अपडेट

गायक गोपीकृष्ण पंगेनीको रोईला~लैनो गाईलाई घाँस,थारो गाईलाई पराल छ।






लोक गायक गोपिकृष्ण पंगेनी को नयाँ रोईला गीत बजारमा आएको छ, चर्चित शब्द संकलक एकनारायण भण्डारी को लय तथा शब्द संयोजनमा तयार भएको उक्त गीत मा चर्चित लोक दोहोरी गायीका देवी घर्ती ले गायक पंगेनी लाई साथ दिएकी छन।


साथी भाई लाई खर्च गर्न दुइ पैसाको डर
तिम्रो लागी पर्यो भने बेची दिन्छु घर<
लैनो गाइ लाई घाँस
थारो गाईलाई पराल छ
मायाले मन बाराल्छ...!

आउदै गरेको गीत प्रति निकै उत्साही हुदै एकनारायण भण्डारी ले भने~चर्चित रोईला "जिम्माल बा को आगनीमा" पछी आएको मेरो यो रोईला गीतको शब्द ले पक्कै दर्शक एवं श्रोताहरु को मन जित्नेछ। त्यस्तै उक्त गीतमा स्वर दिएकी गायीका देवी घर्ती ले पनि निकै मिहिनेत का साथ रेकर्ड गरिएको र रोईलामा रहने मौलिकता लाई समेटिएको कारण गीतले चर्चा पाउनेमा आफु विश्वस्त रहेको वताईन, मारुनि रेकर्डीड• स्टुडीयोका रेकर्डीष्ट कुमार राना मगर ले पनि रोईला गीतका सबै मौलीक नोट हरु र परम्परागत बाजा हरु संबेदनशिलता पुर्वक प्रयोग गरिएकोले गीतमा ठेट रोईला को मिठास भएको दावी गरे।

बैदेशीक रोजगारीको सिलसीला मा युएईमा रहेका गायक गोपीकृष्णले आफ्नो आवाज उतै रेकर्ड गरेका हुन भने गीतको बाकी काम मारुनी स्टुडियो बाट भएको हो, गायनको सुरुवाती दिनमा आफ्नो पढाई संगै बाबुको ब्यावसाय लाई सघाउदै आएका पंगेनी स्यांगजा निवासी हुन।

संगीत बाहेक ब्यवसाय मा विशेष रुची भएका गायक पंगेनीले भन्छन ~ आफ्नो जिबनको सुरुवात देखिनै होटेल ब्यावसायी गर्नु भयो बाबाले, आफ्नै ब्यावसाय गर्न खुब मन छ मलाइ पनि, बाबा संग संगै हुदा मलाई सानो साहुजी भन्थे सबै ग्राहक हरुले,आज त्यो दिन सम्झिदा खुब आनन्द आउँछ, ढिलो चाडो आफ्नै ब्यावसाय त जसरी पनि गर्नेछु, जुन ब्यवसायले संगीत प्रति को लगनसीलता लाई सपोर्ट गरोस त्यस्तो ब्यवसायको खोजीमा रहेको र प्रवास बाट फर्केपछी मातृभुमी मै केही गर्ने र संगीतकर्म लाई अगाडी बढाउने सोच रहेको कुरा गायक पंगेनी ले वताए, वैदेशीक रेजगारीले पनि अपेक्षीत सफलता दिएकोले प्रवासी जिवन प्रति पनि कुनै गुनासो नरहेको वताईरहदा जिबन लाई जसले जे भोग्यो उस्को लागि त्यही हो जीन्दगी, "जीवन जन्म हुदा स्वास हुन्छ नाम हुन्न मृत्यु हुदा नाम हुन्छ स्वास हुन्न" त्यही बिचको संघर्ष हो जीवन भनेर पनि अर्थ्याए।

समाजसेवामा पनि उत्तिकै रुचि राख्ने गायक पंगेनी ले कार्यक्रममा आफुलाई फरक किसिमले प्रस्तुत गर्ने कारणले नै उनका युएई मा निकै प्रसंसक हरु रहेको कुरा बुझीन्छ, युएई मा हुने प्राय सांस्कृतीक कार्यक्रम हरुमा प्रस्तुती दिन पुग्ने गायक पंगेनी त्यहाका चल्तिका कलाकार हुन।

आफ्नो आवाजमा रेकर्ड भएर आउदैगरेको रोईला गीत नेपाली गित संगीतका चर्चित सर्जक एकनारायण भण्डारीको शब्द संगीतमा गाउन पाउनु आफ्नो लागी निकै सौभाग्यको अवसर रहेको र यो गीतले सम्पुर्ण दर्शक श्रोताको मन जित्दै आफ्नो सांगीतीक यात्रा लाई नयाँ उचाई दिने कुरामा आफु विश्वस्त रहेको वताउदै गायक पंगेनीले सर्जक एकनारायण भण्डारी र गायीका देवी घर्ती लाई समेत सहयोगको लागी धन्यवाद दिए।

कोई टिप्पणी नहीं