अपडेट

नेपाली कलाकार,मनोविज्ञान र हुम गुरुड• का कुरा।


आज विहानै उठेर मोबाईल अन गर्दा आउटलुक मा संदेश पिल्पिलाई रहेको थियो खोलेर हेरें मेरा हितैसी मित्र हुम गुरुड• को जो वेलायत मा बसोबास गर्छन र नेपाल नियमीत आवत जावत गरिरहन्छन उनैको ईमेल रहेछ । 

केही दिन अगाडी मैले उनी नेपाल आएको समय पारेर यौटा स्टाटस पोष्ट गरेको थिएँ, सुचना प्रविधी का ज्ञाता मेरा मित्र नेपाल भ्रमण मा छन काम विशेष ले, गुगल का सेवा हरु जस्तै युट्युव ब्लग या अन्य अनलाईन सम्वन्धी कुनै समस्या भए हुम जी बलाई सम्पर्क गर्नुहोला उनले नेपाली कलाकार लाई सहयोग गरेबापत कुनै शुल्क लिनेछैनन र जो जस्ले युट्युव एकाउन्ट मा एड्सेन्स जोडेर आफ्नो ब्यक्तिगत युट्युव च्यानल बनाउन चाहनुहुन्छ वहा ले सित्तैमा गरिदिनुहुनेछ । 

लगत्तै घुमघामको क्रममा हुम जी पोखरा पुगेछन त्यतीन्जेल सम्म एकादुई कलाकार साथी हरु सम्पर्कमा आए एका दुई ले युट्युव च्यानल को बारेमा जिज्ञासा पनि राखे र केही च्यानल बने केही ब्लग का डिजाईन तयार भए। तर जव पारिश्रमीक को कुरा उठ्यो हुम जी ले वाचा गरे अनुसार को कुनै रकम लिन मानेनन जव उनले पैसा लिएनन तव कलाकार साथी हरुको मानविय स्वाभाव देखीन थाल्यो, पैसा नलिईकनै कसरी ओर्जिनल काम हुन्छ? यो त त्यसै समयको वर्वादी जस्तो लाग्यो भनेर युट्युव च्यानल बनाएका कलाकार ले पनि खासै त्यो च्यानलमा भिडीयो हाल्ने कोशीस गरेनन। 

समय वित्दै जादा पोखरा मै यौटा अर्को साथी भेटीयो जस्ले युट्युव र ब्लग मा एडसेन्स स्विकृत गराएको चालिस हजार तिरेको थियो, उसलाई कुरा बुझाएपछी पारिश्रमीक लिएरै काम गर्ने सहमती भयो हुम जी ले आफ्नो निशुल्क सेवा को समयावधी सकिएको घोषणा गरेर मलाई म्यासेज पठाए। पारिश्रमीक तय हुने वित्तीकै ईच्छुक साथी हरु ले निकै तत्परता देखाए, चालिस हजार साह्रै धेरै हुने ठानेपछी हुम जी ले आफ्नो रेट अली कम गर्ने मनस्थीती बनाएछन, तर त्यहा का साथी हरुको मनोविज्ञान बुज्दा जति महंगो हुन्छ त्यती राम्रो हुन्छ भन्ने बुझेको पाएछन। 

हुम को मेल यसप्रकार को थियो~

डियर दुर्गा,
तिम्रो लागी एउटा गजबको खबर छ । मैले अहिले म नेपालमा हुदा युट्युबा च्यानल खोल्न चाहनेलाइ सित्तैमा सहयोग गरिदिने भनेको थिए नि, कसैले सम्पर्क गर्नु भएन । म पोखरा गए पछी त्यहा छिमेकी भाइले एउटा इन्स्टिट्युट्मा रु ४० हजार दिएर गुगलको ब्लगर र एड्सेन्स अकाउन्ट खोलेको रहेछ, अनि मैले 'त्यो काम त मैले पनि गर्छु' भनेको तुरुन्तै ४ जना साथीहरु लिएर आयो त्यो भाइ । त्यसैले अब सित्तैको काम बन्द गरें मैले, यो ईमेल तिम्रो जानकारीको लागी पठाउदैछु ,अव कसैले युट्युव च्यानल बनाएर एड्सेन्स र ठेगाना प्रमाणीकरण सम्मको काम गराउन चाहन्छ भने सम्पर्क त गराईदेउ तर सित्तैमा हुदैन भनिदेउ, तिम्रो शहर पोखरा मा त्यती काम को रेट चालिस हजार चलेको रहेछ,  😉 दुर्गा, आज यौटा पुरानो कुरा निकै याद आईरहेछ, त्यो समयमा म हंगकंगमा एउटा टेलिकम कम्पनिमा काम गर्थें मरो बोसले मलाइ भनेको एउटा कुरा बल्ल बुझ्दै छु - 'हुम्, तिम्रो सामान या तिम्रो उत्पादन पर्फेक्ट वा जस्तो सुकै होस सित्तैमा दियौ भने पनि सत प्रतिशत मान्छे (ग्राहक) बनाउन सक्दैनौ, निकै मान्छेले तिमीलाइ त्यो सित्तै दिएर हामीबाट केही न केही लाभ लिन्छ होला भन्ने सोचछन। तसर्थ पनि तिमी आफ्ना उत्पादन हरु निश्चित मुल्य तोकेर बेच्न बानी गर। आज त्यो कुरो धेरै समय पछी प्रमाणीत भयो।

तिमीले भनेअनुसार नेपाल मा धेरै कलाकार यो विषयमा जिज्ञासु पक्कै छन तर उनीहरु संग यस विषयमा गहिरीएर बुझ्नपर्ने आवस्यकता छैन कीनकी कतिपय ले कलाकारीता लाई अझै पेसा वनाएका छैनन, भर्चुअल सन्सार को ब्यापार ले कलाकार को भविष्य सम्मै दुरगामी प्रभाव पार्छ भन्नेकुरा बुझेका छैनन, यहा सम्म की बौद्दीक सम्पत्ती को प्रतिलीपी अधीकार (कपिराईट) र रोयल्टी भनेको के हो भन्ने सम्म भेउ नपाएका तिम्रा कलाकार साथी हरु कुन युगमा कलाकारीता गरिरहेछन म अचम्भीत छु। भर्चुअल यानी हामी ले बुज्ने गरेको डिजीटल प्लेटफर्म ले रोयल्टी र प्रतिलिपी को अलग अलग ब्याख्या गरेको छ त्यो सक्छौ भने तिमी बुझाईदेउ मैले सकीन...! 

तिम्रो भलो चाहने
हुम गुरुड•
पोखरा। 

अव म हुम लाई के जवाफ दिउ भनेर सोचिरहेको छु। 
~दुर्गा पंगेनी।






कोई टिप्पणी नहीं