अपडेट

आयोजक बाट ठगीएको गुनासो~शालु गौतम



नेपाली पर्फमर हरु वार्गेनिड• र गम्भीर किसीमका श्रम तथा आर्थिक शोषणमा पर्ने तथ्य लेख्न मन लाग्यो, गीत संगीत किनेर सुन्ने परिस्थीती नभएको कारण कलाकार हरुले साँस्कृतीक कार्यक्रम र कन्सर्ट हरुबाट जिविकोपार्जन गर्नुपर्ने तथ्य पनि कसैबाट लुकेको छैन, हुन सक्छ सबै कलाकारको आर्थिक अवस्था उस्तै नहोला तर पनि मिहिनेत गरिसकेपछी पारिश्रमिक मा दावि गर्नु हरेक कलाकारको अधिकारको कुरा हो भन्ने मेरो मान्यता रहिआएको छ। 
          पारिश्रमीकमा ठगीएको भन्दै 
  शालु गौतमले लेखीन आयोजकलाई चिठ्ठी।

यो पटक को होली मा म त्यस्तै प्रकृती को ठगी भनुँ अथवा शोषण को सिकार भएँ, कुरा धनगढी को हो चिनेजानेको मान्छे को नाता ले डिजे कल्पित ले मलाई धनगढी मा हुने होली विशेष कार्यक्रम को लागी बोलाएका थिए, कार्यक्रम र मेरो पारिश्रमीक पनि तय भैसकेपछी म धनगढी गएँ , मलाई धनगढी बोलाएका डिजे कल्पितले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भैसकेको छ भनेका थिए, सबै तयारी अवस्थामा थियो म धनगढी पुगें होली विशेष कार्यक्रम निकै रमाईलो संग सम्पन्न भयो।

केही दिन अगाडी मात्र म महेन्द्रनगर मा कार्यक्रम गरेर फर्केकी थिएँ महेन्द्रनगर बाट पनि मेरा शुभचिन्तक आयोजक हरुले कार्यक्रम मा निम्तो दिनुभएको ले म त्यही दिन साँझ कार्यक्रम गर्न महेन्द्रनगर पनि गएँ त्यहाका आयोजक ले सम्मानपुर्वक पारिश्रमीक र फर्कने हवाई टिकट समेत दिनुभयो। म धनगढी बाट महेन्द्रनगर जानु अगाडी डिजे कल्पित लाई मैले आफ्नो पारिश्रमीक दिनको लागी अनुरोध गरें, त्यो दिन होलीको विदा र भोलीपल्ट समेत कुनै कारण वस बैंक नखुल्ने हुनाले पर्सी मात्रै म बैंक एकाउन्ट मा तिम्रो पारिश्रमीक हाल्दिन्छु राम्रो संग जानु भनेर कल्पित ले विदा गरे। 

काठमाडौ आईपुगेको निकैदिन वित्दा पनि कल्पितले मेरो पारिश्रमीक पठाउने कुनै ईच्छा देखाएनन मैले नै यताबाट फोन गरें, बैंक एकाउन्ट नंबर नभएर नपठाएको जानकारी दिए मैले मेरो बैंक को खाता नंबर टिपाएँ , आज दिनभरी मा खातामा पैसा जम्मा गरिदिन्छु भनेर कल्पित विदा भए म खातामा रकम आउनेकुरामा ढुक्क भएर आफ्नो काम मा लागें तर न खातामा रकम आयो न कुनै खवर नै आयो, मैले कल्पितलाई फेरी फोन गरें, आयोजक मध्येकै कोही एकजना साथी काठमाडौ मै आएको र उसले क्यास पैसा नै दिने भनेको कारण खातामा पैसा नहालेको जानकारी कल्पित ले गराए त्यो बेला सम्म पनि मैले आफु ठगीएको र अनर्गल आश्वासनमा समय बर्बाद भैरहेको थाहै पाईन । स्पोन्सर बाट पुरै पैसा अशुल गरेर पनि कलाकार लाई भुक्तानी नगर्ने आयोजक को नियत नै कलाकार लाई ठगी गर्ने रहेछ भन्ने कुरा बुझ्दा साह्रै चित्त दुख्यो।

तर जव कल्पित ले भनेको मान्छे समेत मेरो सम्पर्कमा आएन त्यसपछी भने मैले म ठगीएको र मैले धनगढी पुगेर मेहनत गरेको मेरो पारिश्रमीक मलाई नदिई ठगी गर्नको लागी कल्पित ले यावत कुराहरुको वहाना बनाएको यथार्थ कुरा बुझें, अहिले कल्पित ले फोन उठाउदैनन म्यासेज को जवाफ पनि दिदैनन, चाहे छोटै समयको मित्रता किन नहोस तुच्छ रकम ठगी गर्नकोलागी कल्पित ले मेरो विश्वास र भरोसा को निर्ममता पुर्वक हत्या गरे। 

डियर डिजे कल्पित, 
माथी उल्येखीत विवरण ठगी हो कि शोषण हो तिमी आफै निर्धारण गर्न सक्छौ होला, म आर्थिक रुपमा त्यती कमजोर र तिम्ले दिएको पारिश्रमीक ले मात्रै साँझ विहानको चुल्हो जलाउने कलाकार थिईन, यदि तिमीसंग पैसा थिएन भने सहयोग गर्देउ भनेर अनुरोध गरेको भए म तिमीलाई मेरो पारिश्रमीक मा केही रकम समेत थप गरेर दिएर फर्कने थिएँ, कतिपय कार्यक्रम हरु च्यारिटी को लागी गरेकी छु मैले कतिपय ठाउमा दुखी असहाय र रोगीहरुको उपचार गर्नको लागी कार्यक्रम गर्नुपर्ने भयो भने म आफ्नै खर्चमा गएर पनि कार्यक्रम गर्नेछु, यो यौटा कलाकारले गर्नै पर्ने सामाजिक दायीत्व पनि हो। तर तिमीले त नाफामुलक कार्यक्रम भनेर म संग पारिश्रमीक पनि तय गरेका थियौ, किन नियत फेरेको तिमीले मैले कुरा बुझ्न सकीन, तिमी साँच्चै आर्थिक मन्दिमा छौ र खर्चको लागी पुगेको छैन भने कृपया लाज नमानी माग्दा हुन्छ मैले सकेको सहयोग गर्नेछु तर अव आईन्दा कुनै कलाकार लाई पारिश्रमीक दिन्छु भनेर बोलाएर कार्यक्रम गराई विना पारिश्रमीक फर्काएर मेहनत र श्रमको शोषण नगरे, त्यो कलाकारीता को सोझो अपमान हो, तिमी पनि कलाकार हौ बुझ्नेछौ...! 

धन्यवाद
शालु गौतम। 

कोई टिप्पणी नहीं