अपडेट

गाली,ताली र जिन्दगी~शालु गौतम



त्यो क्रम अझै रोकीएन,अग्रज कलाकार प्रियंका कार्की दिदीको अपशव्द प्रयोग गरिएका कमेन्ट सम्वन्धी स्टाटस पढेपछी र त्यो स्टाटस ले मिडीयामा उठाएको तरंग अनुभव गरेपछी अव त केही राहत पाईएला,फेसबुकमा अपशब्द लेख्न बन्द गर्नुहोला साथीहरुले भन्ने आशा पलाएको थियो मेरो मन मा। तर सामाजीक संजालका प्रयोगकर्ता साथीहरुमा आशातीत परिवर्तन देख्न पाईएन~दुखद कुरा ! सामाजीक संजाल का केही प्रयोगकर्ता साथीहरु उस्तै हुनुहुन्छ,त्यो उखान चरितार्थ गराईरहनुभएको छ साथी हरुले जस्तै-१२वर्ष ढुंग्रो मा राखे पनि बांगा को बांगै..!

म ग्ल्यामर र मनोरंजन सम्वन्धी कुरा लाई महिला अधिकार मानेर कुनै अग्राधिकार चाहिन्छ भन्ने पक्षमा छैन तर सामाजीक संजाल मा महिला हरुले कसैप्रति अपशव्द कहिल्यै प्रयोग गर्दैनन,केवल पुरुष साथी हरुले आफ्नो कुन्ठीत मनोदशा लाई कलाकारको फोटो मुन्तिर पोष्ट्याउनुहुन्छ, थोरै कपडा लगाएका फोटा पोष्ट गर्नेहरु गालीगलौज को भागीदार हुन भन्ने मनसाय ले फोहोर कमेन्ट लाई आफ्नो अधिकार सोच्ने फेसबुक प्रयोगकर्ता मित्रहरुले कमसेकम अरुको स्वतन्त्रता को समेत अपमान गरेको देख्दा दुख लाग्छ।

कार्यक्षेत्र को थकान,अनी अन्य दैनिकी हरु सबैको उस्तै हो,दिनभरीको कामको दवाव पश्चात केही सहज अनुभव गर्नकोलागी सामाजीक संजालमा भुल्ने बानी थियो मेरो,अहिले त फेसबुक फोविया भएकोछ, हेर्नै डरलाग्दा र घृणीत शब्द हरु प्रयोग भएका कमेन्ट र म्यासेज ले गर्दा सामाजीक संजाल प्रति नै वितृष्णा उत्पन्न होला जस्तो अवस्था सृजना गराईदिनुहुन्छ साथी हरुले,आखीर के पाउनुहुन्छ वहा हरुले त्यसो गरेर ? यो कुरा मनोबैज्ञानिक हरुले मात्र बुज्लान या लेख्ने हरुलाई नै थाह होला, क्षणीक आवेग शान्त पार्नको लागी अरु प्रति गरिएका प्रहार हरुले विवेकशील मान्छे लाई त केही समय पछी आत्मग्लानी हुनुपर्ने हो ।एक पटक या दुईपटक प्रयोग गर्नु लाई आवेग मानेपनि सधैं उस्तै रहने हरुलाई के भन्नु मनोरोगी भन्नु की अमानविय भन्नु मैले ठम्याउन सकिन जेहोस तिनीहरु मानविय संवेदना नभएका मानव हुन भन्दछु।

तपाईका दिदीबैनी छैनन! भनेर गरिने प्रतिकार पनि पुरानो भैसक्यो अव! समाजमा जे जस्तो चरित्र प्रदर्शन गरेपनि आफ्नी चेली अशल र अरुको चेली खराव देख्ने परम्परा अद्यपी कायम छ, कसैकी चेलीले गलत काम गरेमा सबैभन्दा पहिला छिमेकीले कुरा काट्छन र घर परिवार ले अन्त्य सम्मै ढाकछोप गर्छन, यो मर्यादा सम्वन्धी सामाजीक प्रथा नै हो, जुन प्रथा कालान्तर मा सामाजीक संजाल प्रयोगकर्ता को बानी मा परिणत हुदै गईरहेछ। कतिपय ईन्वक्स मा आएका साथी हरु को हो मा हो मिलाउन सके मात्र अशल र राम्रो भईन्छ, नभए गाली को भागीदार हुनुपर्ने कस्तो नियती हो! जवाफ दिउन्जेल मात्र असल र ब्यस्त भएर बोल्न या च्याट गर्न नभ्याउने वित्तीकै चरित्रहिन देख्ने कस्तो दृष्टीकोण हो ! उनीहरुले आशा गरेका सबैकुरा पुरा भए राम्रो र नहुने वित्तीकै खराव देख्ने कस्तो विवेक हो त्यो..! मेरो मन मा उठेको प्रश्न यत्ती हो..!

सम्पुर्ण सामाजीक संजालका प्रयोगकर्ता साथीहरु को उस्तै बुद्दी या विवेक हुनुपर्छ भन्ने होईन तर कमसेकम मानव भएको नाताले अर्को मानव प्रति गरिने ब्यवहार सहि विवेकजन्य पक्कै हुनुपर्दछ, तपाई हरु अरुबाट आफ्नोलागी जस्तो ब्यवहार चाहनुहुन्छ अरुको लागी त्यस्तै ब्यवहार गर्दिनुस, आफ्नी चेली को लागी अरुबाट कस्तो दृष्टीकोण चाहनुहुन्छ त्यस्तै दृष्टीकोण अरु चेली प्रति राख्दिनुस समाज आफै वदलिन्छ, सकारात्मक सोच लो समाज परिवर्तन हुने हो नकारात्मक सोच ले मान्छेलाई कुवा को भ्याकुतो बनाउछ, तपाई कुवा को भ्यागुतो हुने की सामाजीक प्राणी त्यो तपाईको सोच ले निर्धारण गर्ने हो र त्यही सोच तपाईहरुको सामाजीक संजाल मा देखीने हो, या नी की तपाई ले गरेका कमेन्ट ले र अरुको लागी तपाईले प्रयोग गरेका शब्द हरुले नै तपाईको विद्वता स्पष्ट वयान गरेको हुन्छ तसर्थ पनि संयमता अपनाउनु र अरुलाई गाली गर्नु अगाडी आफ्नो विवेक को मुल्यांकन गर्नु अती आवस्यक छ भन्ने कुरा बुझ्नुहोला भन्न चाहन्छु।

शालु गौतम

कोई टिप्पणी नहीं