अपडेट

तानाशाह,डालो र पुराना याद हरु



माघ माहात्म्य या नी स्वस्थानी बडो धुमधाम संग महिनाभरी मनाईन्छ हाम्रा गाम मा, स्वस्थानी पुजा हुने घर हरु प्राय: निश्चित हुन्छन, त्यस्तै हाम्रा गाममा पनि स्वस्थानी पुजीने घर हरु पनि निश्चित प्राय थिए, कस्को स्वस्थानी मा बढी रमाईलो हुन्छ कस्को मा कम रमाईलो हुन्छ पहिल्यै निर्क्यौल भैसक्थ्यो, प्राय छिमेक का धेरै तरुनी जम्मा भएर दोहोरी गाउने मेसो पर्ने घरका स्वस्थानी पुजामा श्रोता हरुको मनग्ये भिड लाग्ने गर्दथ्यो।

स्वस्थानी को आयोजक मा गुंसिंगे पाठक कान्छा मुख्य थिए किनकी विहे गरेको लामो समय सम्म पनि उनका सन्तान भएका थिएनन,सन्तानको आशमा वर्षेनी जसो स्वस्थानी पुजा लगाईरहन्थे,विहे पनि गरिरहन्थे, जेठी बाहेक कुनै श्रीमती टिकेनन पाठक कान्छा संग, विहे गरेको २-४ महिना वस्थे अनी छाडेर हिन्थे, पाठक कान्छा लाई छाडेर अर्को संग गएको वर्षदिन नपुग्दै छोराछोरी पाउथे, त्यहा रमाईलो पनि विचित्रै हुन्थ्यो, जुवानखोला,गिर्वासे टोल बाट समेत मान्छे हरु आउथे, पाठक कान्छा आफै ले बनाएका राम्रा राम्रा खैंजडी बजाएर गीत गाउने लाई हौस्याउथे।

एक वर्ष ठुल्पाटे ठुल्दाई को घरमा स्वस्थानी थियो, त्यहा पनि रमाईलै हुन्थ्यो निकै गईन्थ्यो स्वस्थानी मा, ठुल्पाटे को बाहेक अर्को स्वस्थानी कुसुन्डे पाठक को मा थियो त्यो स्वस्थानी मा जामुने तिरका मगर्नी हरु आउथे, निकै राम्रो दोहोरी गाउथे, त्यै गाम मा पनि रुपा,कान्छी, दुर्गा भन्ने दिदीबैनी हरु थिए तर रुपा दिदीका बा बडो तानाशाह थिए, उनले गीत गाएरै दुई तिन वटा विहे गरेका थिए तर छोरीहरु ले गीत गाएको देखीसहन्नथे, तानाशाह बुढाका पनि दोहोरी गाउने उनकै उमेर का जोडी हरु थिए, बुडा दिउसै अर्को गामको स्वस्थानी घर तिर देखीए भने हामी त्यो रात तानाशाह को गाम मा जान्थेम रुपा संग दोहोरी खेल्न, तानाशाह त्यैं हुने दिन उनैले दोहोरी गाउथे मगर्नी हरुसंग, हामी निरीह प्राणी सरह केही वेर हेरेर बस्थेम र लुसुक्क निस्कन्थेम। 

हाम्रो गाममा यौटा केटो थियो,खोई किनहो स्वस्थानी ताका डाँडाका फुले बा भन्ने बुडा मान्छेको घर मा छिरेछ,जाडो मौसम सिग्रेट सल्काउन होला भन्ने सोचेछन बुडाले, गोधुली साँझमा भैसी दुहुदै गरेका फुले बा ले घरभित्र छिरेको मान्छे को हो भेउ पाएनछन, मान्छे पसेको त देखे तर बाहिर निस्केको नदेखेपछी खास्स खुस्स बोलाएर छिमेकी जम्मा पारेछन आँगनमा, छिमेकी हरु सबै मिलेर घरभित्र गएर हेर्दा अगी भर्खरै छिरेको मान्छे कतै नदेख्दा गाम्ले सबै अचम्म परेछन,भर्खरको भर्खरै मान्छे गायव भयो भनेपछी या त भुत हुन परो या फुले बा लाई दृष्टिभ्रम भएको हुनपरो..! अझै खोज्दै जादा छिमेकी हरु आँटीमा पुगेछन फुले बा को आटीमा ठुलो भकारी जत्रो डालो रैछ, केटो त्यै डालो भित्र लुकेर आफुलाई भुल्ला कपडाले ढाकेर सुतेको रैछ-केटो लाई डालो बाट निकालेर बाहिर ल्याएपछी त्यसको नाम डाले भयो। 

मेरो स्वस्थानी मा हिड्ने साथी थियो साहु रामे, बडेमान्का पाखुरा र म भन्दा निकै ठुलो ज्यान परेको रामे जती रातीमा हिड्न पनि डराउथेन,अहिले कता होला खै भेट नभएको धेरै वर्ष भयो, एकपटक त्यसको पछी लागेर महापुर कोलपोखरी सम्म स्वस्थानी मा पुगेको याद छ मलाई, धाई गामका धैरेनी तरुनी आउछन भनेर हेर्न गाको सबै तरुनीका आ आफ्नै दमाली रैछन त्यहा पनि दर्शकै भएर फर्केम हामी त्यसपछी फेरी स्वस्थानीमा महापुर कहिल्यै गईन म। रामे अल्ली फटाह पनि थियो, सुकी बोट खोपी खेलेर मेरो पैसा लुट्थ्यो, पैसा छैन भन्नेहो भने उधारै भएपनि खेलम पछी दिएपनि हुन्छ भनेर मलाई उक्साउथ्यो,मलाई थाह थियो जित्ने उसैले हो तैपनि म उधारो खोपी खेल्थें रामे संग। 
क्रमश:
दुर्गा पंगेनी




कोई टिप्पणी नहीं