतीको अर्को संस्था जन्मीन सक्छ भन्ने विषय मा संस्थापन पक्ष सचेत हुनु पर्नेमा त्यसो नभएको पाईन्छ।

2. विधानत: केन्द्रीय कार्यसमीती को सदस्यमा चुनाव लड्नको लागी जिल्ला कार्यसमीती सदस्यको हैसियतमा एक कार्यकाल काम गरेको हुनुपर्ने स्पष्ट प्रावधान हुदाहुदै कतिपय कलाकार हरु लाई पुर्व अध्यक्ष हरुको मनोमानी पुर्ण निर्णय मा अवैधानिक रुपमा कागजी प्रकृया पुरा गराई उमेद्वार वनाईनु(जस्तै सुर्खेत अधिवेशन बाट राधीका हमाल र पुश्कल शर्मा लगायतका कलाकार लाई ल्याईनु) 

3. विधानमा जिल्ला या अन्चल कार्यसमीती मा एक कार्यकाल पुरा गरेको कलाकार केन्द्रको वरिष्ठ उपाध्यक्ष सम्मको चुनाव मा उमेद्वारी दिन सक्नेछ भन्ने स्पष्ट प्रावधान हुदाहुदै पनि कतिपय जिल्ला र अन्चल कार्यसमीतीका प्रभावसाली कलाकार हरुलाई केन्द्रको माथील्लो पदमा पुग्नबाट रोक्नैको लागी विधानको गलत ब्याख्या गर्दै उमेद्वारी दिनै नपाउने निर्णय गराउनु ।

4. सरकारी मान्यता प्राप्त प्रतिष्ठान को महाअधिवेशन मा भएको चुनाव मा प्रयोग भएका उमेद्वार कलाकारको हरुको नाम नियम संगत नहुनु, नागरिकता र सरकारी दर्ता प्रणाली लाई लत्याउदै नागरिकता भन्दा बाहिरका नाम (अवास्तविक या चलीआएका नाम) नै उमेद्वार हरुको वास्तविक नाम को रुप मा चुनाव मा अंकीत भई गलत नजीर वस्नु पनि नियम विपरीत को कार्य हो, कलाकार जुनसुकै नाम बाट प्रख्यात भएपनि कानुन अनुसार चुनाव मा उमेद्वार हुँदा नागरिकताकै नाम बाट उठ्नुपर्छ भन्ने चेतना सम्म विकास गर्न नसकी छद्म या उपनाम बाटै उमेद्वार हरुलाई विजयी घोषणा गर्नु साथै चेतना का सम्वाहक मानीने कलाकार हरु र अग्रज हरु बाटै नाम को प्रयोग सम्वन्धमा विमती राख्दै आफ्नो थर या जात अर्थात नागरिकता मुताविक जे नाम छ त्यै नाम उल्येख नगर्नु। साथै भोली कथंकदाचित कानुन या विधानको कुनैपनि धारामा टेकेर सम्मानित अदालतमा मुद्दा परेको खण्डमा सोझै निर्वाचन नै वदर हुने किसीमले निर्वाचन गराउनु ।

5. अन्चल कार्यसमीती मा सर्वसम्मती मा अध्यक्षको चयन गर्ने सिलसीला मा कतिपय मौखीक आस्वासन हरुलाई कार्यसमीती को निर्णय सरह पुर्व अध्यक्ष हरुले घोषणा गर्नु (जस्तो की-लुम्विनी अन्चल अधिवेसनमा यम प्रसाद पाण्डे लाई निर्विरोध अध्यक्ष वनाउनको लागी पुर्व अध्यक्ष हरुले नारायण भुषाल लाई केन्द्रीय कार्यसमीती मा मनोनित गरिनेछ भनेर आश्वासन दिई पछी चन्द्र शर्मा को अध्यक्षताको कार्यसमीती बाट उक्त निर्णय हुवहु पास गराई निज नारायण भुषाल लाई केन्द्रीय समीती मा मनोनीत गरिनु) यो यौटा प्रतिनिधी घटना भएपनि मनोनित केन्द्रीय सदस्यको मनोनयन पारदर्सी नहुनु या प्रलोभनमा गरिनु । 

माथी उल्येखीत लगायत संस्था भित्र चरम राजनिती हुनु कसैलाई काखा र कसैलाई पाखा गरिनु, जवाफदेहीता को कमी, र कतिपय वन्दसत्रमा बोलीएका या राखीएका कुराहरु लाई ब्यक्तीगत रुपमा बुझेर या बुझाईदिएर कलाकार कलाकारको बिचमा पुर्व अध्यक्ष हरुले नै फाटो पारिदिएका कतिपय प्रसंग हरु अझै ताजै छन - नागरिकता को नामको संदर्भ लाई कतिपय ले जातिवादी मुद्दा वनाईदिनु या विधानत: चुनाव लड्न नपाउने कुराको विरोध लाई ब्यक्तिवादी रंग दिनु लगायत अरु सानातिना कमजोरी हरु हुन जुन सतहमा देखीएका थिए, यि र यस्ता अरु भेटीएका कमजोरी हरुलाई सच्याउदै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल समग्र नेपाली कलाकारको साझा संस्था वन्न सक्नुपर्दछ। 

विचार: दुर्गा पंगेनी

कोई टिप्पणी नहीं