उस्तै फेसन तर फरक फरक प्रतिकृया~चोपडा लाई ताली र कार्की लाई गाली किन
दुर्गा पंगेनी~काठमाडौ।
माथी तश्विर मा भएका दुबै नायीका आफ्नो देशका अब्बल कलाकार हुन, यौटी हाम्रो देशकी चर्चित नायीका प्रियंका कार्की र अर्की छिमेकी देश भारत कि चर्चित नायीका प्रियंका चोपडा। दुबैको फेशनको शैली उस्तै छ,अभीनय मा दुबै अब्बल छन,सामाजीक संजाल मा फ्यान फलोईड• पनि प्रयोगकर्ताको अनुपात हेर्दा उस्तै छ, भारतमा अर्वौं जनसंख्या भएको कारण चोपडाका दुई करोड को हाराहारी फेरबुक फ्यान फलोईड• छ जव की तिन करोड मात्र जनसंख्या भएको हाम्रो सानो फिल्म बजार भएर पनि प्रियंका कार्कीका विस लाख हाराहारी फ्यान फलोईड• देख्न सकिन्छ। यद्यपी हामी प्रियंका कार्की को फेसबुक पेज लाईक नगरेका कतिपय फ्यान हरुले प्रियंका चोपडाको फेसबुक चाही खोजी खोजी लाईक गरेका हुन्छौं, यो हिसावले चोपडाका नेपालमा पनि लाखौं फ्यान छन पक्कै, विविध कारणले नेपाली सिनेमा उद्योगको भारतिय बजारमा उपस्थीती नरहेको कारण भारतिय समाज बाट प्रियंका कार्कीका फलोअर हरु अपेक्षाकृत नहोलान नै।
हामीले यहा चर्चा गर्न खोजेको विषय के हो भने कलाकारले गर्ने फेशन र कलाकारका फ्यानको अपेक्षाको बारेमा हो, माथीको तस्विरमा रहेका दुबै नायीकाको फेसन उस्तै छ, उस्तै किसीमका कार्यक्रम हरुमा प्रयोग गरिएको ती फेशनको बारेमा भिन्न भिन्न बजारबाट र समाज का भिन्न तप्का बाट आएका प्रतिकृया हरु सुन्दा कस्तो लाग्छ भने, भारतमा कलाकारले अपनाएको फेशनले पुरै फेशन बजार र समाज लाई प्रभावित वनाउछ, आज प्रियंका चोपडाले लगाएको गाउन भोली बजारमा अरु सर्वसाधारणले प्रयोग गर्छन, ठ्याक्कै त्यही नभएपनि त्यसै संग मिल्दोजुल्दो फेसनको सुरुवात हुनजान्छ र त्यो डिजाईनले नेपालको फेशन बजार समेत प्रभावित बनाउछ।
प्रियंका चोपडाले लगाएको डिजाईन हामी सजीलो संग पचाउछौं, तर प्रियंका कार्कीले त्यही डिजाईन प्रयोग गरेमा हामी पचाउदैनौं यो यौटा अचम्म को विषय बन्दै गैरहेको छ, फेशन फ्यान हरुको अपेक्षा अनुसार गर्नुपर्ने हो कलाकारले की कलाकारले गरेको राम्रो फेशन फ्यान हरुले पच्छ्याउनेहो नेपालमा बुझ्नै सकीदैन। त्यस्तै लुगा लगाएको प्रियंका चोपडाको समाचार नेपाली पत्रीकामा छापिदा लाखौं लाईक र हजारौं को संख्यामा कमेन्ट हरु आउछन, सबै नेपाली हरुलेनै गरेका हुन्छन, कसैले गाली गरेर प्रियंका चोपडाको लागी अपशव्द प्रयोग गर्दैनन तर जव त्यही प्रकृतीको फेशन प्रयोग गरेकी नेपाली नायीकाको समाचार आउछ अनी नेपाली फ्यान हरु सिनो मा गीद्द खनिएझैं खनिन्छन र गाली अनी अपशब्द वर्षाउछन।
त्यो हिसावले मात्र मुल्यांकन नगरौं, हाम्रो पत्रकारीता को प्रकृती पनि आलोचनात्मक नै छ, वाराक ओबामाको पार्टीमा देखीएकी प्रियंका चोपडाको लागी जस्तो सकारात्मक सोच झल्कने हेडलाईन पत्रकारले प्रयोग गर्छन नेपाली नायीकाले हंकड•को कार्यक्रममा उपस्थीत हुदा अपनाएको फेशनको बारेमा त्यत्तीकै नकारात्मक समाचार संप्रेषण गर्छन, आखीर भारतिय प्रियंका लाई ताली र नेपाली प्रियंका लाई गाली कीन?
~दुर्गा पंगेनी~
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें