अपडेट

पेटीकोट नजराना




~ वि पी ले "जर्नेलको घोडा" कथा लेख्नुभो, त्यसपछी धेरै जर्नेल साप हरुका पुस्तक हरु प्रकासीत भए तर कतै पनि "आर्मी अफिसर्स श्रीमती संघ" को त्यती विधी चर्चा गरेको सुनिएको थिएन । यो त नामै काफी छ । त्यहा हवल्दारका श्रीमती आवद्द हुदैनन किनकी त्यो अफीरसका श्रीमती आवद्द हुने संस्था हो । त्यसमाथी आर्मीमा सिपाही अथवा हल्दार त "सेड्युल काष्ट" सरह को प्राणी हो । अछुत सरहको ब्यबहार गर्छन हाकीम हरु । यहा सम्मकी पिउने पानी र खानाको भान्छा समेत वेग्लै हुन्छ।
॰॰॰॰॰॰
त्यो संघ मा चिफ सापको श्रीमती "रानी हजुर" अध्यक्ष होईसीन्छ सधैं। चिफसाप फेरीएपछी रानी हजुर पनि परिवर्तन होईसिन्छ। या नी माओवादीको पालामा सरकारको समानान्तर सरकार या छाया मन्त्रीमण्डल भएझै "आर्मी अफीसर्स श्रीमती संघ" पनि सेनाको छाया संगठन हो। रासन पानी,शान्ती सेना छनोट र ठेक्का पट्टा मा सैनिक सचिवालयको भन्दा श्रीमती संघ को प्रभाव बढी हुन्छ भन्ने कुरा जानकार हरु वताउछन।
॰॰॰॰॰
शान्ति सेनामा छनोटमा पर्नुछ भने रानी साहीवा लाई 'नजराना' स्वरुप भेटी चढाउनुस तपाई शान्ति पिस मिसनमा छनोट हुने पक्का हुन्छ। त्यस्तो नजराना लाई 'पेटीकोट नजराना' भनिन्छ। कुनै गणमा या वाहिनीमा निर्माण को टेन्डर निस्क्यो भने कोटेसन पढ्न तिर नलाग्नुस दौडदै गएर रानी साहिवा लाई नजराना टक्र्याउनुस मोल तोल गर्नुस राम्रा र महंगा गीफ्ट हरु टक्र्याउनुस तपाई लाई टेन्डर पर्छ नत्र अरुले भन्दा सत्तरी प्रतिसत बढी मै कबोल गर्नुस तपाईको हातमा जर्नेल को जाईफल बाहेक केही लाग्दैन ।
॰॰॰॰॰॰
रासन को टेन्डर खुल्यो ल दौडनुस रानी साहिवाको मा। तपाई दुधको मात्र भर्ने की तरकारीको मात्र भर्ने की अथवा चामलको मात्र भर्ने सोचमा हुनुहुन्छ तर तपाईले चढाएको भेटी रानी साहिवा लाई मन पर्यो भने पुरै एकमुष्ट ठेक्का तपाईको हातमा आउन सक्छ । नत्र त उही हो तपाईको हातमा के पर्छ भन्न सकीन्न।
॰॰॰॰॰

कोई टिप्पणी नहीं