अपडेट

चर्चितेश्वरी हरुलाई कहिले आउछेस् कालि ? कैले लाई राख्दिम ?तँ कहाँ छेस ? आज आएर देखाभन्नुस।

 
के तपाई देशभरिका बिभिन्न महोत्सवमा कार्यक्रम संचालक हुन चाहनुहुन्छ ! यि निम्न  कुराहरु अनिवार्य सिक्नुस् ।

क)  दुई जोर कोट र टाई किनिहाल्नुस् ।

ख)  मेलाका अध्यक्ष र सांस्कृतिक संयोजक सँग जात मिल्ने भए ससुरालि तिरैबाट भए पनि नातो जोडिहाल्नुस् । नत्र पार्टि मिलाऊनुस् त्यो पनि भएन भने दैलामा गएर रुनुहोस र भन्नुस मैले जति सस्तोमा कलाकार कसैले भनेपनि आउँदैनन् मरेपनि आउदैनन भनेर कन्भीन्स गर्नुस।

ग) अर्काको ट्रयाक बोकेर गीत गाउँदै हिन्ने र लिपसिङ हान्ने कथित कलाकारलाई  बरिष्ठको दर्जा दिनुस र खाममा सात हजार राखेर विस हजार लिएको भनिदिनुस र ईज्जत राखिदिनुस् ।

घ) सकेसम्म देशका प्रतिष्ठित कलाकारलाई माया गरेजस्तो गरेर तपाई,तिमी हुँदै तँ भन्न थाल्नुस। एकदिन संगै बसेर जाँण खानुस खुवाउनुस र त्यो दिनको दाम पनि तिर्नुस फलस्वरुप भोली देखी तपाई त्यो कलाकारको न्वारनको नाम विगारेर अरुलाई सुनाउन पाउनुहुनेछ जस्तै ~ य य त्यो खुमे..! पोसे..! पुरे..! हेमे..! अँ हिजै त हो यार साह्रै किलकिलिएको रैच दुई वत्तल ख्वाईदिएँ भनेर गफ हान्नुस।
ड•) चर्चितेश्वरी हरुलाई कहिले आउछेस् कालि ? कैले लाई राख्दिम ?तँ कहाँ छेस ? आज आएर देखा परेस भोली प्रस्तुती हुन्छ बाटो पारेस खाम धेरै हुँदैन बुझेस् । आयोजक सँग रमाईलो गरेस् । ढुक्क हो म छु ।। बाहिर बिस हजार लिन्छे नत्र मान्दिने भन्दिन्छु, तैंले हो भनेस तर खाम भित्र सात हजार पाउँछेस कुरो याद गर मलाई थाहा छ त मुन्टाले टेकेर आउँछेस । जस्ता कुरा मिलाउन सिकिहाल्नुस् ।
ड•) सबै भन्दा महत्वपुर्ण कुरा झ्याप्प झ्याप्प कुरो कवितामा जोडेर बोल्न सिकिहाल्नुस छेउटुप्पो केहि मिल्न पर्दैन तर यसरी कलाकार स्टेजमा बोलाउनुहोस् दर्शकले तपाईलाई कवि नै सोचुन। उदाहरण यहा प्रस्तुत छ ।जस्तै ~
१) दिनमा हिन्ने देउता राति हिन्ने भूत , अब आउदै हुनुहुन्छ प्रकाश सपुत ।
२) बाघ बनमा बिरालो घरमा , अब आउदै हुनुहुन्छ हेमन्त शर्मा, पशुपति शर्मा, चन्द्र शर्मा, पुस्कल शर्मा ईत्यादी।
३) के को बाँण के को बाँण निगालाको बाँण- आउँदै छन अब राम्जी खाँण ।
४) यता खोलो उता बगर , अब आउदैछिन जानकि तारमी मगर , सम्झना मगर। ताली तररर ताली तररर! 
५) दुध पनि खाने मोहि पनि खाने , अब आउदैछन - पुरूषोत्तम न्यौपाने । तालि --- 
६) हजुर भन्थे पैले अहिले भन्छु तिमी,तँ भन्नेछु भोली- आऊदै छिन कोमल वली । ताली ...!
७) कानमा कानेगुजी नाकमा फुली - आउदैछन गुरु प्रजापति पराजुली ।लगाम बाहिर बाली अनी बजाम ताली...!
८) तामाको गाग्री सिल्टेको लोटा - अब आउदैछ भाई शिरिष देवकोटा ।
९) पैसामा  लाग्ने नेत्रे किरो, मकैमा लाग्ने घुन -अब आउदैछन - कुमार पुन ।

यस्तै यस्तै साहित्य तुरून्त सिक्नुस् ।
अब को महोत्सव जति हुन्छन जहा हुन्छन तियसको संचालक हजुर हुनेकुरामा दुईमत छैन। 

प्रस्तुती- बाबु राजा
श्रोत ~ बाबुराजा को फेसबुक ।
प्रयोग गरिएको तश्विर मोडल स्मीता थापाको फेसबुक बाट, तश्विरको आलेख संग कुनै सम्वन्ध छैन~जमर्को।

कोई टिप्पणी नहीं