अपडेट

ओली ज्यु ! म नहाँसेर के गर्ने ?



~म त श्रमजीवी हुँ । गफमा भन्दा कर्ममा विश्वास गर्छु। धेरै समय भयो नेपाली राजनिती मा लाजनितीका कुरा सुन्न थालेको । समाजवादी हरु धेरै ठुला कुरा गर्थे रे पहिला पहिला । अचेल समाजवादी हरुका कुराका थुम्का हरुलाई कम्युनिष्ट हरुका गफका पहाडले ओझेल पारेर हो अथवा काँग्रेस हरुले अनर्गल घोषणा नगरेर हो कुन्नी एमालेका नेता हरुका अगाडी काँग्रेसका नेता हरुको उचाई स्वाट्टै घटेजस्तो देखिईरहेको छ। साँच्चै अनर्गल घोषणाले नेता र राजनैतिक दलको उचाई दिर्घकालीन रुपमा बढाउछ की घटाउछ होला विचारणीय पक्ष पो रहेछ । अहिले अगाडी बाट हेर्दा प्रधानमन्त्री ओली र एमाले को उचाई ह्वात्तै बढेजस्तो देखीएपनि यो उचाई डुब्न लागेको घाम ले तन्काएको छाँया जस्तो लागीरहेछ मलाई ।
॰॰॰॰॰॰
~केही समय अगाडि सार्वजनिक भाषणमै केपी ओलीलाइ पागलको संज्ञा दिए कमरेड प्रचण्ड ले । केपी लाई उपाचारको जरुरत रहेको अभिव्यक्ती समेत दिए । आखीरकार उनै प्रचण्डको आडमा कुर्सी जोगाएका ओलीले देखेको हावाबाट विजुली भन्ने सपनालाई म साधारण मनुवा जो विजुलीको अभावमा दैनिक कार्य सम्पादन गर्न समेत पाएको छैन अव मैले 'ओली सपना' लाई हावा नभने के भन्ने?
॰॰॰॰॰॰
~बगेको पानीबाट बिजुली निकाल्न नसकेर किनेको ल्याएको बिजुली समेत चुहावट बाट हिनामिना भएको स्थितिमा हावाबाट बिजुली निकाल्छु भन्दा ओलीका आफ्नै कार्यकर्ता त कमेडी कार्यक्रममा झैं हलल हाँसे भने म किन नहाँसु? जति पैसा तिरेर भएपनि हाल्छु भन्दा आफ्नो भटभटेमा दुईलिटर पेट्रोल हाल्न नपाएको स्थितिमा तेलको कुवा नै निकाल्छु भन्दा म नहाँसेर के गर्ने?
॰॰॰॰॰॰
ग्यास उपलब्ध गराउन नसकेपछी हामी दाउरामा आत्मनिर्भर छौं दाउरा बालौं भन्दै टुक्का ठोक्दै हिंडेको वेलामा पाइपबाट घर घरमा ग्यास पुर्याउने सपना चुट्कीको भरमा मन्चमा चढेर फलाक्दा म नहाँसे के गर्ने?
॰॰॰॰॰॰
आफ्नै देशको लगानीका यातायातका साधनमा चढ्दा त तेल महङ्गो छ ब्ल्याकमा किनेर गाडी चलाएका गाडीका कर्मचारीले बाध्यता वस बढीभाडा उठाउदा लुरु लुरु पैदल हिड्न नसकेर दोब्बर पैसा तिर्न बाध्य भएको म आफ्नै पानि जहाज किन्छु भन्दै जगत हसाउँदा म किन नहास्ने.?
॰॰॰॰॰॰
छिमेकी संगको पारवहन सन्धीको कारण एक थोपा तेल तेश्रो मुलुक संग किन्ने औकात नभएको देशको लुते प्रधानम्न्त्रीले अनर्गल रुपमा आफ्नो ऐना नहेरी नेपालबाट थोरै पल्तिर पट्टि दौडिएको रेल यता तराउने सपना नदेखेर सगरमाथा छेडेर रेल ल्याउँछु भन्दै हिड्दा म किन नहास्ने? ॰॰॰॰॰॰ सपना देख्न मजाले पाइन्छ। हरेक ठुला कुराको सुरुवात सपनाबाटै हुन्छ। तर सपना कसरी देख्ने र आफ्नो पदिय मर्यादाको ख्याल गरेर देख्ने कि ? भन्ने मेरो चाहना हो। चिया पसलमा चिया खाँदै उल्फाङ गफ गरेर हाँसेर समय बिताएको जस्तो हैन प्रधानमन्त्री ले बोल्ने सार्वजनिक कार्यक्रम । त्यस्लाइ ख्याल गर्ने र मर्यादित बनाउने की भन्ने मेरो चाहना हो। भन्न त ओली समर्थकले नौ महिना नपुगी बच्चो पनि जन्मदैन भनेको नसुनेको हैन तर सात महिना सम्म जन्मने या नजन्मने भन्ने कुरा त चिनिन पर्ने हो नि हैन र?
॰॰॰॰॰॰॰
म चाहान्छु देशले विकास र निकास पाओस । यो देशमा श्रम गरेर बाँच्ने म र मजस्ता लाखौं युवा हरुले खाली घोषणा मात्र सुनेर सपना देख्न नपरोस ।प्रधानमन्त्री ले सुरुमा ठुला सपना नवेचेर आधारभुत आवस्यकताका कुराहरु पुरा गर्छु मात्र भनिदिएको भए ती कुराहरु पुरा हुन्छन की भन्ने आश गरेर बस्न हुन्थ्यो । एक वर्षमा लोडसेडीड• को समुल अन्त्य ओलीको पहिलो घोषणा थियो । त्यो पुरागर्ने र जनताको तत्कालीन आवस्यकता तर्फ नसोची पानिजहाज मा चन्द्र सुर्य फहराउने घोषणा हास्यास्पद अभिब्यक्ती बाहेक केही होईन भन्ने मेरो तर्कना रह्यो ।
॰॰॰॰॰॰॰
भन्नेहरु भन्न्छन मलाई यो त काँग्रेसको कार्यकर्ता हो । त्यसैले एमालेको लोकप्रिय कार्यक्रमको विरोध गर्यो। अथवा एमालेको राजनैतिक उचाई र के पी ओलीको लोकप्रियता संग अत्तालिएका काँग्रेस हरुले यसरी विरोध गरेका हुन पनि भन्लान। आज म सार्वजानीक रुपमा भन्छु की हो म काँग्रेसको कार्यकर्ता हुँ । तर लेखेर राख्नुस ओलीले भनेझैं दुई वर्षमा पहाडमा रेल,कुवामा तेल,पाइपमा ग्यास,एक घर एक रोजगार,समुन्द्रमा जहाज, हावा बाट बिजुली भएछ भने मेरोलागी टीका मुछेर राख्नुस म एमाले बन्नेछु । नत्रभने न्युनतम आवस्यकता का कुरा देउ । बाकी विकास का काम म जस्ता जनता ले थाहै नपाई निर्माण भएर काम सकीएपछी थाह पाए पनि केही फरक पर्दैन । आम जनता लाई घोषणाको महत्व कति छ प्रधानमन्त्री ले बुझ्ने कुरा हो ।

~खेम गैह्रे 'पृथक' मालुंगा,स्याड•जा ।

कोई टिप्पणी नहीं