बद्री पंगेनीको प्रश्न प्रधानमन्त्री को जवाफ
पंगेनीले सो कार्यक्रममा उपस्थिति सञ्चारमन्त्री शेरधन राईलाई सम्वोधन गरेर अर्को सांगितिक प्रश्न राखेः
गायकले भोकोपेट कति गाउने हो ?
पत्रकारले १९ हजार कैले पाउने हो ?
॰॰॰॰॰॰
प्रधानमन्त्री ओली कुनै पनि कार्यक्रममा आफूलाई लक्ष्यित गर्दै सोधिएका सवालको जवाफ दिन छुटाउँदैनन् । उनले बद्री पंगेनीले गीतमा सोधेको प्रश्नका जवाफ आफ्नै शैलीमा यसरी दिए, ‘अब चाइनावाला तेल होइन, दुई वर्ष प्रतिक्षा गर्नु आफ्नै देशको तेल मोटरमा भर्न पाउनुहुनेछ ।’ भाषणको अधिकाँश समय बद्री पंगेनी लाई सम्बोधन गर्दै ' पंगेनी जी लाई के भन्न चाहन्छु भने' भन्ने शैली मा ओली ले जवाफ दिईरहे। सरकारले पेट्रोलियम पदार्थको उत्खनन सुरु गरिसकेको भन्दै उनले दुई वर्ष भित्र ब्यवसायीक उत्पादन सुरु गरिने दावी गरिने दावी गरे ।
सञ्चारमन्त्री राईलाई सोधिएको प्रश्नको आधि जवाफ पनि ओलीले दिन भ्याए । पत्रकारले १९ हजार कहिले पाउने हो ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘महिना मरेपछि ।’
मधेशका जायज माग पुरा गरौंभो भन्दै प्रधानमन्त्री लाई बद्री पंगेनीले अनुरोध पनि गरे त्यसको जवाफमा ओली भन्छन 'मैले त आउनुस बसेर छलफल गरौं भनेर वोलाएकै छु वहा हरु बाहीर घाम खाईरहनुभएको छ' । ओली ले यसो भनिरहदा हल पुरै हासोले गुन्जायमान भएको थियो।
त्यसो त बद्रीले आफ्नो प्रस्तुतिका क्रममा सरकारले लिएको राष्ट्रवादी अडानहरुको प्रशंसामा पनि गीत गाए । उनको गीतले भन्दै थियो, ‘पानीले पेट भरौंला, बरु भोकै मरौला, बसिँदैन छिमेकीको मुख ताकेर ।’
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें