अपडेट

ज्योती ले जलाईन निलम ले निभाईन~स्टेज मै दन्क्यो आगो

ज्योती ले जलाईन निलम ले निभाईन~स्टेज मै दन्क्यो आगो


विराटनगरमा पहिलो पटक साँस्कृतिक कार्यक्रममा सहभागी हुन आईपुगेकी हट एण्ड सेक्सी उपनाम कमाएकी गायिका ज्योती मगरलाई विराटनगरका आफ्ना फ्यानहरुले आई लव यु ज्योती भनेर स्टेज मा निकै आत्मीयता पुर्वक स्वागत गरे, नृत्यांगना निलम को नाच र ज्योती को गीत सहितको प्रस्तुती हेर्न विराटनगरमा दर्शक हरुको ओईरो लागेको थियो ।

नयाँ वर्षको अवसर पारेर पूर्वाञ्चल आइटिएफ तेक्वान्दो एसोसिएसन विराटनगरले मंगलबार सांझ गायिका तथा मोडल ज्योती मगर र नृत्यांगना निलमको प्रस्तुती  हेर्न विराटनगर ५ मा रहेको एशिया टिक होटेलको हलमा चाँजोपाजो मिलाएको थियो, ज्योती को पहिलो विराटनगर कार्यक्रम र निलम को स्थानिय कार्यक्रम हेर्न होटलको हल भरीभराउ थियो ।

            पछिल्लो समयमा निकै आकर्षक तथा   
           कलात्मक रुपमा आधा वक्षस्थल देखिने 
           गरी ग्ल्यामरस  नृत्य   प्रस्तुत   गरी चर्चा 
           कमाएकी ज्योती मगरले विराटनगरमा 
           पनि  कार्यलाई  निरन्तरता दिईन् 

मोडल तथा नायक जतिन ताम्राकारले उदघोषण गर्दै स्टेजमा दर्शकलाई – भने आज तपाईहरु के का लागी आउनुभएको ? अनि दर्शकको तर्फ बाट हुटिङ्ग आयो ज्योती मगर  । जतिनले रमाईला कुरा गरेर दर्शकलाई शान्त बनाए । नभन्दै ज्योती मगर रातको समय अनि रातो पहिरानमा आएपछी दर्शकलाई के नै पो चाहियो र हल पुरै हुटिङ ले गुन्जायमान भयो अनि हातको औलाले सिटी बजाउदै दर्शक हरु ज्योती को गीत मा नाच्न थालिहाले ।

पछिल्लो समयमा निकै आकर्षक तथा कलात्मक रुपमा आधा वक्षस्थल देखिने गरी ग्ल्यामरस नृत्य प्रस्तुत गरी चर्चा कमाएकी मगरले विराटनगरमा पनि कार्यलाई निरन्तरता दिईन् । ज्योती ले जे लगाउछीन त्यही फेशन ट्रेण्ड बन्छ भन्ने कुरा प्रमाणीत गर्दै रातो वान पिस लगाएर स्टेज चढेकी ज्योती लाई हलमा गुन्जीएको डिजे साउण्ड तथा डिजे लाईटले गर्दा अरु आर्कषक देखाएको थियो ।

तल पनि पिरलो माथी पनि पिरलो चोरी खान पल्केको यो ढाडे विरालो भन्ने गीतबाट सुरु गरेकी ज्योतीले करीब सुरुमा एक घन्टा विराटनगरका दर्शकलाई नचाईन् ।गीत प्रस्तुत गर्नासाथ दर्शकको तर्फबाट आई लव यु ज्योती भन्नेहरु प्रशस्त दखिन्थे । ज्योतीले पनि बेला बेलामा आई लव यु भनेर जवाफ दिईरहेकी थिईन।जव ज्योती को प्रस्तुती सकियो त्यसपछी मार्सल आर्ट सम्वन्धी कुनै स्टन्ट प्रस्तुत गर्ने क्रम मा स्टेज मा अचानक आगो लाग्यो र वातावरण तनाव पुर्ण भयो, पुर्वान्चल तेक्वान्दो एसोसीएसन ले सुरक्षा व्यवस्था मा गम्भीरता पुर्वक ध्यान दिएकाले आगलागी तुरुन्तै नियन्त्रण मा आयो र ठुलो क्षति हुन पाएन। 

चर्चा गर्ने हरुले ज्योती मगरको हट प्रस्तुती ले आगो सल्क्यो भनेर चर्चा पनि गरे तर त्यो प्राविधीक गडवडी थियो, आगलागी नियन्त्रण मा आउने वित्तीकै आयोजक ले कार्यक्रम सुचारु भएको जानकारी गराए त्यसपछी को प्रस्तुती नृत्यांगना निलम को थियो, निलम ले बनमा फुल्यो फुलै फुल र रेली खोला बगर गरी दुई गीतमा प्रस्तुती दिएकी थिईन, निलम का फ्यान ले स्टेज मै चढेर पैसा घुमाउन खोज्दा भने उनको नृत्यमा डिस्टर्व भएको देख्न सकिन्थ्यो,आगलागी ले विथोल्न खोजेको कार्यक्रम लाई निलमको प्रस्तुतीले सम्हालेको थियो। सोही कार्यक्रम मा आयोजक का तर्फ बाट नृत्यांगना निलम ढुंगाना सम्मानित समेत भएकी थिईन।

विच विचमा अन्य स्थानिय कलाकार पारस थापा, सुमित खड्का, प्रजिता दङ्गाल लगायतले पनि आफ्नो प्रस्तुति दिएका थिए ।कार्यक्रम साँझ आठ बजे सुरु भई राती १२ बजे सम्म चलेको थियो र नयाँ वर्षको स्वगत गर्दै कार्यक्रम समापन भएको थियो ।

"जमर्को"

कोई टिप्पणी नहीं