अपडेट

फेसबुकमा नग्न फोटो पठाउदा परेको तनाव


काठमाडौं: केही दिनअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा नुवाकोटकी सम्झना (नाम परिवर्तन) विलाप गर्दै उजुरी लिएर पुगिन् । एक युवकबाट ‘ब्ल्याकमेलिङ' मा परेपछि उनी उजुरी दिन पुगेकी थिइन्।
 
‘सर म बर्बाद भएँ, मेरो इज्जत बचाइदिनुपर्यो' भन्दै सम्झनाले प्रहरीसामु हात जोडेपछि ब्युरोले समस्याबारे सुनाउन आग्रह गर्यो। सम्झनालाई आफू मलेसीयामा रहेको बताउने युवाले फेसबुकमा साथी बन्न सन्देश पठाएका थिए । सम्झना फेसबुकमा साथीमात्रै बनिन्, फोन नम्बरसमेत साटासाट गरिन्। 

 फेसबुकमा अश्लील गफदेखि लिएर नग्न फोटोसमेत पठाइन् । दुईतीन महिना फेसबुकमा च्याटदेखि लिएर फोनमा बिहेसम्म गर्ने बाचा गरेकी सम्झनालाई गत चैतमा युवकले नौलो सन्देश पठाए, ‘एउटा उपहार पठाइदिएको छु, रिसिभ गर्नू।'
 
कौतूहलतमा डुबेकी सम्झनाले उपहारबारे बुझ्न खोज्दा दुई लाख रुपैयाँ लाग्ने जानकारी पाएपछि पछी हटिन् । एक सातासम्म दुवैबीच फोनमा र फेसबुकमा कुरा भएन। पछि फोन गरेर ती युवकले ‘मैले तीन लाख रुपैयाँ पर्ने सामान पठाउँदा किन नबुझेको मेरो पैसा फस्ने भयो छिटो बुझ' भनेर धम्कीपूर्ण भाषा प्रयोग गरे। 
 
दुई लाख एकैपटक जुटाउन नसकेपछि सम्झना सामान बुझ्न गइनन्। पुनः फोन गरेर युवकले ‘तिम्रो नग्न फोटो र फेसबुकमा पठाइएका अश्लील सन्देश मसँग सबै सुरक्षित छ । सामान बुझेनौ भने तिम्रा साथीलाई फेसबुकमा पठाएर भाइरल बनाइदिन्छु' भनेर धम्क्याएपछि ती महिला सीआईबीमा पुगेकी हुन्।
 
सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालले सम्झनामाथि परेको यो घटना एउटा उदाहरणमात्रै भएको बताए। उनले थुप्रै महिला यसैगरी ठगिँदै आएको र सीआईबीले चारवटा घटनामाथि अनुसन्धान गरिरहेको जानकारी दिए। 
 
उनले भने, ‘चिनजान नभएका युवकसँग आफ्ना गोपनीयता खोतल्दा सम्झनाले बेइज्जती मात्रै होइन मानसिक तनाव सहनुपर्यो, यो एउटा प्रतिनिधि घटनामात्रै हो। अहिले फेसबुकको दुरुपयोग गरेर अपराध गर्ने क्रम बढ्दो छ।' डीआईजी सिलवालले मलेसियामा बसेका युवाको सम्बन्धमा अनुसन्धान भइरहेको बताए।

सिलवाल ले एकवर्ष अगाडीको अर्को मुद्दा संझदै भने,चिनजान भएका या चिनजानै नभएका फेसबुके साथीसंग आफ्ना गोपनीयता भंग हुने फोटा साटासाट गर्ने चलनले कति सम्म अफ्ट्यारो मा पार्छ भने, लगभग डेढ दुई वर्ष अगाडी एउटा त्यस्तै घटना प्रहरी समक्ष आईपुग्यो, त्यो घटनामा एकजना चर्चित कलाकारले बेइज्जती मात्रै होइन मानसिक तनाव सहनुपर्यो,नेपालकी चर्चित हास्य कलाकार संग लेनदेनको कारोबार भएको दावि गर्दै कतारमा कार्यरत युवा ले अपलोड गरेको फेसबुक स्टाटस को बारेमा परेको उजुरी अनुसन्धान गर्दा पनि कतार बाट ति युवा ले कलाकार लाई त्यस्तै नग्न तश्विर हरु पठाएको खुलेको थियो, सहवास को लागी आग्रह गर्दै पैसा समेत पठाएको र अन्त्यमा सेक्सुअल रिलेसनसीप को लागी कलाकार ले अस्विकार गरेपछी आफुले पठाएको पैसा फिर्ता लिन लाई सामाजीक संजालको दुरुपयोग गरेको देखीएको थियो, पछी उनिहरुको लेनदेन अन्य कलाकार हरु समेतको रोहवरमा मिलापत्रमा टुंगीयो तर उक्त युवाको नग्न तश्विर हरु सामाजीक संजाल भरी फैलीयो, बदनामी र मानसिक तनाव ले गर्दा परिवार र समाजमा त्यस्ता ब्यक्ती हरुलाई पुन: पुरानो हैसीयत फिर्ता पाउन हम्मे हम्मे पर्छ, सामाजीक संजाल यौटा यस्तो भवसागर हो जहा एकपटक फोटो अपलोड भयो भने पुर्णरुपमा निषेध गर्न असम्भव छ। 
 
सीआईबीले नै अनुसन्धान गरिरहेको अर्को घटना रोचक छ। दोलखाकी राधिका (नाम परिवर्तन) ले काठमाडौंका एक किशोरलाई फेसबुकमा म्यासेज पठाएर साथी बन्न अनुरोध गरिन्। ती किशोरले राम्री युवती देखेपछि साथी बन्न स्वीकार गरे। 
 
घरपरिवार र बिहेबारीबारे युवतीले सोधेपछि किशोरले सबै बताइदिए। सुरुमा राधिकाले अर्धनग्न तस्बिर फेसबुक म्यासेन्जरमा पठाइदिन् । ती किशोरले पनि आफ्ना नग्न तस्बिर म्यासेन्जरमा पठाइदिए। दुवैबीच फोनमा लामो गफ हुन थाल्यो।
 
राधिकाले पाइन्टबाट सुरु गरेर स्कुटरसम्म खरिद गरिदिन आग्रह गरिन्। किशोरले पाइन्ट, सारी आदि कपडा त खरिद गरिदिए तर स्कुटर किन्न पछि हटे। राधिकाले फेसबुमा ती किशोरले पठाएका नग्न तस्बिरदेखि अश्लील च्याट परिवार र अन्य साथीलाई सार्वजनिक गरिदिने धम्की दिइन्। केही सीप नलागेपछि ती किशोर सीआईबी पुगेको जानकारी डीआईजी सिलवालले दिए।
 
आर्थिक वर्ष २०७२/०७३ मा फेसबुक दुरुपयोगका १९ वटा उजुरीमाथि सीआईबीले अनुसन्धान गरेको थियो।
 
सुरक्षित रहने तरिका
~कुनै पनि मुल्यमा जतिसुकै नजीकको या घनिष्ठ सम्वन्ध भएपनि आफ्नो नग्न तस्विर हरु आदान प्रदान नगर्ने। 
~फेसबुकमा अरूले ट्याग गरेको फोटो ट्याग नगर्ने।
अनावश्यक रूपमा फोटो अपलोड नगर्ने।
~स्टाटसमा आफ्नो मुभमेन्ट एवं लोकेसन ट्याग नगर्ने।
~पासवर्ड समयसमयमा परिवर्तन गर्ने।
एउटै पासवर्ड अरू इमेल एकाउन्टमा नराख्ने

कोई टिप्पणी नहीं