अपडेट

प्रतिष्ठान ब्यवहारीकताले चलाउनेकी विधानले~मेरो प्रश्न!


~लोक तथा दोहोरी गीत प्रतिष्ठान को जिल्ला कार्य समीती निर्वाचन मा एक जना उमेद्वार जो साधारण सदस्य समेत थिएनन उनलाई तत्काल आजिवन सदस्यता दिईयो र उसैदिन जिल्ला कार्यसमीती अर्घाखाचीको अध्यक्ष पदको उमेद्वार बनाईयो। उनले चुनाव हारे । उनको उमेद्वारी प्रति कुनै द्वेस राख्न खोजीएको होईन यो लेख मा । प्रतिष्ठान भित्र नियम विपरितका काम हरु कसरी हुन्छन र त्यस्ता विधान विपरीतका कामकारवाही हरुको जिम्मेवारी कसले लिने भन्ने गम्भीर प्रश्न उब्जेको अवस्था मा त्यस्ता विधान विपरीतका कार्य हरुको विरोध गर्नु या ति निर्णय हरु ठिक हुन अथवा वेठीक हुन छलफलको विषय बनेको छ ।
॰॰॰॰॰
प्रतिष्ठानका वहाल वाला अध्यक्ष स्वयं, वरिष्ठ उपाध्यक्ष र संस्थापक अध्यक्ष समेत उपस्थीत भएको जिल्ला कार्यसमीतीको निर्वाचनमा अग्रज हरुकै रोहवरमा त्यस्तो अबैधानिक उमेद्वारी दर्ता कसरी भयो यौटा गम्भीर प्रश्न खडा भएको छ ! हो उमेद्वारी दर्ता गर्न आउनु कलाकारको अधिकार हुन आउछ सरासर बुझ्दा । कार्य समीती सदस्यमा मात्र उमेदवारी दर्ता गर्न पाउने कलाकारले नियम नबुझेर अध्यक्ष पदमा उमेदवारी दर्ता गराउन चाहनु बेग्लै कुरा हो। तर उमेदवारी दर्ता कसरी भयो । विधानको कुन नियममा टेकेर निर्वाचन समीती ले उमेदवारी दर्ता गर्यो अनी किन केन्द्रीय अध्यक्ष लगायतका अग्रज पदाधीकारी हरुले वेवास्ता गरे जस्तो गरे अथवा नियम विपरीत को उमेदवारी हो भन्ने बुझ्दाबुझ्दै पनि दर्ता गर्ने छुट दिईयो प्रश्न गम्भीर छ । 
॰॰॰॰॰॰
ति कलाकार अर्घाखाची बाट चुनाव हारिसकेपछी रुपन्देही बाट पुन: अध्यक्षमा उठ्ने घोषणा मात्र गरेनन। उनले चुनाव जितेको खण्डमा प्रतिष्ठान लाई रुपन्देहीमै रहेको आफ्नै नामको घडेरी दान गर्ने सम्मको घोषणा गर्न भ्याए । यसरी आर्थीक प्रलोभन सहितको उनको घोषणा ले अर्को शंका के उब्जाएको छ भने के प्रतिष्ठान भित्र पदाधिकारी चयन मा आर्थीक चलखेल पनि हुने सम्भावना रहन्छ ? यदी हुदैन भने विधानत: मिल्दै नमील्ने मान्छेलाई उमेदवार हुन कीन दिईन्छ ? 
॰॰॰॰॰॰
अर्घाखाची को मामलामा अग्रज हरुले वेवास्ता गरेको हो अथवा जानाजान नियम मिचेको हो कुरो अष्पष्ट भयो ! कि पदाधीकारी हरुनै विधान प्रति अनभिज्ञ छन या आफ्नै तरिकाले विधानको ब्याख्या गरेर आफुखुसी लागु गर्छन विचारणीय पक्ष हो । जव की एक कार्यकाल जिल्ला कार्य समीती मा काम गरेको कलाकार मात्र जिल्ला अध्यक्ष मा उमेदवार हुन पाउनेछ भनेर स्पष्ट लेखीएको छ विधानमा । वरिष्ठ अग्रज हरुले आफ्नो विधान निती नियमको कुरालाई किन वेवास्ता गर्नुहुन्छ अचम्म लाग्दो कुरा छ। अध्यक्ष उपाध्यक्ष हरु नै यती गैह्रजिम्मेबार बन्न मील्छ र ? अग्रज हरुले अर्घाखाँची जिल्लामा अध्यक्ष का उमेद्वारको उमेदवारी दर्ताको जवाफ दिनै पर्छ!
॰॰॰॰॰॰
केन्द्रीय अधिवेशनको संघारमा सुरुभएका यस्ता विधान विपरीतका केही निर्णय हरु र त्रुटी हरुलाई नियाल्दा यसपटक पनि चर्चित कलाकार हरुलाई केन्द्रमा भित्र्याउने बहानामा जिल्ला कार्यसमीती मा कामै नगरेका कलाकार लाई पनि अगील्ला अधिवेसनमा जस्तै विधान मिचेरै केन्द्रमा प्रवेश गर्ने बाटो खोल्नेछन अग्रज हरुले भन्ने कुरा सजीलै अनुमान गर्न सकीन्छ । विधानत: जिल्ला कार्यसमीतीमा काम नगरेका कलाकार हरुलाई केन्द्रीय समीतीमा चुनाव लड्न दिएको छैन विधानले तर कागजी प्रकृया पुरा गरी चोर बाटो बाट केन्द्रमा लैजाने बाटो खुल्लै छ ।
॰॰॰॰॰॰॰
एक कार्यकाल जिल्ला कार्यसमीती या अन्चल कार्यसमीती मा काम गरिसकेको कलाकार केन्द्रको अध्यक्ष पद बाहेक अरु पदमा उमेदवार हुन पाउछ। हेटौंडा अधिवेशनमा मकवानपुर जिल्ला अध्यक्षमा वहाल भएकै अवस्थामा ऋषीलाल श्रेष्ठ केन्द्रको द्वित्तीय उपाध्यक्ष पदका उमेदवार भएका थिए। हेटौंडा महाअधिवेसन पछाडी जिल्ला बाट या अन्चल बाट सिधै केन्द्रमा आउन चाहने कलाकारलाई निरुत्साहीत गर्दै केन्द्रीय पदाधिकारीमा चुनाव लड्नको लागी एक कार्यकाल केन्द्रीय सदस्य को हैसीयतमा काम गरेका ले मात्र चुनाव लड्न पाउने हल्ला चल्यो । तर यो कुरो विधानमा कतै उल्येख गरेको यो लेखीएको पाईएन। एकजना अग्रज संग यस बारेमा जिज्ञासा राख्दा यो निर्णय मान्युट मा टिपेको तर भुलवस विधानमा समेट्न नसकीएको कारण जिल्ला या अन्चलका पदाधिकारी हरु केन्द्रीय सदस्य भन्दा माथील्लो कुनैपनि पदमा उठ्न नपाउने तर्क अगी सार्छन। संस्था मान्युटमा के लेखीयो त्यस अनुसार चल्ने हो अथवा प्रसासनले पास गरेर टाँचा लगाएको विधानमा लेखीएका नियमको अधीनमा रहेर चल्ने हो पदाधिकारी हरु अस्पष्ट रहेको पाईयो ।
॰॰॰॰॰॰
हुन त संस्थामा यस्ता कुरा हरुलाई सामान्य तरिकाले लिईएको पाईयो। अधिकाँश केन्द्रीय पदाधिकारीले माथी उल्येखीत कुरा हरु विधान विपरीतका हुन भन्ने बुझेपनि बाहिर बोल्न कोही नचाहेको देखीन आयो। कसैको अनुपस्थीती मा घनघोर विरोध गर्ने प्रतिष्पर्धी पदाधिकारी हरुपनि रोहवरमै रहदा भएका विधान विपरीतका निर्णय हरुमा मौन रहन चाहेको देखीन आयो। या फलाना ले गरेको निर्णय हो त्यस्तो हुनु हुदैन त्यो विधान विपरीत हो भनेर खुसुक्क कुरा काट्ने गरेको पाईयो तर सतहमा आएर कोही पनि एक अर्काको निर्णय लाई गलत हो भन्न चाहने अग्रज हरु भेटीनुभएन। 
॰॰॰॰॰॰
संस्थाको आकार र साख निकै ठुलो हुदै गईरहेको छ। देशै भरीका लोक कलाकार मात्र नभएर ठुलो संख्यामा लोक संस्कृती पारखी एवं सुभचिन्तक हरु समेत आवद्द रहनुभएको संस्थाले विधी एवं विधानका कुरा हरुलाई हुवहु पालना गर्ने र गराउने सम्वन्धमा गम्भीर हुनुपर्ने आवस्यकता देखीयो । तर यसरी नै गैह्र जिम्मेवार पाराले संस्था चलाउदै जानेहो भने कुनै पनि त्रुटी या गलत निर्णयको कारण संस्थाको साखमै आच आउने कुनै दुर्घटना नहोला भन्न सकीन्न। कि आफ्नो कार्य सैलीलाई विधी विधान वमोजीम चलाउन संस्थाका पदाधिकारी हरु प्रतिवद्द हुनु पर्यो नत्र जुनसुकै समयमा विधान विपरितका निर्णय हरुको कारण संस्थाको काम कारवाही प्रति अदालती प्रश्न आउन सक्छ। विधान विपरीत अधीवेशन भएको खण्डमा अदालत लाई जवाफ दिनुपर्ने समय नआउला भन्न सकीन्न ।
~ दुर्गा पंगेनी।

कोई टिप्पणी नहीं