अपडेट

मित्रनगरमा फक्रीएकी सयपत्री

शनिवारको दिन कार्यालयहरु बन्द थिए । बैंक स्ट्रीटको दाँया पट्टीको दोश्रो विल्डिङमा माझीतला मुन्तीरको सिसा धुन ब्यस्त देखीन्थे आधा दर्जन मजदुरहरु । कसैले साबुनपानी दल्दै थिए त कसैले सिसा टल्काउदै थिए । आठ लेनको फराकीलो स्ट्रीटमा गाडीहरु यसरी वेतोडले हुँईकिदै थिए कि मानौं पछाडी बाट कुनै प्रलयले तिनीहरुलाई लखेटीरहेछ । म मनमनै गम खान्छु कहाँ पुग्नको हतारो हो कुन्नी विजुलीको रफ्तारमा दौडीरहेछन सबैजना ।
॰॰॰॰॰॰
स्ट्रीटको दायाँतर्फ सुन्दर पार्क छ । भुईमा कालिन सरी विच्छ्याईएको कलकलाउदो दुवो । केही पिपलका रुख अनी केही वयरका बोटहरु..। हो यत्ती हो त्यो पार्कको विशेषता तर पनि बाह्रैमास थकाई मार्नेहरुको ताँती हुन्छ पार्कमा । कोही भेटघाटको लागी आउछन । कोही किनमेलका लागी आएकाहरु यतै रमाउछन । कोही भने म जस्तै खास उद्देश्य विहीनहरु सुस्ताईरहेको देख्न सकिन्छ ।
॰॰॰॰॰॰
एउटा कथा लेख्ने रहरले सोचमग्न भईरहेको छु म हिजो देखी । तर मनले सोचेजस्तो कथाको शिर्षकनै फुरेको छैन अहिलेसम्म । कठै कथा कसरी लेखी सिध्याउला मैले..! आफ्नै कोषिश प्रति दया लागेर आयो । एकैछीनमा कथा लेख्ने विचार त्यागें र पार्कमा काम गर्दै गरेका मजदुरहरु लाई हेर्न थालें । कोही दुवो छोट्याउदै छन । कोही रंगीचंगी फुलमा लागेको सिंचाईको पाईप मर्मत गर्दैछन र कोही भने तिनीहरुलाई अह्राउदैछन । आ-आफ्नो दैनिकी र जिम्मेवारीमा रमाईरहेको छ संसार । कर्ममा खुसी खोज्ने पौरखीहरुको शहर हो यो । मैले किन समय बर्वाद गरिरहेछु पार्कमा बसेर..। अचानक अर्को सोच मनमा पलायो । लाग्छ मेरो मन विचलित भईरहेछ । हिजो देखी कुनै कुरामा पनि स्थिर हुन सकिरहेको छैन म।
॰॰॰॰॰॰
मेरो अफीसको आडैमा छ यो पार्क । त्यसैले अफीसमा बस्न मन नलाग्दा सुस्ताउने र मेरो बहाना थन्क्याउने थलो बनेको छ यो पार्क । यहाँ बाहेक म जाने र दुख विर्षने मेरो अर्को विकल्प पनि छैन ।म डुविरहें केही पुराना र केही नयाँ अनुभुतीहरुमा । केही त्याग र कतिपय धोका पुर्ण कपटका अद्भुत अनुभवहरुमा । यसरी कुरैकुरामा मग्न भईरहेको बेलामा बाटो हिड्नेहरुतिर खासै ध्यान जादैन । त्यसमाथी यो उखरमाउलो गर्मी..उफ..!
॰॰॰॰॰॰
म एकोहोरो हेर्दै थिएँ । त्यत्तीकैमा मेरो एकोहोरोपन चिर्दै दायाँ तिरबाट कक सुजको आवाज आईरह्यो टक टक टक । गमबुटको ड्याम ड्याम आवाजमा अभ्यस्त मेरा कानहरुले ककसुजको आवाज सुन्दा चनाखो हुनु स्वाभाविकै थियो । त्यसमाथी त्यो ध्वनी आफैतिर नजिकीदै गैरहेको आभाषले मलाई फर्केर हेर्ने बनायो।
॰॰॰॰॰॰
सुरुमा त म झुक्कीएँकी भनेर आफैलाई चिमोटें । चिने चिने जस्ती युवती आफुतिरै आईरहेकी थिई । उ मलाई नहेरी सरासर अगाडी बढीरहेकी छ । चिन्न त मैले चिनें जस्तो लाग्यो तर ठम्याउन अझै सकीन । कतै भिडीयोमा पो देखें की..! मलाई शंका लाग्यो । पातली केटीको टिमीक्क मिलेको जिउडालमा टिपीक्क मिलेको कालो वानपिस । घुँडा सम्म झरेको वान पिस मुनी सेता सुडौल पिंडुला । आकर्षक खुट्टामा कालै कक सुज लगाएकी । रातो ब्याग छड्के पारेर भिर्दा ब्यागको फित्ताले छाती विचको कपडालाई भित्र दवाएर वक्षस्थल लाई अझै उन्नत बनाएको र आखामा कालै चस्मा लगाएकी । ओठमा हल्का लिपिष्टिक लगाएकी, कानमा सेतो एयरफोन ठुसेर आफ्नै पारामा ठमक ठमक मै तिर आईरहेकी युवती जति नजिक आउदै गई मैले ठम्याउदै गएँ..। नजिक आएपछी मलाई देख्छे र चिन्छे केटीले भन्ने मेरो सोच तातो हाबा संगै त्यती वेला उड्यो जव लमक लमक गर्दै ऊ मलाई देब्रे पारेर अगाडी बढी । मेरो मुखबाट अनायासै फुत्क्यो.. सयपत्री...!!
॰॰॰॰॰॰
सयपत्रीको कथा लामो छ । नयाँ वसपार्कको पछाडी ह्वास्स गन्हाउने गल्ली । म पछील्लो गेटबाट निस्केर रोधी डिजीटल तिर जादै थिएँ । मित्रनगरको त्यो गल्ली सायद काठमाडौकै सबैभन्दा बदनाम गल्ली होला । दोहोरो रंगीचंगी लाईटले चकाचौंध रेष्टुरेण्टमा उत्पातै उत्ताउलो मेकअप गरेका युवतीहरुले खुलेआम अश्लिल पाराले ग्राहक आकर्षीत गर्ने ब्यवसाय फस्टाएको उक्त गल्लीलाई खुल्ला रेडलाईट एरीया भनेपनि हुने हो । तर क्याविन रेष्टुरेण्ट भन्छन सभ्य भाषामा ।
॰॰॰॰॰॰
पछी अन्तै भेट भएपनि सर्वप्रथम सयपत्री लाई मैले त्यही गल्लीको कुनै यौटा रेष्टुरेण्टमा ग्राहक बोलाउदै गर्दा देखेको थिएँ । दैनिक त्यो बाटो हिड्नुपर्ने मलाई कुनै कुनै अनुहार परिचीत लाग्न थालेका थिए । तिनै मध्ये एक यही केटी थिई ।
॰॰॰॰॰॰
उसको नाम सयपत्री कसरी रह्यो मलाई थाह भएन । एकदिन म फर्कदै थिएँ, अगाडीको फोन पसलको पेटीमा उ फालिएकी थिई फलत्त टाँङ फट्याएर । त्यत्तीकैमा पारीको रेष्टुरेण्टबाट यौटी उस्तै युवतीले चिच्याई- "ओई सयपत्री तेरो गेष्ट आको छ, आईज रे । साहुजीले बोलाउनुभाछ...।" केटी जुरुक्क उठी र कट्टुमा लागेको धुलो टक्टक्याई । मटक मटक मट्कदै होटल भित्र छिरी । त्यसका साथीहरु उसलाई सयपत्री भनेर बोलाउदारहेछन । कारण के हो थाह भएन । हेर्दा उ सयपत्री फुल जस्तै थिई सायद त्यसैले होला । उसको बास्तविक नाम सोध्न कहिल्यै उ संग बोल्ने मौका पनि मिलेन र जाँगर पनि चलेन मलाई । उसलाई अरु कसैले अर्को नामले बोलाएको पनि सुनिन मैले ।
॰॰॰॰॰॰
प्राय होटलको पेटीमा या फोन पसलको अगाडी यौटै तरिकाले ज्यान फालेर विन्दाश पाराले बस्दिने सयपत्रीको अनुहार नविर्षने गरी छाप परेको थियो मेरो मनमा उसको नाम जस्तै।
॰॰॰॰॰॰
त्यसको केही महिना पछी अचानक उसलाई मैले अर्कै रुपरंगमा देखें । सायद भृकुटी मन्डप भित्र हुनुपर्छ । साईडमा चर्को आवाजमा लोक दोहोरी गीत बजिरहेको थियो । लाईट क्यामरा र निर्देशकको वान टु थ्रि फोर अनी एक्सन कट चलिरहेको । पार्क भित्रको पोखरीको रेलिङ समाउदै सयपत्रीले अभिनय गरिरहेकी थिई । ब्यवसायीक मेकअप आर्टिष्टले सिंगार्दा उ धपक्कै बलेकी थिई। त्यसमाथी रिफ्ल्याक्टरको किरण उसको अनुहारमा पर्दा हिरोनी झैं देखीएकी थिई उ । अर्को टेक लिने बेला सम्मको लागी निर्देशकले लोकेशन फेर्दैथिए । पुरुष मोडललाई के के कुरा सिकाउदै गर्दा सयपत्री सुस्ताईरहेकी थिई ।
॰॰॰॰॰॰
त्यसले मलाई देखी अचानक । म उ भएको ठाउमैं पुगें र सोधें । आच्या नानी तिमी त मोडल पो भईछौ । कहिले देखी हो म्युजीक भिडीयोमा तिमी? मेरो प्रश्नले केटी अकमकाई । अनी पुलुक्क मलाई हेरेर भनी । यो भिडीयो बनाउनी पैसा मैलेनै हालेको नी दाजु..! मलाई थाह भयो फुच्ची मुर्गा वनिसकीछे । रेष्टुरेण्टमा अथक मेहनत(?) गरेर कमाएको उसको पैसा म्युजीक भिडीयोले झ्वाम पार्नेभो । म पछुतो मान्दै थिएँ । अचानक उसको उत्साहीत आवाज आयो । एकपटक टिभीमा म आएँ भने यस्तो पैसा त धेरै कमाईन्छ भन्नुभाछ दाईहरुले । पहिलो पटक मात्र हो रे आफै लगानी गर्नपर्ने..। सयपत्री निश्चिन्त देखीई, मैले केही कुरा थप्न आवस्यक ठानिन, म चुप लागें।
॰॰॰॰॰॰
त्यसपछी आजसम्म उसलाई लाई मैले कतै देखेको थिईन । उसको गीत टिभीमा बज्यो या बजेन त्यो पनि मलाई थाहा थिएन । तर आज यसरी सात समुद्र पारीको यो मरुभुमीमा एक्लै लमक लमक हिडीरहेकी सयपत्री देख्दा म आश्चर्यचकीत परें.. । केटीको दुबै कानमा एयरफोन ठुसीएको थियो । मैले बोलाएको उसले सुनीन । उता अलिक पर एउटा भाईले काम गर्दैथियो । नियमीत भेट भईरहने भाइलाई मैले ईशारा गरेर भनें 'त्यो केटीलाई यता हेर्न भन त..! त्यो भाइले केटीको अगाडी बाटो रोकेर म तिर देखायो । केटीले फन्क्क फर्केर हेरी र मुखा आँ पारेर ट्वाँ परी...। अनी अचानकै चिच्च्याई..आप्पुई... दाई तपाई यहाँ...!
॰॰॰॰॰॰
म दंग परें, मेरो जिन्दगीको दश वर्ष यही पार हुन लाग्यो फुच्ची । म त नेपालमा कहिलेकाही मात्र हुन्छु । तिमीले त्यहाँ मलाई जति देख्यौ त्यो म छुट्टी विताउन जाँदा देखेकी हौ । म यतै काम गर्छु भनेपछी केटी विश्वस्त भई । मैले उसलाई सोधें- नानी तिमी कताबाट आयौ यो ठाउमा? केटीले बडो सरल पारामा जवाफ दिई 'त्यो साँस्कृतीक कार्यक्रमको लागी आकोनी दाजु । पन्द्र दिन भैसक्यो..! केटी मोडल मात्र होईन हिट मोडल भैसकीछ । नेपाली सँस्कृतीको प्रतिनिधीत्व गरेर विदेशमा समेत सँस्कृती झल्काउन पुगिसकी भनेसी ठुलै कलाकार बनिसकीछ । मैले मन मनै गम खाएँ । नेपाली संस्कृती बदलिएर यो नानीको पुरानो ब्यवसाय जस्तो बनेको हो की यो सयपत्री वदलिएर साँच्चै कलाकार बनेकी होली..!मेरो प्रश्न मनमै दवाएँ मैले..।
॰॰॰॰॰॰
कुराको सिलसीला अगाडी बढ्यो । नानीलाई फुर्सद छ भने उता पछाडीको रेष्टुरेण्टमा बसेर गफ गरौं, यता साह्रै गर्मी छ । हातमा लिएको सानों पंखा अनुहार तिर फर्काएर फिरफिर पारीन नानीले । अती गर्मी छन्त है दाजु बरु चिसो ख्वाउनु न । आफ्नो मित्र नगरको पुरानो बानी र चेपारो सहित केटी तयार भई । पछाडी ठुलो पार्कीङ विल्डीङ छ । त्यही विल्डीङको भुईतलाको यौटा कोठामा मेरो अफीस छ । बाहिर पट्टी बम्बै चौपाट्टी भन्ने च्या पसल छ । बम्बै चौपाट्टी देखाउदै मैले सयपत्री लाई भनें, हेर त यो होटल मित्रनगरको जस्तै छ नी है ? केटीले पुलुक्क मलाई हेरी । उसको अतीत कोट्टीएकोले अनुहारको भंगीमा विग्रीयो । मैले बुझें केटीले अतीत संझन चाहान्न । त्यो यौटा बाध्यता थियो जुन यसले विर्षन चाहन्छे । त्यसैले मैले प्रसंग बदलें।
॰॰॰॰॰॰
नानी कतिजना कलाकार आएका छौ त यता? उसले दुई तिनजना गायीका र एकजना गायकको नाम लिई । त्यो कार्यक्रम त दुई हप्ता पहिला भएको थियो । म कार्यक्रममा जान त पाईन तर फर्कदै गरेका गायकले एयरपोर्टबाट फोन गरेर भेट्न नपाएकोमा थकथक मानिरहेका थिए । त्यही समुहमा आएकी रहिछ सयपत्री पनि । यतीका दिन के गरेर बस्यौ त नानी? मैले फेरी प्रश्न तेर्स्याएँ । त्यतीन्जेलमा वेटरले टेवलमा चिसो र समोसा चाट राखेर गैसकेको थियो । समोसा चाट संगै यो पटक भने नानीले खुलेर कुरा गारि । त्यो दुई हप्ता अगाडीको कार्यक्रम त सकियो दाजु । अर्को हप्ता पनि कार्यक्रम छ रे अर्कै संस्थाले गरेको । त्यो कार्यक्रममा पनि पर्फर्मेन्स दिनुपर्यो भनेर आयोजकले अनुरोध गरेको कारण रोकिएकी रहिछ सयपत्री....!
॰॰॰॰॰॰
अनी मैले सोधें, कहाँ को संग बसेकी छौ त तिमी ? होटल त कमसेकम पनि दैनीक दश हजार भाडा पर्छ । कहाँ राखेका छन त तिमिलाई आयोजकले ? केटीले पुलुक्क मलाई हेरी र मसक्क मस्केर भनी, ह्या.. होटलमा हैन के ...! उतै नेपालमै चिनजान भएको यौटा दादा होईसिन्छ । 'देव दा' । वहाकै फ्ल्याटमा राख्नु भएको छ अहिलेलाई । शुक्रबार बाहेक अरुदिन दा हरु दिउसो भरी अफीस गैसीन्छ । म खाली हुन्छु, त्यै भएर यसो घुम्न निस्केको मात्र । दा हरु आईसेपछी त फुर्सदै हुदैन नी !
॰॰॰॰॰॰
ए बरै नानीले साँस्कृतीक कार्यक्रमको मर्म राम्रै संग प्रष्ट्याई । मैले पनि सोध्न अफ्ट्यारो मानीन । भनेपछी कार्यक्रमको सो त दिनदिनै चल्नेरहेछ त नानी फ्ल्याट स्तरीय..! उसको अतीत पुरै थाह पाएको म । त्यसैले मैले गरेका प्रश्नहरु उसको लागी अनपेक्षीत थिएनन । र वास्तविकता थाहा पाएको मलाई जवाफ दिन उ हिचकीचाउन पनि छोडीसकेकी थिई ।
॰॰॰॰॰॰
हो..! किन फ्ल्याट स्तरीय मात्रै भन्नु ओच्छ्यान स्तरीय र सोफा स्तरीय पनि हुन्छन पर्फर्मेन्सहरु..! केटीले आफ्नो मर्म निकालेर मेरो अगाडी विस्कुन लगाई । सो अनुसारको कमाई पनि त हुँदो हो नी भन्दै मैले अर्को जिज्ञासा तेर्स्याएँ । अँ राम्रै हुन्छ दर्शक नेपाली भए दश देखी पन्ध्र हजार । ईन्डीयन या पाकीस्तानी भए पन्ध्र देखी बीस हजार र अरबी मुलको दर्शक पर्यो भने अली बढी नै...! ए कमाई राम्रो रहेछ, अनी त्यो त आयोजकको खर्च कटाएर होला नी । मैले अझै खोतलें.. ! खै होला, मैले त्यती पाउछु । आयोजकले समाजसेवाको लागी भनेर आयोजना गर्नुभएको साँस्कृतीक कार्यक्रममा नाफा त पक्कै राख्नुभएको होला नी...! केटीले खुईय सुस्केरा काढी ।
॰॰॰॰॰॰
रामेछाप तिरबाट काठमाडौ आएर नयाँ वसपार्कमा फुलेकीहो सयपत्री । मित्रनगरको चहलपहलमा फक्रेकी हो । उ जसरी संघर्ष गरेर कलाकार बन्न सफल भई त्यही सफलता संगै देश विदेश घुम्न पाउनु उसको अधिकार हो । उसलाई उसको लोकप्रियताले दिएको कुरा हो । उसको नाम फैलिएको छ स्वदेश र विदेशमा समेत । धेरै देशमा आयोजकहरु आफ्नो कार्यक्रममा उसको पर्फर्मेन्स राख्न तछाडमछाड गरिरहेछन । सयपत्रीको कार्यक्रमको रेट आकासिदो छ । उ जमीनमा कम जहाजमा बढी हुन्छे अचेल । बुटवल तिर बाट अरव आईपुगेको कमाउ अड्डामा काम गर्ने दादा पुतलीको दाई जस्तै हो र दादाको नजरमा सयपत्री 'कान्छु' हो..!
॰॰॰॰॰॰
रामेछाप र बटौली टाढा भएपनि मित्रनगरले यिनीहरुको भेट गराईदिएको हो । त्यही सहृदयी बनेका यिनीहरुको पहिलो भेट फेसबुक तिर भएको हुनपर्छ मैले अनुमान लगाएँ! कान्छुको म्युजीक भिडीयोमा लगानी गर्ने पनि यही 'दादा' रहेछ । बल्ल कुरोको चुरो फुत्काई सयपत्रीले । मैले कुरो बुझें, केटी टिभीमा देखीएको सत्य हो र चर्चा बढेको पनि सत्य हो तर सयपत्री फेरीएकी छैन । ठाउँ फेरीयो, रकम फेरीयो तर कान्छुको पेसा फेरीएन!
॰॰॰॰॰॰
दा हजुर पनि यसो आईस्योस न बरु..! मसक्क मस्कीदै दाहिने आँखा झीम्क्याई केटीले र मलाई साँस्कृतीक कार्यक्रमको लागी निम्तो दिई । समोसा सक्याएर पाईप घुसारेको चिसो तन्काउदै थिई उसले। मलाई समाज सेवा गर्ने उस्तो बानी छैन नानी भन्दै मैले सिधा जवाफ दिएँ। पुतलीले समाज सेवाको अर्थ त बुझी की बुझीन कुन्नी तर मैले बुझेको साँस्कृतीक कार्यक्रमको अर्थले म अहिले सम्म रन्थनिएको छु ।

~दुर्गा पंगेनी

1 टिप्पणी

agxb30y715 ने कहा…

The pressure of injection can be diversified to vary the hardness of the final product. There is a direct relationship between injection pressure and injection line pressure. These exact tooling operations complement our state-of-the-art injection Bathroom Space Heater molding capabilities. Rubber molding is a process of reworking uncured rubber or an elastomer right into a usable product by transferring, compressing, or injecting raw rubber materials right into a metallic mould cavity... Polyurethane molding is the method of fabricating or manufacturing plastic components by introducing a urethane polymer system right into a device or mould and allowing it to cure.