शहर मा
शहर मा
माना हरायो,पाथी हरायो
मन मिल्ने मेरो साथी हरायो ।।
झार्ने मात्रै भेटिन्छ्न यहाँ
आफू पुग्नुपर्ने माथी हरायो ।।
न देउराली छ न पाखा पखेरी
सिस्नो नि छैन,पाती हरायो ।।
खुट्टै तान्ने जता हेर्यो त्यतै
स्नेह भरियको छाती हरायो ।।
भेटिन्छन् यहाँ २ रङ का मान्छे
सत्य निल्न सक्ने घाँटी हरायो ।।
कृष्णा आचार्य 'रोशनी'
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें