अपडेट

म, मेरीसानु र भत्केको भविष्य




सम्झौं भन्दा पनि एकोहोरो सम्झना मा आईरहन्छ पापी अतीत, विर्षने कुनै औषधी नभएको यो रोग लाग्ने हरु धेरै होलान, सबैका पिडा उस्तै हुन्छन भन्न सकिन्न तर चटक्कै विर्षन नसकीने र सम्झनै मन नहुने अतित भएका हरु धेरै देखें जिन्दगीमा, घरको एक्लो छोरो म पढाइ आठ पास पनि गर्न सकिन, गाउँमा दिनभरी डुल्यो, भेटीएका काम गर्यो ! दुईचार सय सय रुपैया कमायो ! बेलुका पख साथिभाइ जम्मा भयो त्यही पैसा मदिरा पिएर सक्यो..! हो यस्तै केही र अरु थपथाप दैनिकी बनाएर धेरै दिन महिना र वर्ष कट्यो, त्यसरी कटेका ति दिनहरु को महत्व थाह नभएरै कट्यो या आफ्नो लेखान्त नै त्यही हो भनेर कट्यो, जे होस मेरो जिन्दगी को उर्वर समय यस्तै यस्तै केही नगरी कट्यो..!

मेरो त्यो चाल देखेर घर परिवार मात्र होइन छिमेकी पनि हैरान भएका थिए, मेलो उही बाटो उही पधेरो उही, केही गर्न नसकेको लाचार अनुहार लिएर कतिदिन गाउवेसी गरिरहनु कतिदिन भौंतारिरहनु..! यौटा कहिल्यै हल नहुने प्रश्न ले मनमा डेरा जमाएको बेला एक दिन गाउँकै जिम्दार बाजेले दाउरा काट्न बोलाए ! बिहानको खाना खाएर दाउरा काट्न भनेर म त्यतै लागे !पछि जिम्दारको घरमा काम गर्ने महिला ले मलाई खाजा खान बोलाइन ! म गएर भर्खर खाजा खान बसेको थिए, जिम्दार बाजे आइ पुगे बाजेले मलाई सम्झाउन थाले,एक त विग्रह जस्तो खाजा त्यसमाथी बाट जिम्दार को घुर्की.. उफ त्यो खाजा भित्र जानुको साटो उक्क फर्केला जस्तो नमीठो अनुभव भईरह्यो..!

हुनत जिम्दार को उपदेश मेरै भलाईको लागी थियो,अझै पनि गाउघर मा विग्रेका या वेरोजगार हरुलाई विहे गरिदिएर पारीबारीक वन्धन मा जेलिदिएपछी प्रगती गर्छ, पारिवारीक जिम्मेवारी ले मान्छे लाई सुधार्छ भन्ने मान्यता छ, जिम्दार ले उपदेश थप्दै गए..!घरकाले भनेको पनि मान्दैनस रे कसैलाई टेर्दैनस रे, अब तेरो विहे गर्दिन पर्यो अल्लि सुध्रिन्थिस कि आदी ईत्यादी..!पछि बल्ल मैले थाहा पाएँ,मेरा बा ले विहानै जिम्दार लाई भेटेर मलाई सम्झाउने जिम्मेवारी जिम्दार बाजेको लाई सुम्पनुभएको रहेछ, म बेरोजगार छोराको लाचार मेरो बा..! कठै ..! बा को अनुहार सम्झदा झन केही गर्न नसकेको आत्मग्लानी ले मलाई भतभती पोलिरह्यो भित्रभित्रै..!

एक त आफु सुध्रनु पर्ने छ, केही गरेर देखाउनुपर्ने छ, बा को शिर ठडीएको पनि हेर्नुपर्ने छ, आहा फलानाको छोराले त प्रगती गर्यो भनेर अरुले तारिफ गर्दा मेरा बा को अनुहार को कान्ति कस्तो होला त्यो पनि हेर्ने रहर छ, न विहे गरेपछी मेरो भाग्य पो खुलिहाल्छ की..! कसैको त ग्रह ले रोकेको हुन्छ अरे, श्रीमती ल्याएपछी उसका ग्रहका प्रभाव ले पनि रोकीएको प्रगतीको बाटो खुल्न सक्छ रे..! बा को अनुरोध र जिम्दार बाजेको दबाब अनी भविष्य को आशा अगाडी म धेरै वेर टिक्न सकीन र मैले बिबाह गर्ने निर्णय गरें..!

बिबाह गर्न को लागि पल्लो गाउँमा केटि माग्न जाने निधो भयो, जिम्दार बा र मेरो बुबा ले लगभग छिनीसकेको कुरा रहेछ, म पनि केटी हेर्न गएँ, केटि एकदम सुन्दर थिइ ! दश कक्षा मा पढ्दै गरेकी केटी संग बिबाह त गर्ने भैयो तर पढाइ रोक्न नपाउने सर्तमा मात्र हाम्रो बिबाह हुने तय भयो ! मेरा बा ले मलाई देखाउदै भन्नुभो "मेरो छोराले पढन सकेन ..! अब बुहारी लाई छोरी जस्तो बनाएर पढाउछु !" मेरा बा को त्यस्तो उदार उद्घोष त्यो गाउमै अनुकरणीय बन्यो, हाम्रो बिबाह हुने पक्का भयो ! त्यसको अर्को दिन ज्योतिषलाई बोलाएर चिना हेराइयो !गुण पनि मनग्य मिल्यो, त्यो केटी विहे गरेर ल्याएपछी मेरो भाग्योदय हुने र मैले निकै प्रगती गर्ने कुरामा म र मेरो परिवार आशावादी मात्र हैन विश्वस्त नै भयौं, चिनामा मङ्सिर २२ गतेलाइ एकदम राम्रो साईत देखायो !

घरको आम्दानी ले जेनतेन हाम्रो परिवार को खर्च चल्थ्यो, अतिरीक्त आम्दानी हुने ठाउँ नभएपनि म एक्लो छोरा भएको कारण बिबाह ऋण काढेरै भए पनि धुमधाम गर्ने रहर थियो मेरो बाबा को, बा को रहर र गाउको ईज्जत को लागी ऋणलागे पनि हाम्रो बिबाह धुमधाम सङ्ग भयो !मैले वेहुली भित्र्याएँ..! त्यो दिन मेरो र हाम्रो परिवारको सबैभन्दा खुसीको दिन थियो, हाम्रो घरमा लक्ष्मी भित्रीएको दिन र त्यो पलको खुसी म शब्दमा बयान गर्न सक्दिन..!

समय बित्न के वेर लाग्छ र .. ! बिबाह पछी उनले एसएलसी दिइन ! पढाईमा अव्वल नै भएकोले उनको नतिजा पनि राम्रै आयो, मैले पनि मेहनत गरेर ज्याला मजदुरी गरेको पैसा पुरै बचाउन थालिसकेको थिएँ,खराव संगत हरु छुटीसकेका थिए, एक हिसाव ले मेरो प्रगती को बाटो खुलिसकेको थियो, पैतृक सम्पत्ती मा मेरो पसीना को रंग हरियै भएर फस्टाईरहेको थियो, हलो र कोदालो कै बलमा मैले बाबा ले जोडेका खेतका गह्रा बाझो रहन दिएको थिईन, अतिरिक्त आम्दानीको लागी बेमौसमी तरकारी खेती र खर्च जोहो गर्न नगदे वाली ले मेरा बारिका सुर्का भरेको थिएँ, विहे पछी म मा अचानक आएको यो परिवर्तन ले मेरो परिवार मात्र होईन छिमेकी हरु समेत चकित थिए, साँच्चै मेरी श्रीमती मेरो ताला लागेको भाग्यको चावि लिएर आएकी थिईन, म गाउमा अब्बल छोरो मा गनिन थालीसकेको थिएँ, बुहारी को रिजल्ट ले घरमा अर्को हर्ष थप्यो, हर्ष संगसंगै अब भने मेरो जिम्मेवारी झन बढ्यो ! पढाई रोक्न नपाउने सर्तमा बिबाह गरेको छु ! पढाउनको लागि पैसा मनग्ये त थिएन तैपनि दुख सुख ऋण धन गरेर बा ले बुहारी लाई गाउँ को क्याम्पस मा भर्ना गरिदिनुभयो। बुहारी पढाउने हाम्रो परिवार गाउमा उदाहरणीय बन्यो।

बढ्दो खर्च,अभाव र आवस्यकता को तालमेल मिलाउन धेरै गाह्रो,गाउघर र मेलापात गरेर हुने सिमीत कमाई ले मेरी सानुको आवस्यकता हरु पुरा गर्ने लक्षण देखीन मैले, मलाई जसरीपनि उनलाई पढाउनु थियो,उनका हरेक रहर हरु पुरा गर्नु थियो,यता आवस्यकता हरु जसरी बढीरहेका थिए उता मेरो थाप्लोमा ऋणको बोझ थपिदै थियो, गाउमै भएपनि हुनेखानेका छोरी हरु स्कुटी चढ्न थालिसकेका थिए, किताव कापी र खाजा खर्च अनी क्साम्पस को फिस सम्झदै कहाली लाग्ने अवस्था को मैले श्रीमती को आखामा स्कुटी को रहर छल्कीरहेको बुझीसकेको थिएँ।

एकदिन क्याम्पस बाट फर्केपछी उनैले सुझाईन, यहा जति मिहीनेत गरेपनि कमाई हुदैन कमाई नभएपछी वचत हुदैन र वचत नभएपछी आवस्यकता पुरा हुदैनन, रहर पुरा हुदैनन, यो अर्थशास्त्र को नियम हो..! म दंग परेर श्रीमती को प्रवचन सुनिरहें, क्याम्पस जानथालेपछी उसमा आएको परिवर्तन अचम्मको थियो, निकै ब्यवहारीक कुरा गर्थिन, अव यसरी बसेर हुदैन, हजुर ले केही गर्नुपर्छ, अरु पैसा कमाउन पर्छ आदि ईत्यादी..!

एकदिन श्रीमती ले नै विकल्प सुझाईन, क्याम्पस पाच वर्ष पढ्नुपर्छ, त्यो बेला सम्म हामीहरु पारीवारीक जंजाल मा पर्न हुदैन, बरु हजुर विदेश जानुस मैले त्यतीन्जेल यहा विविएस सक्याउछु, खर्चको कमी पनि हुदैन, मेरो पढाई पनि रोकीदैन, हाम्रो भविष्य निकै उज्जल हुनेछ.. ईत्यादी..! पढेलेखेकी बुहारी का ज्ञानगुन का कुरा र भविष्य अनी पढाईको चिन्ता ले मेरो बा को दिमाग मा पनि गहिरो छाप पारेको रहेछ, बा ले पनि त्यही सल्लाह दिनुभयो, म मेरो प्राण भन्दा प्यारो परिवार छोडेर विदेश जाने भएँ सुनौलो भविष्य निर्माण गर्ने नयाँ सपना बोकेर..!

मेरो अन्तिम विकल्प भनेको खाडी जाने थियो,मेरो बुता र मेरो योग्यता ले पाउने खाडी नै थियो, पासपोर्ट बनाएँ, मेन पावर तिरको दुईचार चक्कर लगाएपछी मलेसिया को भिसा आयो,डेढ लाख रुपैया तिरेर मलेसिया जान तयार भए म मेरो र मेरी सानुको सुनौलो भविष्यको लागी, ! मेरो उडान निश्चित भएपछी एकपटक मेरी सानु ले भक्कानो छोडेर हिक्क गरिन, मैले पनि आशु थाम्न सकिन, भावना मा बगेर बरु मैले पढ्दिन तपाई विदेश नजानुस भो पनि भनिन तर हाम्रो परिस्थीती अर्कै थियो, म जानै पर्ने थियो, घरबाट बिदा लिएर म मलेसिया जान काठमाडौ आए ! विदाई को लागी उनलाइ पनि काठमाडौ सङ्गै लिएर आएँ, हामी रमाउदै पशुपति,धरहरा लगायत धेरै ठाउँ मा घुम्यौं, घुम्दा घुम्दै दिन गएको पत्तै भएन मेरो मलेशिया आउने दिन पनि आयो !

मैले उनलाई घर तिर पठाएर २०७० सालको साउनमा म मलेशिया सकुसल आईपुगें, यहा आएको दिन बाट नै मेरो काम सुरु भयो, समय सलल बग्दै गयो, दिन हप्ता हुदै महिना वित्न वेर लागेन, लगालग तलव आउन थाल्यो, मैले घर पैसा पठाउन थालें, हाम्रो सुनौलो भविष्यको सुरुवात भैसकेको थियो,दिनभरी काम गरेर साँझ सानु संग फोनमा बोल्दा को आनन्द र तलव बुझेर घर पठाउदा को खुसी ले समय वितेको पत्तै भएन, मलेशिया आउदा लागेको ऋण अनि बिबाह गर्दा लागेको ऋण सबै मैले तिरेर सक्याएँ।

म मलेसीया आएको पनि दुई वर्ष पुरा हुन लागेको थियो, एक दिन सानु ले फोन गरेकी रहेछिन काममा भएको कारण ले उठाउन पाइन पछि काम सकेर फोन गरेको कुरा गर्दा गर्दै उनले भनिन गाउको पढाइ सकियो मैले राम्रो नंबर ल्याएर बाह्र कक्षा पास गरें, विविएस पढ्न काठमाडौ जान्छु भनिन, मैले नाई नास्ती गर्ने कुरै भएन, केही पैसा वचत छदै थियो, कमाई राम्रै थियो, मेरी सानुको सपना पुरा गर्नको लागी म जे गर्न पनि तयार थिएँ, मैले दायाबाया केही नसोची तुरुन्त हुन्छ भने,त्यो दिन खुसिले सधै भन्दा अल्लि धेरै भात खाएँ मैले,उनि पढ्नको लागि काठमाडौ आइन।

काठमाडौ आएपछी उनका रहरका आकार हरु बढ्दै गईरहेका थिए, देश अनुसार को भेष त हुनै पर्यो, गाउमै छदा पलाएको सानुको स्कुटी रहर राजधानी आएपछी ह्वात्तै बढ्यो,मैले सर सापट गरेर पैसा पठाएँ, उता सानुको रहर पुरा भयो, सानो पुण्टे हेल्मेट,कालो चस्मा लगाएर सानु ले स्कुटी चढेको फोटो फेसबुकमा अपडेट गरिन यता म हर्ष ले गदगद भएँ !

यसै गरेर दिनचर्या बितिरहेका थिए ! सानुले मागेजती पैसा पठाउनु मेरो जिम्मेवारी बन्दै गयो, यता सानुको रहर पुरा गर्दा उता बाबा लाई केही पठाउन पाईन, मेरो तलव आउने दिन सानुलाई ठ्याक्कै थाह हुन्थ्यो, दुई दिन अगाडी देखी नै बाबा पर्सी त तपाईको तलव आउछ भनेर सम्झाईरहन्थीन, मेरो हरेक पल पल को खवर राख्थीन सानु ले, म हर्ष विभोर हुन्थें, पछी आफ्नो पनि बैंकमा खाता होस भन्ने रहर गरिन, माछापुच्छ्रे बैंक मा खाता खोलीन सानुले मैले मेरो तलव यहाबाट उनकै खातामा जम्मा गर्न थालें।

समय वित्दै गयो, सानुले पैसा माग्नुपर्ने समस्या रहेन, तलव आउने दिन म बैंकमा पैसा हाल्दिन्थें, बैंकले सानुलाई मोबाईलमा म्यासेज पठाउथ्यो, बैंक को म्यासेज नआएको खण्डमा मलाई सानुको फोन आउथ्यो, हाम्रो सुनौलो भविष्यको लागी जति सकिन्छ वचत गरेकै थियौं, अव केही वर्ष पछी हाम्रो सपना पुरा हुनेमा म ढुक्क थिएँ!

समय वित्दै गयो, मौसम फेरीदै गयो, सानुमा पनि वदलाव हरु देखीदै गए, कति अपेक्षित थिए कति अनपेक्षित परिवर्तन हरु थिए, जसरी बदलिएपनि पढेलेखेकी विद्वान श्रीमती संग विवाद या प्रश्न गरेर अनावस्यक शंका गर्न मन लाग्दैनथ्यो, तै पनि बिस्तारै दैनिक हुने फोन बार्तालाप हरु हुन छाड्दा अथवा मैले गरेको फोन गर्दा समयमा नै नउठाउदा अनी कुरा गर्दा पहिले जस्तै राम्रो संग नबोल्दा र झर्कदा मलाई अत्यन्तै दुख लाग्थ्यो तर पनि म कुनै शंका उपशंका मन मा नराखी अविचलीत भएर मेहनत गरिरहें, मलेसीया मा पसिना बगाईरहें र बैंक मा पैसा जम्मा गरिरहें,उता मेरा बा अभाव मा पिल्सीईरहे, यता मैले सानुको खाता मा पैसा जम्मा गरिरहें!

समय घट्ट सरी घुमीरह्यो, महिना हुदै वर्ष वित्न के बेर, वर्ष माथी अर्को वर्ष खप्टीन के वेर, मेरो यता घर जाने दिन नजिकिदै थिए,उता सानुको विविएस सकीदै थियो, घर जादा लाने समान किन्न मैले थालीसकेको थिए, सानुको आवस्यकता हेरेर यौटा ल्यापटप, आईफोन र वत्तिस ईन्चको एलसीडी टिभी, केही सुन, सेन्डल र चस्मा ..! सानु लाई कालो चस्मा खुवै सुहाउछ त्यसैले रेवनको कालो चस्मा किनेर अटैंची मा राखीसकेको थिएँ, मेकअप गर्दा सानुको रुप रंग नै फेरीन्छ त्यसैले यौटा मेकअप को डब्बा र केही जोड पाईन्ट टिसर्ट..!

पाँच वर्ष वित्यो परदेशमा, फर्कने दिन पनि आयो, सानुको पढाई पुरा भयो, मेरा बा को सपना पुरा भयो, म गाउ छिमेक मा ईज्जतदार र कमाउ छोरो भैसकेको थिएँ, हाम्रो परिवार बुहारी पढाउने उदाहरणीय परिवार भएको थियो, केही अभाव हरु थिए, केही पारिवारीक कुरा हरु थिए, पछील्लो तिन वर्ष मैले घरमा पैसा नदिएको कारण बा संग मेरो केही तिक्तता थियो तर बैंकमा पैसा छदैछ अव गएर त्यो सबै बा लाई दिने न हो आखीर म एक्लो छोरा र मेरी सानु एक्ली बुहारी अझ छोरी नै हुन, बा संगको तिक्तता पनि तुरुन्तै मेटीनेछ, त्यो पैसा ले चिटिक्क को घर बनाएर बा को लागी छुट्टै पलंग वाला कोठा बनाएर बा लाई खुसी पार्नुपर्ला, मैले मेरो सुनौलो सपनामा अर्को खुड्कीलो थपें..!

मेरो जहाज चढ्ने वेला भयो, उताबाट सानुले फोन नगरेको धेरै समय भैसकेको थियो, मैले यतैबाट फोन गरेर एयरपोर्ट लिन आउ भन्छु भनेर फोन गरें,त्यती बेला अपरिचित मान्छेले फोन उठाएर मलाई नानाथरी गाली गर्यो र फोन काट्यो ! मैले तुरुन्त फेरि सम्पर्क गर्न खोजे तर फोन अफ गरि सकेछ ! फेसबुकमा अनलाइन छनकी भनेर हेरेको मलाई ब्लक गरेको देखें,अचम्म लाग्यो कतै सानुको फोन हराएको पो हो की कसैले भेटेर दुरुपयोग गर्यो पक्का भन्ने सोचें, सम्पर्क गर्ने अरु माध्याम केही भेटीन,मेरो छटपटी बढ्यो, के गरुँ कसो गरुँ भयो, पिसाव फेर्न आए जस्तो लाग्यो, म ट्वाईलेट गएँ तर पिसाव लागेन म फर्के, मुटुले जोड जोड ले करड• मा हिर्काउन थाल्यो, मेरो सुद्दी बुद्दी हरायो, कानका लोती तातेर ज्वरो आउला जस्तो भयो, त्यत्तीकैमा सानु डेरा गरेर वस्ने घरबेटीको याद आयो, खै कहिले हो नंबर मागेर सेभ गरेको रहेछु त्यसैमा फोन गरे..! हेल्लो को बोलेको? घरबेटी दिदीले फोन उठाईन,दिदी म सुरज..मलेसीया बाट, सानुको फोन हराएछ क्यारे अर्कैले उठायो त्यहा रुम मा मेरी सानु होलीन बोलाईदिनु न..! त्यसपछी घरवेटी दिदीले दिएको जवाफको चोट ले म अहिले सम्म रन्थनिएको छु, घरवेटी को नजरमा सानुको सुरज त छ महिना देखी त्यैं डेरामा संगै बसेको थियो रे, अव डेरा साँघुरो भएको कारण अन्तै फ्ल्याट खोजेर हिजो मात्र डेरा सरेको रे..!

म को हुँ..! मैले के गरें र बदला मा के पाएँ? आज फेरी केही यस्तै अनुत्तरीत प्रश्न हरु लिएर म नेपाल जादैछु,भत्किएको सुनौलो भविष्यको खोजी मा..!

~शुरज खड्का

कोई टिप्पणी नहीं