लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला र अन्चल अधिवेशन सम्वन्धी केन्द्रको निर्णय
क) राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको छैठौं केन्द्रिय महाधिवेशन -२०७३ आगामि असोज ७, ८ र ९ गते काठमाण्डौमा भव्यरुपमा सम्पन्न गर्ने निर्णय गरियो ।
ख) २०७३ असार मसान्त अगावै प्रतिष्ठानका जिल्ला अञ्चल र उपत्याका समन्वय समितिको अधिवेशन सम्पन्न गरि सदस्यता नविकरण शुल्क र अन्य औरचारीक जानकारी हरु नियमानुसार केन्द्रमा दाखिला गर्नु पर्ने ।
ग) अधिवेशन सम्पन्न गर्नको लागि बन्ने तदर्थ समीती मा तपशिलका संयोजक/सहसंयोजकहरु रहने वर्तमान कार्यसमीती अन्तर्गत का अध्यक्ष हरु (जिल्ला,अन्चल र उपत्यका समन्वय) आ-आफ्नो कार्यक्षेत्रको अधिवेशन सम्पन्न गर्ने तदर्थ समितीको पदेन सदस्य रहने गरि निर्णय गरियो ।
घ) उपत्यका समन्वय समीती र नारायणी अन्चल कार्य समीती अन्तर्गत का सम्पुर्ण जिल्ला समिती हरुको अधिवेशन संयोजकमा वर्तमान केन्द्रिय कार्यसमीतीका अध्यक्ष चन्द्र शर्मा लाई तोकीयो।
ड•) त्यसैगरी लुम्बिनि अन्चल कार्यसमीती र अन्तर्गतका जिल्ला कार्यसमीती हरुको अधिवेशन सम्पन्न गर्नकोलागी वर्तमान केन्द्रिय कार्यसमीती का वरिष्ठ उपाध्यक्ष बद्रि पंगेनी संयोजक र केन्द्रिय कार्यसमीती का द्वित्तीय सचिव शिरिष देवकोटा लाई उप संयोजक तोकीयो।
च) त्यसैगरी भेरी-कर्णाली अन्तर्गत टिकाराम चपाइ संयोजक र शंकर विसी सह संयोजक रहने निर्णय गरीयो।
छ) त्यस्तै धवलागिरी को लागी संयोजक मा बिमलराज क्षेत्री तथा उप संयोजकमा तारानाथ आचार्य रहने निर्णय गरियो।
ज) त्यसै गरि लोक संस्कृती को उद्गमस्थल तथा लोक दोहोरी गीत तथा कलाकारको उर्वर भुमी मानिने गण्डकी अन्चल क्षेत्र मा वर्तमान केन्द्रीय कार्यसमीती का महासचिव तथा लोकप्रिय सर्जक रमेश बिजी संयोजक तथा तारापति सुबेदी उप संयोजक रहने निर्णय गरियो।
झ) त्यसैगरी वागमती अन्चल कार्यसमीती र अन्तर्गत का जिल्ला कार्यसमीती (उपत्यका समन्वय समीती बाहेक) को अधिवेशनहरु सम्पन्न गर्नको लागी वर्तमान केन्द्रीय कार्यसमीती की सह कोषाध्यक्ष रीता थापा संयोजक एवं पुरुषोत्तम थापा सह संयोजक रहने निर्णय गरियो।
अ) त्यस्तै सेती-महाकाली अन्तर्गत का कार्यसमीती हरुको अधिवेशन सम्पन्न गराउनको लागी डोटेली कान्छो रहने निर्णय गरियो।
ट) त्यस्तै राप्ती अन्चल अन्तर्गत का कार्यसमीती हरुको अघिवेशन सम्पन्न गराउनको लागी संयोजक मा सुवास के सी र उप संयोजकमा राधिका हमाल रहने निर्णय गरियो।
पुनश्च: वर्तमान अन्चल कार्यसमीती का अध्यक्ष,उपत्यका समन्वय समीती का अध्यक्ष र जिल्ला कार्य समीती का अध्यक्ष अधिवेशन सम्पन्न गराउने तदर्थ समीती मा पदेन सदस्य रहने निर्णय पनि गरियो।
रमेश बि जी
महासचिव
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें