अपडेट

गीत संगीतको डिजीटल ब्यापार,च्यानलको ठगी हल्ला,कलाकारको भ्रम र यथार्थ

क्यासेट बेच्ने र टिभीमा प्रोमो बजाउन दिने र त्यसैलाई बजार ब्यवस्थापन गरेको भन्ठान्ने म्युजीक कम्पनी हरुले समयमा आफुलाई डिजीटल बजारमा उपस्थीत गराउन सकेनन।

एउटा समय थियो जुनवेला डिजीटल ब्यापार भनेको आरविटी मात्र हो भन्ने आम बुझाई थियो,मुख्य श्रोत कम्पनी हरुले डिजीटल ब्यापारका अन्य पाटा हरुको बारेमा बुझेका थिए तर उनीहरुले आम कलाकार लाई त्यसको बारेमा बुझाउन आवस्यक ठानेन र बुझाएनन पनि, बुझाएको खण्डमा आम कलाकारले पनि त्यस्तै प्लेटफर्ममा उपस्थीती जनाउनसक्ने अवस्था लाई मध्येनजर राखेर पनि श्रोत कम्पनी हरुले कलाकार बाट भर्चुअल ब्यापार र त्यसको सम्भाब्यताको बारेमा कुरा लुकाए, त्यस्को यौटै उद्देश्य भनेको कलाकारको बौद्दीक सम्पत्ती हात पार्नु र कब्जा गर्नु मात्र थियो ।


यो विषयमा चर्चा गर्दा विवादको
अग्रस्थानमा म्युजीक नेपाल देखीन्छ,
धेरै जना कलाकारको दावि छ की
म्युजीक नेपाल ले कन्टेन्ट दावी गर्यो
र मेरो गीत मेरै युट्युव च्यानलमा
हाल्न दिएन अथवा सिआरविटीको
लागी मात्र भनेर दिएको तर गीतको
म्युजीक नेपालले युट्युव कन्टेन्ट
पनि खाईदियो ईत्यादी...!

यो विषयमा चर्चा गर्दा विवादको अग्रस्थानमा म्युजीक नेपाल देखीन्छ,धेरै जना कलाकारको दावि छ की म्युजीक नेपालले कन्टेन्ट दावी गर्यो र मेरो गीत मेरै युट्युव च्यानलमा हाल्न दिएन अथवा सिआरविटीको लागी मात्र भनेर दिएको तर गीतको म्युजीक नेपालले युट्युव कन्टेन्ट पनि खाईदियो ईतियादी..! यो विषय मा कुरा बुझ्दा के थाह हुन आयो भने म्युजीक नेपालले आंशीक बजार ब्यवस्थापनको संझौता गर्दैन, आरविटीको सहमती गर्दा नै कागजमा सम्पुर्ण डिजीटल अधीकार म्युजीक नेपालमा निहीत रहनेछ भनेर बजार ब्यवस्थापन गर्ने कम्पनी संग संझौता गरेको हुन्छ तर त्यो कुरा कलाकार हरुले थाह पाउदैनन, कम्पनिको नियम, म्युजीक नेपाल संग भएका संझौता हरु बजार ब्यवस्थापन गर्ने कम्पनीले कलाकार लाई जानकारी दिदैन किनकी नेपालमा अधीकाँश कम्पनी हरु आँशीक बजार ब्यवस्थापन गर्नेहरु छन र तिनीहरुले कलाकार संग आफ्नै किसीमको संझौता गरेका हुन्छन र म्युजीक नेपाल संग छुट्टै संझौता गरेका हुन्छन, वास्तवमा कलाकारको बौद्दीक सम्पत्ती म्युजीक नेपाल सम्म पुर्याईदिने कम्पनी पारदर्शी हुदैनन।

क्यासेट बेच्ने र टिभीमा प्रोमो बजाउन दिने र त्यसैलाई बजार ब्यवस्थापन गरेको भन्ठान्ने म्युजीक कम्पनी हरुले समयमा आफुलाई डिजीटल बजारमा उपस्थीत गराउन सकेनन, आरविटी दर्ताको अधिकार पाएका म्युजीक नेपाल र हाईलाईट्स नेपालले त्यसको भरपुर फाईदा उठाए, त्यो समय सम्म सिआरविटी बाहेक अन्य माध्यामबाट पनि गीत को विक्री हुन्छ भन्ने कुरा कलाकार लाई थाहै थिएन भने साना कम्पनि हरुले पनि धेरै पछाडी मात्र थाहा पाएका हुन। कलाकार हरु ले अहिलेपनि अधिकांश हल्ला हरुनै पत्याईरहेका छन भने साना म्युजीक कम्पनी हरु जस्ले सुरुमा भर्चुअल दुनियामा आफ्नो स्टल राख्न सकेनन तिनीहरुले समेत अहिले भटाभट आफ्नै प्लेटफर्म बनाएर गीत हरु अपलोड गरिरहेछन। कतै कतै चल्तीका कलाकार हरु पनि यो विषयमा चनाखो बनेर लागीरहेको देखीईरहेको छ, अव विस्तारै आफ्नै म्युजीक कम्पनी हुनेहरु र श्रोत कम्पनी लाई सिआरविटी को लागी गीत दिदा भिडीयो राईट वचाउन सक्नेहरु अथवा सिआरविटी को लोभ नगर्ने हरुले आफ्नो भिडीयो आफ्नै प्लेटफर्म मा अपलोड गर्न सुरु गरिसकेका छन।

खासगरी हाईलाईट्स नेपालले आरविटी अधीकार मात्रको संझौता पनि गर्ने गर्दछ त्यसैले अधीकांश साना कम्पनी हरु जसले हाईलाईटस प्लेटफर्म बाट आफ्नो गीतको आरविटी दर्ता गरेका छन उनीहरुको आफ्नै युट्युव च्यानलमा गीत अपलोड गर्न पाउछन तर म्युजीक नेपाल बाट आरविटी लिएका हरुले त्यो गीतको भिडीयो आफ्नो च्यानलमा हाल्न पाउनेकुरा भएन कीनकी म्युजीक नेपालले संझौता गरे सम्पुर्ण डिजीटल बजार ब्यवस्थापनको गर्छ नगरे गर्दै गर्दैन, फेरी विदेशी कम्पनी हरुमा आरविटी पठाउछ र त्यता बाट पनि साना कम्पनी हरुलाई फाईदानै छ तसर्थ साना कम्पनी हरु म्युजीक नेपाल संग जेलिएका छन साना कम्पनी संगै कलाकार पनि जेलीएका छन।

च्यानलले कलाकार लाई डिजीटल ब्यापार बाट आएको पैसा नदिएको सम्वन्धमा~

म्युजीक नेपाल श्रोत कम्पनी भएको र नेपालको सबैभन्दा पुरानो र ठुलो प्लेटफर्म पनि भएको कारण त्यहा गीत हरु बढी हुनु स्वाभाविक हो, तर सिधै कलाकार संग संझैता गरिएका गीत हरु थोरै छन जसको डिजीटल ब्यापार बाट भएको आम्दानी प्लेटफर्म संचालन र कम्पनीको नियम अनुसारको खर्च कटाएर पारदर्शी तरिकाले भुक्तानी दिईएको छ,जसले भुक्तानी पाउनुभएन या पाएर पनि संतुष्ट हुन सक्नुभएन वहा हरुले दावि गर्न सक्नुहुन्छ, भर्चुअल दुनियामा युट्युव मुख्य आयको श्रोत हो र युट्युव अन्तर्गत कुन गीतले कुन देश बाट कती कमाई गर्यो भन्ने कुरा समेत विजनेस ट्रेण्डमा स्पष्ट देखीने हुनाले त्यहा कसैलाई ठगी गर्नै नमिल्ने कुरा म्युजीक नेपाल श्रोतले दावि गर्यो।

कन्टेन्ट म्याच सम्वन्ध मा~

कतिपय कलाकारले नबुझेर म्युजीक नेपाल संग सोझै अथवा तेश्रो कम्पनी मार्फत डिजीटल बजार ब्यवस्थापनको संझौता भएका गीत हरुको भिडीयो बनाएर युट्युवमा हाल्ने कोशीष गर्नुहुन्छ अथवा अपलोड पनि गर्नुहुन्छ त्यो अवस्थामा म्युजीक नेपाल यौटा गुगल द्वारा भेरीफाईड च्यानल भएको कारणले स्वचालीत सिस्टम द्वारा अपलोड गरिएको केही मिनेटमै त्यो सम्पत्ती म्युजीक नेपालको भएको र त्यसको कमाई म्युजीक नेपाल मै आउने दावि सहीत पत्र पठाईन्छ, त्यो कुरा च्यानल, म्युजीक कम्पनी र कलाकारको हितको लागीनै गरिएको हो, बजार ब्यवस्थापनको सम्पुर्ण जिम्मेवारी म्युजीक नेपाललाई दिएपछी पुन: भिडीयो अपलोड गर्नु गैह्रकानुनी हुन जान्छ, कलाकार हरुले कि सुरुमा गीत दिनै भएन दिएपछी संझौताको पुर्ण पालना हुनुपर्यो। अर्को कुरा त्यसरी अपलोड कलाकारले मात्र होईन युट्युव बाट डाउनलोड गरेर हुवहु अथवा अर्को भिडीयो बनाएर जो सुकैले अपलोड गर्न सक्छ दुरुपयोग गर्न सक्छ त्यो अवस्थामा कन्टेन्ट दावि गरेर अनधिकृत रुपमा पाईरेसी गरेर युट्युव मा अरुले हालेका भिडीयो हरुको समेत पैसा तानेर ल्याउने सिस्टम नै कन्टेन्ट म्याच सिस्टम हो जुन पुर्णतया पाईरेसी लाई निरुत्साहीत गर्ने सबैभन्दा वलियो उपाय हो र सम्पुर्ण रुपमा कलाकार को हितमा लक्षीत पनि छ।

सरासर बुझ्दा मुख्यतया गीत संगीत निर्माण मा तहगत संलग्नता देखीयो, पहिलो गीत संगीत निर्माण पक्ष दोश्रो वजार ब्यवस्थापन गर्छु भनेर कलाकार बाट गीत लिने साना कम्पनी हरु र तेश्रो डिजीटल प्लेटफर्म हरु, यो तिन तहको मुख्य लडाईमा गीत संगीतको रोयल्टी सम्वन्धी विषय पुर्णतया ओझेल परेको पाईयो, श्रष्टाले नै लगानी गरेका र उनै श्रष्टाको कम्पनीले सोझै म्युजीक नेपाल संग संझौता गरेको खण्डमा म्युजीक नेपालले सरासर डिजीटल ब्यापार बाट आएको पैसा भुक्तानी गरेको र श्रष्टाले अधीकारको लागी कसैसंग विवाद गर्न नपरेको देखीयो, अर्को तिर म्युजीक कम्पनी हरुले आफ्नो लगानीमा उत्पादन गरेका गीत संगीत र भिडीयो हरुको पनि विवाद देखीएन म्युजीक नेपालले सरासर भुक्कानी गरेको देखीयो। मुख्यतया असंतुष्टी कहाँ देखीयो भने कलाकारले लाखौं खर्च गरेर गीत तयार गर्छ त्यसको भिडीयो निर्माण गर्छ र कुनैबजार ब्यवस्थापन गर्ने कम्पनी लाई दिन्छ त्यसपछी त्यो कम्पनीले म्युजीक नेपाल लाई पुन डिजीटल बजार ब्यवस्थापनको लागी दिन्छ र त्यसको नाफा बापत म्युजीक नेपाल बाट पैसा बुझीलीन्छ तर कलाकार लाई दिदैन अथवा म्युजीक नेपालले केही दिएकै छैन भनेर कलाकार लाई भन्छ ।

यसरी सरासर धरातलीय कुराले पनि के छर्लंग भएको छ भने डिजीटल प्लेटफर्म या नी युट्युव च्यानल बाट सर्जक कलाकार र लगानीकर्ताले पाउनुपर्ने पैसा भ्यु लेन्थ (समग्र हेरीएको लम्वाई) र त्यसले दर्शक श्रोता बाट खपत गराएको रकम साथै उक्त भीडीयोमा गुगलले प्रदान गरेको विज्ञापन बापतको पैसा समेत मनग्य रुपमा आएको छ, नेपाली गीत संगीतका भर्चुअल दुनियाका ग्राहक भनेका मुख्यतया विदेशमा रहेका नेपाली हरुनै हुन उनीहरु ले ति गीत संगीत हेरीदिए वापत पैसा तिरेका छन र त्यो पैसा म्युजीक नेपाल मार्फत बजार ब्यवस्थापन गर्ने कम्पनी हरु सम्म पुगेको पनि छ तर ति कम्पनी बाट जुन लगानीकर्ता या सर्जक को हात सम्म नपुगेको अवस्था छ त्यो अवस्था लाई संबोधन गरिदिने कुनै निकाय या मध्यस्तकर्ता हुन्छ भने अहिलेक तत्काल देखीएको समस्या तुरुन्तै निराकरण हुने पनि देखीयो। वास्तवमा कलाकार त्यस्ता कम्पनी मार्फत सोषणमा परेको देखीयो जुन कम्पनी ले कलाकार बाट गीत संगीत लिन्छन र बजार ब्यवस्थापन गर्न म्युजीक नेपाल लाई दिन्छन। अव कलाकार अथवा लगानीकर्ता आफै सजग हुन जरुरी छ,तेश्रो कम्पनी मार्फत गीत ठुलो डिजीटल प्लेटफर्म मा पठाउने, आफ्नै प्लेटफर्म बनाएर आफै ब्यवस्थापन गर्ने अथवा आफ्नै नामको कम्पनी बाट सोझै प्लेटफर्म हरु संग संझौता गर्ने सबै विकल्प हरु खुल्ला छन। तपाईको गीतको बजार ब्यवस्थापन गर्ने कम्पनी ईमान्दार छ र प्लेटफर्मबाट आएको पैसा नियम अनुसार बाडफाड गर्छ भने राम्रो कुरा हो, संझौता अनुसार दिदैन र अन्याय गर्छ भने विकल्प हरु धेरै छन ।


दुर्गा पंगेनी।

कोई टिप्पणी नहीं