अपडेट

मेलम्ची आयोजना र उपत्यकाको ढल ब्यवस्थापन ।



~काठमाडौं उपत्यकावासीले काकाकुल सरह र सारा नेपाली जनताले अत्यन्तै ब्यग्रताका साथ प्रतीक्षा गरिरहेको नेपालकै सबैभन्दा लामो समयसम्म अल्झीएको र विवादास्पद निर्णय हरुले पटक पटक सम्पन्न हुने म्याद सरिरहेको वहु प्रतिक्षीत खानेपानी आयोजना 'मेलम्ची' अब केही समय भित्रै काठमाडौवासी जनताले उपभोग गर्न पाउनेछन भनेर समाचार हरु आईरहेका छन ।

तालुक वाला मन्त्रीले मुलुकभरको खानेपानीको अवस्थाबारे संसदको वातावरण संरक्षण समितिलाई जानकारी गराउने क्रममा भनेका रहेछन ‘मेलम्ची अब सपना, कल्पना होइन, यथार्थ हो ।’ पानीको गम्भीर समस्या बाट गुज्रीरहेका काठमाडौका जनताको लागी यो भन्दा खुसीको समाचार अरु हुन सक्दैन । उक्त खानेपानी आयोजना निर्माणलाई तीव्रता प्रदान गर्न र समयमै निर्माणको काम सक्नको लागी विश्वमै ख्याति कमाएको र उच्चस्तरको प्रविधि साथै त्यही अनुरुपको जनशक्ति अहिले आयोजना सम्पन्न गर्न क्रियाशील रहेको कुरा पनि मन्त्रीले समीती लाई बताए ।

२०४७ को परिवर्तन संगै देश प्रजातान्त्रीक पद्दती मा गएपछी प्रदातन्त्रवादी नेता हरुले परिकल्पना गरेको यौटा महत्वाकाँक्षी योजना हो 'मेलम्ची खानेपानी' । तत्कालीन सरकारको नेतृत्व लिएका प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईले यो खानेपानी योजनाको घोषणा पनि अहिलेकै प्रधानमन्त्री के पी ओली कै शैली मा गरेका थिए । पानीको अभावले हाहाकार भईरहेका उपत्यकाका जनतालाई मेलम्ची बाट पानी ल्याएर र खानेपानी मात्र होइन उक्त पानीले काठमाडौको सडक नै धोइदिने भनेर भट्टराईले यो आयोजनाको घोषणा गरे पश्चात 'मेलम्ची खानेपानी आयोजना' राजधानीका जनताको सपना बनेको थियो ।

मन्त्रीले समीतीलाई दिएको जानकारी अनुसार प्रारम्भमा मेलम्ची खोलाबाट १४ करोड लिटर पानी दैनिक रुपमा राजधानी ल्याइने छ । त्यस पछी काठमाडौका जनताको पानी खपत गर्ने क्रयशक्ती एवं आनीबानीका आधारमा बढ्ने पानीको माग लाई मध्येनजर गर्दै मेलम्ची नजिकका दुईवटा खोलाको पानीसमेत थपेर काठमाडौमा ल्याईने छ ।त्यसरी अन्य खोलाबाट पानी थपिएपछी दैनिक चौंतिस करोड लिटर खानेपानी राजधानीमा आपुर्ती हुनेछ । उक्त आपुर्ती ब्यवस्था मीलाउनको लागी चक्रपथ बाहिर दुईवटा पानी प्रसोधन केन्द्र बनाईनेछ भनेर प्रशोधन केन्द्र रहने स्थानको समेत मन्त्री महोदयले समीती लाई जानकारी गराउनुभएको छ ।

यो त भयो मेलम्ची सपना जुन उपत्यकाका जनताले विगत पच्चीस वर्ष देखी देखीरहेका थिए जुन छीटै पुरा हुदैछ। बढीमा डेढ या दुई वर्ष भित्रमा मेलम्चीको पानी काठमाडौका धारा हरुमा बग्न थाल्नेछ । के सरकारले त्यसपछीको काठमाडौको पानी ब्यवस्थापन सम्वन्धी कुनै निती बनाएको छ त? अथवा मेलम्ची बाट दैनीक आपुर्ती भएको चौतिस करोड लिटर पानी सबै पिएर सकीदैन । त्यो पानीको अधिकाँश हिस्सा भनेको अन्य विभीन्न कुरामा प्रयोग भएर सकीनेछ । जस्तोकी पानीको अभावमा हप्तौं ननुहाई वस्ने जनताको आनीबानीमा परिवर्तन आउनेछ र दैनिक नुहाउनेछन । हप्तौं नधोईकनै लुगा लगाउनुपर्ने वाध्यताले गाँजेका जनताले दैनिक लुगा धुन थाल्नेछन । अनी आधा बोतल पानीले विहानको नित्यकर्म सक्साउने बाध्यता भएका जनताले फ्लस भरीको पानी ट्वाईलेट बाट बगाउनेछन । पानीको उपलब्धता संगै आउने मानविय ब्यवहार परिवर्तनको असरको कारण लुगा धुँदा,नुहाउदा र ट्वाईलेट जन्य नित्यकर्ममा त्यो पानीको अधिकाँश हिस्सा खपत हुने कुरामा दुईमत छैन। काठमाडौमा भुमीगत ढल निकासको संजाल त्यती ब्यापक छैन। कतै कतै मुख्य शहरी ईलाकामा भुमीगत ढल निकास भएपनि काठमाडौका अधिकाँश घरहरुमा सेफ्टीट्यांकी राखेर आफ्नो फोहोर आफै ब्यवस्थापन गरीरहेको अवस्था छ अहिले । आजको समयमा पानीको अभावको कारणले ती सेफ्टीट्यांकी हरु वर्षौंसम्म नभरीएको अवस्था छ । मेलम्चीको पानी उपलब्ध हुने वित्तीकै ति सेफ्टीट्याँकी हरु भरिन थाल्नेछन र ति ट्याँकी खाली गराउने यौटै उपाय भनेको 'भ्याकुम ट्रक' हो । हुन त ब्यवसायी हरुले समयमै त्यस्ता 'भ्याकुम ट्रक' हरु उपलब्ध गराउलान र निश्चित रकम लिएर ट्याँकी सफा पनि गर्देलान तर त्यती धेरै ढल जुन काठमाडौ बाट निस्कनेछ त्यो कहाँ लगेर फाल्छन ट्रक हरुले ? त्यसको ब्यबस्थापनमा सरकार पक्षबाट कुनै योजना हरु अगाडी सारीएको छ की छैन त्यो गम्भीर विषय हो ।

खासगरी ढल प्रसोधन गर्ने नयाँ नयाँ प्रविधी वनिरहेका छन संसारमा। ढल प्रसोधन पश्चात मुख्यतया तिन चार किसीमका पानी र मल जन्य पदार्थ उत्पादन गरिरहेको देख्न पाईन्छ । मुख्यतया सिंचाईमा प्रयोग हुने पानी र मल ढल प्रसोधन सिस्टमका मुख्य उत्पादन हुन । बगैचामा प्रयोग हुने पानी ढल प्रसोधन बाट आएको अत्यन्तै राम्रो हुन्छ। अर्को बगैचामा प्रयोग गरिने मल पनि ढल प्रसोधन बाट निकाल्न सकीन्छ । बाताबरण र जैविक संरक्षणमा अत्यन्तै संवेदनसील देश हरुले ढलको पानी प्रसोधन गरेर 'स्वतन्त्र वातावरणीय ल्याव' बाट त्यसमा प्राणीको जीवन रक्षाको ग्यारेण्टी भएको प्रमाणीत गराई नदी या समुद्रमा मिसाएको पनि देख्न पाईन्छ ।

हाम्रो काठमाडौको अहिले सम्मको ढल त्यती विषाक्त छैन कीनकी काठमाडौमा ट्वाईलेट सफाई गर्दा त्यस्तो घातक किसीमका रसायन हरु प्रयोग गरिदैन । त्यसैले पनि होला त्यत्ती धेरै ढल बग्नुको बाबजुद वागमतीमा यदाकदा माछा देख्न पाईन्छ । ढलमा रसायन नमिसीएकै कारण वागमती विषाक्त नभएको हो । अहिले काठमाडौको ढल प्रसोधन गरिरहेकै प्रविधीले मेलम्ची बाट दैनिक थपिने चौंतिस करोड लिटर पानी जुन प्रयोग पश्चात ढलमा पुग्ने छ त्यसलाई पुन: प्रसोधन गरेर बागमतीमा मिसाउन मिल्ने बनाउला या नबनाउला त्यो भविष्यको कुरा हो । तर प्रसोधन गरेर बगैचामा प्रयोग गर्ने पानी र मल उत्पादन गर्दै तत्कानीन समयमा आईपर्ने ढलजन्य अस्तब्यस्तता लाई संबोधन गर्न अहिल्यै बाट योजना सुरु हुनुपर्ने देखीन्छ ।
~ दुर्गा पंगेनी ।

कोई टिप्पणी नहीं