तिन रुप्पे गोटा बदाम
भर्खर छोरी जन्माएर सुत्केरी उम्केकी श्रीमती यसै कमजोर, त्यसमाथि माछा मासु नखाने परिवार बाट आएकी शाकाहारी केटी , १६/१७ वर्ष जति कि केटाकेटी थिई उ, अल्लारे उमेरकै थिएँ म ! तर प्रकृतीले तेसो नभन्ने, काखमा कलकलाउदी छोरी दिएर जिम्मेवारी सुरु गराईसकेको थियो जिन्दगीले, रहरै रहरमा बा आमा बनेका थियौं हामी।
माछामासु बाहेक के खाए ज्यानमा तागत लाउछ आमै ? मैले घरबेटी आमा लाइ सोधें, सितापाइलामा ज्यापुको पुरानो घरमा डेरा गरेर बस्थेंम त्यतिबेला हामी, "राँगाको राटो मासु खान डेउ बाजे टेरो बुडिलाइ" भनेर तंग्रीने आईडिया सिकाईन घरबेटी आमैले, यो कुरा सुनीरहेकी श्रीमतीले पिचिक्क मुख बिगारी र डि•च्च गरी, माथि बाट घरबेटी बा ले आमैलाई कराए "पर्बट्या हरुले रागाको मासु खादैन माम्पाखा …!"
जा मखन गल्लीमा बडम पाउछ, अल्कटी काजु ,बडम र सुट्केरी ढुलो ल्याराईज बाजे ट्यसलाई डुडमा पकाएसी सुट्केरी डबाई वन्छ म सिकाईडिन्छु, आमैले आफ्नो निकै पटकको अनुभव हामीलाई सुनाईन, काजु र बदम खाए ज्यानमा तागत आउछ तर यो देशी ले बेच्ने बदम हैन आर्को ठुलो खाले बाहिर हाड जस्तो बोक्रो भएको बदम पाइन्छ भन्ने सल्लाह पनि दिईन घरबेटी आमै ले, शहरमा हाडे बदाम पाउने पसलको बाटो पनि सिकाइन, म खुरुखुरु त्यो पसलमा गएँ मखन टोलको गल्लिमा भेटियो पसल ! पसल त भेटीयो तर के भनेर माग्नु म असमज्ज मा परें..! दाइ सुत्केरीले खाने बदाम दिनु न मैले बिस्तारै पसले लाइ बोलाएँ, उसले मलाइ नियालेर हेर्यो अनि कति चाहियो भनेर सोध्यो ! म फेरी रनभुलमा परें दुलैको ज्यानमा तागत आउने गरि कति बदम खुवाउनु पर्छ ..! ला मैले त घरबेटी आमै लाइ सोध्नै बिर्सेछु ! केहि जबाफ त दिने पर्ने भो , मैले सोधें बदम लाइ कति पर्छ दाइ ? उसले फेरी तल देखि माथि सम्म हेर्यो मलाइ र टिन रुप्पे गोटा भन्यो ! मैले खल्ती टटोलें, यौटा पचास र यौटा दशको नोट रहेछ, ६० रुप्पेको २० गोटा बदम पोको पारेर श्रीमती तागतिली बनाउन छाउनीको बाटो नापें पैदलै मैले।
~दुर्गा पंगेनी
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें