अपडेट

मदिरालय,दोहोरी गीत प्रतियोगीता र लोक संस्कृतीको रक्षा


    

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ले आयोजना गरेको अन्तरदोहोरी साँझस्तरीय दोहोरी गीत प्रतियोगिता को दोश्रो संस्करण को नतिजा यसवर्ष पनि नेपाली दोहोरी साँझ नयाँ बसपार्कले आफ्नो पोल्टामा पारेको छ । गत वर्षबाट सुरु भएको रनिङ शिल्डको उपाधि गत वर्ष पनि नेपाली दोहोरी साँझ नयाँ बसपार्कले नै चुम्न सफल भएको थियो ।

राजधानीको भृकुटीमण्डपमा भएको दोहोरी साँझस्तरीय रनिङ शिल्ड प्रतियोगितमा ३२ वटा दोहोरी साँझले भाग लिएको भए पनि अन्ततः नेपाली दोहोरी साँझ नया वसपार्क ले नै उपाधी हासिल गरेको हो । २४ गतेबाट सुरु भएको उक्त प्रतियोगिता २८ गते आइतबार सम्पन्न भएको थियो।

३२ वटा दोहोरी साँझहरुको प्रतिस्पर्धामा फाइनलमा पुगेको नेपाली दोहोरी साँझ र कोरियामा रहेको नमस्ते मझेरी दोहोरी साँझको प्रतिस्पर्धाबाट नेपाली दोहोरी साँझ उत्कृष्ट बन्न सफल भएको हो । नेपाली दोहोरी साँझले प्रथम स्थान हासिल गर्दै अगील्लो वर्ष जितेको उपाधी लाई यो वर्ष पनि सुरक्षित राख्यो र पुरस्कार स्वरुप नगद रु ७७ हजार ७ सय ७७ रुपैया पनि जितेको छ । त्यस्तै मझेरी दोहोरी साँझ कोरीया ले द्वित्तीय स्थान हासिल गर्दै ५५ हजार ५ सय ५५ रुपैयाँ अनी निरमाया दोहोरी साँझले तृतिय स्थान हासील गर्दै ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार जितेको छ।

विविधता ले भरिपुर्ण प्रतियोगितामा नेपाली दोहोरी साँझका राजु केसी र संयुक्त दोहोरी साँझका चिज गुरुङ उत्कृष्ट गायक घोषित भए भने न्यू दरबार दोहोरी साँझकी शोभा कार्की त्यस्तै दरबार दोहोरी क्लबकी पार्वती रावल र झरझर झरना दोहोरी साँझकी झरना रसाइली उत्कृष्ट गायिका घोषित भएका थिए ।

आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान को राम्रो प्रचार प्रसार र ब्यवस्थापन को वावजुद गत वर्षको तुलनामा यस वर्षको दोहोरीको रौनकतामा भने दर्शकको सहभागिता कम देखिएको थियो,त्यसै क्रम मा कतिपय मोफसल का कलाकार ले भने प्रतिष्ठान रेष्टुरेण्ट ब्यवसाय मुखी भएर जिल्ला र अन्चल लाई कुनै भुमिका नदिईएको गुनासो गरेको पनि सुनियो साथै कतिपय लोक दोहोरी कलाकार हरुले दर्शकको फितलो उपस्थीती लाई ब्यंग्य गर्दै सामाजीक संजाल मा यथार्थ पोष्ट गरेको पनि देखीयो।

कलाकार का अनुसार रेष्टुरेण्ट स्तरीय दोहोरी गीत प्रतियोगीता ले लोक संस्कृतीको रक्षा गर्छ की गर्दैन अव गम्भीर भएर समिक्षा गर्ने समय आईसकेको छ किनकी लोक संस्कृती मा विकृती भित्र्याउने कारक तत्वका रुपमा रहेका रेष्टुरेण्ट हरु जहिले पनि समिक्षक का आँखा मा केवल मदिरा ब्यवसायी बनेर देखीएका छन र रेष्टुरेण्ट हरुकै कारण नेपाली लोक संस्कृती को परिभाषा नै फेरीएको छ, दिन भरी काम गरेको थकान मेटाउने रोधी घरलाई मदिरालय को रुप मा बुझ्न थालिएको छ,के तिनैले गरेको योगदान ले लोक संस्कृती को जगेर्ना हुने हो त? प्रश्न गम्भीर पनि छ।

जिल्लास्तरीय प्रतियोगीता गरेको भए गाउ गाउ बाट नया प्रतिभा हरु आउने सम्भावना रहन्थ्यो, रेष्टुरेण्ट मा दैनीक दोहोरी गाउने कलाकारहरु शब्दचयन र सवाल जवाफ मा यती अभ्यस्त हुन्छन की उनीहरु लाई प्रतियोगीताको कुनै महत्व नै हुदैन,पुर्व तयारी मा पुर्ण अभ्यस्त ब्यवसायीक दोहोरी गायक गायीका लाई लिएर प्रतियोगीता गर्दा दोहोरी को मौलिकता कुनै हालत मा नजोगीने तर्क गर्छन अर्का कलाकार। तर प्रतिष्ठानले लोक दोहोरी भनेकै रेष्टुरेण्ट ब्यवसाय हो र यही हाम्रो मौलिक संस्कृती पनि हो भन्ने जनाउ दिने किसीमको प्रतियोगीता गराई मदिरालय मा दोहोरी गीत गाउनु नै नेपाली लोक संस्कृती हो भन्ने कुरा नयाँ पुष्ता लाई सिकाउदैछ जुन संस्कृती माथीको गम्भीर कुठाराघात समेत हो।

यही फितलो प्रतियोगीता को आयोजना मा पनि केन्द्रीय पदाधिकारी हरुले आफ्नो उपस्थीती बाक्लो बनाउने निकै प्रयास गरे, कार्यक्रम मा पदधिकारीको हाउभाउ हेर्दा यही कार्यक्रम को समापन संगै केन्द्रीय कार्य समितीको निर्वाचन हुने अवस्था जस्तो सबै जना आफ्नो प्रचार प्रसार मा ब्यस्त थिए। प्रतिष्ठान भित्रको फोहोरी राजनिती छताछुल्ल हुनेगरी पोखीएका केन्द्रीय पदाधिकारी हरुका कृयाकलाप हरुले प्रतीयोगीता लाई अरु खल्लो बनायो, केही तटस्थ कलाकार हरुका अनुसार रेष्टुरेण्ट स्तरीय प्रतियोगीता तल्लो निकायलाई आयोजना गर्न लगाउनु पर्थ्यो केन्द्र ले, यो प्रतियोगीता उपत्यका समन्वय समिती लाई गर्न लगाई केन्द्र ले देशब्यापी प्रतियोगीता गराएको भए संस्कृती जगेर्नामा योगदान दिएको दावी गर्न सुहाउथ्यो,यो प्रतियोगीता गराई केन्द्र ले झारा टार्ने काम मात्र गर्यो।

यही प्रतियोगीता लाई मध्यनजर राख्दै प्रतियोगीता स्थलमा उपस्थीत केही कलाकार साथी हरुको प्रतिकृया बुझ्दा जिल्ला स्तरीय दोहोरी प्रतियोगीता गराई प्रतिष्ठान ले आफ्नो उपस्थीती देशव्यापी बनाउन तर्फ कुनै चासो नदिएको प्रतिकृया दिए, कार्यक्रम मा सुरुको समय मा गायनको समय र दोहोरी का टुक्का हरु को संख्या निश्चित निर्धारण नगरिदा निर्णायक ले गायक गायीका लाई अव एक टुक्का मात्र गाउन पाउने भनेर अचानक रोक लगाउन परेका क्षण हरुले ब्यवस्थापकीय कमजोरी पनि झल्कायो।प्रतिष्ठान का कार्यक्रम संचालन मा आधिपत्य जमाएका केही अग्रज हरु ले निकै सस्तो किसीम ले कार्यक्रम संचालन गरे, कुनै नयापन देखीएन भन्दै अग्रज हरु समेत प्रतिष्ठान भित्रै आलोचित भए।

दुर्गा पंगेनी।

कोई टिप्पणी नहीं