अपडेट

मनिषा आत्महत्या~कतै दोष हाम्रै त छैन?



       समाज र घर परिवारले दिएको 
   स्वतन्त्रताको उपभोग बच्चा हरुले कसरी 
       गरिरहेछन कतै त्यो स्वतन्त्रताको 
   दुरुपयोग त गरेका छैनन भनेर बेलैमा ख्याल 
              गर्ने समय आईसक्यो 

सधैं बलात्कार अनी हत्याका समाचार पढ्दा पढ्दा मन नै छिया छिया भईरहेको छ । हरेक आमाले राम्रो सन्तानको लागी भगवान संग प्रार्थना गर्छन तर अचेल भगवानले आमा हरुको प्रार्थना सुन्दैनन जस्तो लागीरहेछ। त्यही भएर त होला वलात्कारी कुपुत्र हरु जन्मन्छन संसारमा । नौ महिना गर्भमा राखेर यौटी आमाले यौटा वलात्कारी र हत्यारा जन्माउन पर्ने के सजाय दिएका हुन भगवानले आमा हरुलाई। 
॰॰॰॰॰
वलात्कारी लाई मृत्युदण्डको सजायको प्रसंग उठ्छ अव केही दिन । कोही वलात्कारीको अंग काट्नुपर्छ भनेर आवाज उठाउछन । केही दिन यो हत्याको समाचारले राष्ट्रीय रुपमा चर्चा पाउछ र अन्तत: सेलाएर जान्छ जसरी पहिला पहिलाका चर्चा हरु सेलाएर गए । राष्ट्रपती देखी सभामुख र प्रधान न्यायधिस सम्म महिला भएको कारण महिला हरुको समुल उत्थान भैसक्यो भनेर चर्चा गर्ने वुद्दिजीवी हरुले मनिषा घर्ति जस्ता निर्दोष युवती हरुको वलात्कार र हत्या नियन्त्र र अपराधी लाई सजाय दिनको लागी कडा भन्दा कडा कानुन बनाउन पर्छ की पर्दैन ? 
॰॰॰॰॰॰
हुन त सोचाईको फरक पाटो पनि हुन्छ । फरक दृष्टीकोण बाट मनिषा हत्या लाई नियाल्दा ~ आमा या कोहीपनि अभिवावक घरमा नहुनु । परिचीत र घनिष्ठनै भएपनि गलत नियत भएको मान्छे रातको समयमा घरमा आउनु । मदिरा जन्य पदार्थ सेवन हुनु । सामाजीक संजालमा गरिएका टिप्पणी मात्र या मोवाईलको सिम जस्तो साधारण भन्दा साधारण कुरामा मनमुटाव हुदै कुटाकुट सम्म हुनु। कुटाकुट पश्चात एकजना भित्र र एकजना वाहिर सुत्नु र बाहीर सुतेको साथी निदाईसकेपछी भित्र सुतेको साथीले झुण्डीएर आत्महत्या गर्नु । अचम्म लाग्दो सनसनीखेज भारतीय टिभी सिरीयल जस्तो नाटकीय लाग्छ घटना । तर नहुनु थियो भैसक्यो । अव हामीले ठ्याक्कै कुन चैं कुरालाई समातेर पश्चाताप या विरोध गरौं बुझ्न नसकेको कुरो यहा नेर छ । 
॰॰॰॰॰॰
हाम्रो समाजको अवस्था कस्तो छ भने पक्ष या विपक्ष अनी गल्ती या भैपरी लाई विश्लेषण गर्न तिर लाग्दैनौं। मृत्यु पश्चात मृतकका लाखौं गल्ती लाई माफ गर्छौं नराम्रा पक्षलाई केलाउदैनौं। आज मनीषाको हत्या हुनुमा भएका घर परिवार या मनीषाका कमजोरीको बारेमा बोल्नेहो भने उनलाई चरित्रहिन भनेको ठहर्न सक्छ। तर त्यस्तो अर्थ कतै नलागोस । 
॰॰॰॰॰॰
राष्ट्रीय ब्यक्तित्व विमल घर्तीको सहोदर वहिनी भएको कारण पोष्टमार्टम समेत विशेषज्ञ बाट हुन सक्यो कोही सर्वसाधारण हुन्थ्यो भने जिल्ला अस्पतालमै चिरफार भैसक्थ्यो।यदि यो घटना हत्या रहेछ भने त हत्यारालाई हदै सम्मको कारवाही होला आत्महत्या रहेछ भने आत्महत्या गर्नुपर्ने कारण खोतल्दा हाम्रा कमजोरी हरु भेटीन्छन की भेटीदैनन भनेर गम्भीर पाराले सोच्नुपर्ने छ । 
॰॰॰॰॰॰
हुन त फरक कोण बाट सोच्न पनि डर मान्नुपर्ने अवस्था छ कीनकी अवस्था कस्तो हुने रैछ भने एकपटक एसीड आक्रमण काण्डमा आक्रमणकारी केटाको मनोविज्ञानमा आधारीत पोष्ट लेखेको संसारभर बाट म माथी ब्यक्तीगत आक्रमण हरु भए जापान बाट एकजना पत्रकार ले त योजनावद्द कार्यक्रम नै चलाए । सम्पुर्ण नेपालीको सहानुभुती पिडीत परिवार र मनिषा घर्ती प्रती छ र रहनुपर्छ किनकी कुनै पनि गल्ती या कमजोरी सच्याउनको लागी या आफ्नो ग्लानी या आवेग नियन्त्रणको लागी आत्महत्या गर्न हुदैन । हत्या या आत्महत्या जे भएपनि गम्भीर भवितब्य किन हुन गयो त ? यस घटनाका कारक तत्व हरु प्रति समाजले आँखा चिम्लन मिल्दैन ।
॰॰॰॰॰॰
कर्तब्य गरी ज्यान मारेको हो भने त्यो भन्दा ठुलो अपराध अरु केही हुन सक्तैन। आत्महत्या गर्न उक्साएको या बाध्य पारिएको हो भने त्यो भन्दा ठुलो विस्वासघात अरु हुन सक्तैन ।कतै परिघटनामा निहीत कारक तत्व हरुमा हाम्रै आनीबानी रहनसहन र बानी ब्यहोरा पनि दोषी छ की ! गम्भीर भएर सोच्नुपर्ने वेला भएको छ । 
॰॰॰॰॰॰॰
पोखरामा नेहा हत्याकाण्ड,काठमाडौ को सामुहीक सहवासको आग्रह अस्विकार गरेपछी युवतीलाई झ्याल बाट खसालिएर गरिएको हत्या र अहिलेको मनिषा हत्याकाण्ड या आत्महत्या जे भएपनि यी सबैको कारक तत्व भनेको प्रेम,यौन,मदिरा र अहंकार नै हुन भनेर ठम्याउन गाह्रो छैन । 
॰॰॰॰॰॰
भर्खरै रातो पाटी अनलाईनले आशीष चौधरी झुट नबोलेको 'पोलीग्राफ टेष्ट' सम्वन्धी समाचार छाप्यो, दुखद कुरा के हो भने यदि आशीष चौधरीले साँचो बोलेको छ र मनिषा घर्तिको हत्या नभएर आत्महत्या नै भएको अवस्था हो भने यो आत्महत्याको कारक तत्व के त? दोषी निर्क्योल गर्न सकीएन भने दोषको भागवण्डा गर्नुपर्दा आषीष चौधरी एक्लै दोषी हुन्छ की हाम्रो समाज,हाम्रो सामाजीक सोच, हाम्रो बदलिदो पारिवारीक परिवेश सबै दोषी हुनुपर्ने अवस्था आउन सक्छ । 
॰॰॰॰॰॰
हुनत अहिले सम्म पनि हत्यारा लाई फाँसीको सजाय या दोषी लाई हदैसम्मको कारवाही को माग गर्दै दवाव मुलक कार्यक्रम हरु संचालन भईरहेछन तर हामीले सोच्नुपर्ने कुरा के पनि हो भने ~ समाज र घर परिवारले दिएको स्वतन्त्रताको उपभोग बच्चा हरुले कसरी गरिरहेछन कतै त्यो स्वतन्त्रताको दुरुपयोग त गरेका छैनन भनेर बेलैमा ख्याल गर्ने समय आईसक्यो नत्र समाज पुरै रनभुल्लमा पर्दै यस्ता अपराधीक घटना लगातार किन घटिरहेछन ! कस्तो विकृत मनोविचार भएका संतान जन्माएर हुर्काईरहेछौं हामी हरु ! जसले आफ्नो सिमीत स्वार्थपुर्ती को लागी अरुको जिन्दगी वर्वाद गर्छ भन्ने कुरा बुझ्न धेरै ढिलो हुनेछ र धेरै निर्दोश आमा हरुले भन्नुपर्नेछ "हे भगवान बरु मेरो कोख बाँझो राखीदेउ तर मेरो कोख बाट वलात्कारी नजन्माईदेउ ।"
~दुर्गा पंगेनी ।

कोई टिप्पणी नहीं