अपडेट

प्रियंका लाई लक्ष्मण गौतमको वेलायत बाट सुझाव

     ~नेपाली युवा हरु यो संसार को जतिसुकै विकसीत देशमा पुगेपनि या विश्वविद्यालय को जतिसुकै ठुलो डिग्री लिएपनि अथवा सफलताको जुनसुकै उचाईमा पुगेपनि तिनिहरुले महिला लाई हेर्ने दृष्टीकोण मा परिवर्तन गर्दैनन, यौटा युवा बुटवल बाट बेलायत पुग्छ तर उसको सोच को धरातल पाषाणयुगीन नै हुन्छ,तुच्छ नै हुन्छ ! हामी सबैलाई थाह छ प्रियंका कार्की को बैवाहीक जिवन असफल भएको थियो, त्यो दुखद विषय लाई एकजना पढेलेखेका युवा ले 'पोई साट्ने' उपमा दिए। प्रार्थना गरौं त्यसरी तुच्छ मुल्यांकन गर्नेको जिवनमा स्वास्नी साट्ने परिस्थीती सृजना नहोस, यहा पढौं त्यस्तै तुच्छ मानसिकता बोकेको दरिद्र प्रकृती को यौटा फेसबुक स्टाटस प्रियंका कार्कीको लागी बेलायत वासी युवा लक्ष्मण गौतमको।


प्रियंका कार्कीलाई मेरो सुझाव :- 

नेपाली सिने जगत कि सर्वाधिक लोकप्रिय नायिका प्रियंका कार्की ले आफ्नो फेशबुक स्टाटस मार्फत आफुले सामाजिक संजालमा फोटो पोष्ट गर्दा धेरैले रन्डी वा बेश्या भनेको प्रति गहिरो दुख र आक्रोश ब्यक्त गरिछन ! उनि थप लेख्छिन - मम्मी ले पनि कमेन्टहरु पढेर मलाई फोन गर्दै नराम्रो कमेन्ट आएको छ छिटो डिलिट गर्न भन्नु हुन्छ , के नराम्रो कमेन्ट लेख्नेका दिदीबैनी छैनन ? 

नायीका कार्की लाई मेरो प्रतिप्रश्न :- 
अर्धनग्न फोटो खिचेर पैसा कमाउदा मम्मीले किन यस्तो फोटो खिचेको भनेर फोन गर्नु हुन्छ कि नाई प्रियंका जी ? नेपाली चलचित्र क्षेत्रमा थुप्रै नायिकाहरु पनि छन जो आफ्नो मर्यादा भित्र रहेर काम गर्छन अनि नाम र ईज्जत पनि संगै कमाउछन , उदाहरणका लागि - गौरी मल्ल , निरुता सिंह थुप्रै थुप्रै । मान्छेले आफ्नो काम अनुसारको नाम पाउने हो । ज्योती मगर वा अर्चना पनेरुको काम हेरेर उनीहरु लाई सम्मान का साथ फुलको गुच्छा ट्क्राउन सकिन्न तेसैले राम्रो काम गर्नुहोस , अभिनय लुगा खोलेर होईन छोप्न पर्ने ठाउ छोपेर पनि गर्न सकिन्छ । यस्तो अर्धनग्न तस्विर तपाईका आमाबाउ , दाजुभाइ , दिदीबैनी वा साथीहरु अनि दर्शकहरुले हेर्दा तपाई प्रति कस्तो धारणा राख्लान त्यो मैले भनी रहनु पर्दैन ! 

कार्की जी , नेपाली चलचित्र क्षेत्रमा पैसा लगानी गरे हिरो अनि लुगा खोले हिरोईन हुने जुन परम्परा छ यसले नेपाली चलचित्र क्षेत्र कदापी माथि जादैन ! हामिलाई चाहिने अभिनय हो , नांगो ज्यान हेर्न मन लागे पोर्न फिल्म हेरिन्छ ! नेपाली चलचित्र क्षेत्रलाई मार्यादित , सम्मानित र बिकसित बनाउने काम कलाकारको हो , हाम्रो होईन ! हामी त जे देखायो तेही हेरिन्छ र जस्तो हेरियो उस्तै कमेन्ट ठोकिन्छ ! 

कार्की जी , अंग प्रदर्शन गर्नै हुदैन भन्ने मेरो मनसाय होईन तर गरे पछी त्यसको नियती भोग्न सक्ने हैसियत पनि राख्नु पर्छ ! 
अभिनय रगतमा हुन्छ छालामा होईन । 

अन्त्यमा , तपाईले आफ्नो पोई किन छाड्नु भो वा कति वटा केटा फेर्नु भो त्यो तपाईको व्यक्तिगत कुरा हो , यसमा मलाई वा हामी कसैलाई पनि कुनै प्रकारको आपत्ति छैन र हुनु हुदैन ! समाजलाई असर नपर्ने गरि आफुले चाहेको जीवन बाच्ने स्वतन्त्रता सबैलाई छ र हुनु पर्छ ! 

जय नेपाल 
लक्ष्मण गौतम 
बुटवल मणिग्राम



कोई टिप्पणी नहीं