अपडेट

प्रतिष्ठानको अवार्ड प्रति सुवास रेग्मीको ब्यंग्य


~संगीतकर्मी एवं संगीत ब्यबसायी सुवास रेग्मीले लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गर्न लागेको 'नेशनल वायो दोहोरी अवार्डको नाम प्रति लक्ष गर्दै ब्यंग्यात्मक स्टाटस फेसबुकमा अपडेट गरेका छन । गायीका हरुको भित्री वस्त्र समेत नियाल्दै गायीका लाई विज्ञप्ती मार्फत सचेत बनाउन सक्ने वरिष्ठतम लोक कलाकर्मी हरुले आफ्नै अवार्डको नाममा त्यस्तो गम्भीर गल्ती कसरी गरे भनेर प्रश्न समेत उठाएका छन । 
॰॰॰॰॰॰
लोक तथा दोहोरी गीत प्रतिष्ठानले अवार्डको लागी गरेको गायक गायीका को मनोनयन प्रति पनि सुवास रेग्मीको गम्भीर असहमती देखीन्छ। लोक गीत गाएरै यही क्षेत्रमा एक दशक पार गरिसकेका गायक गायीका लाई नव गायक या गायीका भनेर कुन आधारमा मनोनयन गरियो? यो उनको अर्को गम्भीर प्रश्न हो प्रतिष्ठानको लागी । 
॰॰॰॰॰॰
फेसबुक स्टाटसको पुर्ण सार यस्तो थियो ~
~~~~~
~ कमजोरी हरु औंल्याउदा लोक तथा दोहोरी गीत प्रतिष्ठानका साथी हरुले दुष्मनको जस्तो सौतेनी ब्यबहार गर्छन आलोचक लाई  । कती जना त रिसाएर बोल्दैनन । कति ले विन्दवासीनी बाट गीत नगर भनेर मार्केटीड• गर्दै हिड्छन । कमजोरी हरु सुधार होउन भन्ने चाहाना राखेर आलोचना गर्नु पनि दुर्भाग्य सावित हुदै गैरहेको छ मेरो लागी ।
॰॰॰॰॰॰॰॰
प्रतिष्ठानका साथी हरुले आलोचनाको महत्व कहिले बुझ्छन खै । अव हेरौं यसपटक हुदै गरेको 'लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल' को अवार्ड  कार्यक्रमको नाम "चौथो नेशनल बायो लोक दोहोरी अवार्ड २०७३" राख्नुभएछ यो नाम सोचेरै बुझेरै राखीएको हो कि चौथो "बायो राष्ट्रीय लोक दोहोरी अवार्ड २०७३"  हुनु पर्ने हो कुन्नी ! संस्थाको नामको विचमा प्रायोजक को नाम राख्दा संस्थाको नाममै बायो थपिएजस्तो देखीयो। प्रायोजकको नाम आयोजकको भन्दा अगाडी राख्ने प्रचलन लाई प्रतिष्ठानले ब्रेक थ्रु गरेको हो की के हो ? 
॰॰॰॰॰॰
ज्योती मगरको भित्री वस्त्र नियाल्ने दृष्टी क्षमता भएका वरिष्ठ लोक कलाकर्मी  साथी हरुले आफ्नै अवार्डको नामकै भित्री वस्त्र खुस्केको नदेख्दा मलाई लाज लाग्यो । त्यसमाथी लोक दोहोरीको क्षेत्रमा 'एक दशक' भन्दा लामो समय विताएका, आफैले त्यही अवार्ड कार्यक्रमको स्टेजमा बोलाउनुपर्दा 'नेपालकै वरिष्ठ एवं चर्चित' गायक गायीका भनेर संबोधन गर्नपर्ने ख्याती प्राप्त कलाकार लाई नव गायक या गायीकामा कुन आधारले मनोनयन गर्नुभएको हो .. ? हेल्लो आयोजक ज्यु हरु उत्तर दिनुस न कृपया !
~जमर्को 

कोई टिप्पणी नहीं