अपडेट

हार्दिक श्रद्दा सुमन सुर्य कुमार!


 ~पत्रकार एवं गीतकार सूर्यकुमार क्षेत्रीको बिहीबार निधन भएको छ। ब्रेन ट्युमर को समस्या रहेका क्षेत्री को अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भईरहेको थियो, उपचारकै क्रम मा गए राती सवा ९ बजे निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। 

ब्रेन ट्युमरको सफल शल्यक्रिया गराएका उनलाई फलोअप उपचारको क्रममा अस्पताल ले विहीवार मात्र केही अतिरिक्त उपचारको लागी भर्ना गरेको थियो, भर्ना भए लगत्तै सिकिस्त हुदै गएका क्षेत्रीको साँझ देहान्त भएको थियो।

प्रेस युनियनका नेपाल का सचिव रहेका उनी राम्रा गीतकार समेत हुन्। उनले लेखेका 'धोका  दिनेलाई के भनुँ', डाली पलायो, औठी चिनो छ लगायत लोक भाकाका गीत हरु चर्चित छन उनका आधुनिक गीत हरु मा चर्तित गायक प्रमोद खरेल ले समेत स्वर दिएका छन, उनको निधनमा नेपाल प्रेस युनियनले शोक वक्तव्य जारी गर्दै दु:ख व्यक्त गरेको छ, त्यस्तै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लगायत का संघ संस्था हरुले पनि क्षेत्रीको असामयीक तथा अल्पायु मै भएको मृत्युमा गहिरो शोक प्रकट गरेका छन, कला र पत्रकारीता क्षेत्रमा निकै मिजासीला र लोकप्रिय  रहेका क्षेत्रीको निधनमा सम्पुर्ण कलाकर्मी एवं संगीतकर्मी हरुले दुख ब्यक्त गर्दै सामाजीक संजालमा उनको वैकुन्ठ वास को कामना गरेका छन।

पत्रकार क्षेत्री नेपाली कला डट कमका सम्पादक हुन् साथै उनी  लामो समय देखि  उज्यालो ९० नेटवर्कमा कार्यरत थिए l शनिबार प्रसारण हुने  नेपाल दर्पणमा  प्रसारण हुने रंग दर्पण चलाउने क्षेत्रीको रेडीयो कार्यक्रम पनि निकै लोकप्रिय थियो।
 
३३ वर्षीया पत्रकार क्षेत्रीको शव हिजो टिचिङ अस्पतालमा राखिएको र अन्तिम श्रद्धाञ्जलजीका लागि अहिले विहान १० बजे प्रज्ञा प्रतिष्ठानमा राखिएको छ, यसपछि अन्तिम संस्कारका लागि क्षेत्रीको शव जन्मथलो स्याङजा नै लगिने कुरा आफन्त हरुले जानकारी दिनुभएको छ, परिवार को इच्छा अनुसार क्षेत्रीको शव जन्मभूमी स्याङजामै अन्तिम संस्कार गरिनेछ। उहाँहरु काठमाडौं आइसक्नु भएको छ। स्याँग्जा जिल्ला को पिंडीखोला स्थाई वसोबास रहेका क्षेत्रीको श्रीमती र एक नावालक छोरा छन। 

प्रज्ञा भवन कमलादी मा अन्तिम श्रद्दान्जली अर्पण गरिदै।

यो विषम परिस्थीती मा जमर्को परिवार पनि स्वर्गीय क्षेत्री प्रति हार्दिक श्रद्दा सुमन अर्पण गर्दै वैकुन्ठवास को कामना गर्दछ साथै शोक संतप्त परिवार लाई भगवान ले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन भन्ने कामना गर्दछ।


कोई टिप्पणी नहीं