अपडेट

अर्को भदौ १६~सुरक्षा जोखीम र सतर्कता



~बैदेशीक रोजगारीको सीलसीलामा अफगानिस्थान पुगेका १४ नेपाली ले आतंककारी हरुले गरेको आत्मघाती हमलामा परि अनाहकमा ज्यान गुमाएका छन । यसरी नै २०६१ सालमा वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेका निर्दोष १२ जना नेपालीको हत्या भएको थियो ! देशमा रोजगारीको अवसर नभएपछि दलालहरूको प्रलोभनमा परेर इराक पुगेका नेपाली कामदारहरूले अनाहकमा ज्यान गुमाउनु परेको थियो । 
॰॰॰॰॰॰
उनीहरूलाई अमेरिकी गुप्तचर भन्दै पहिले बन्धक बनाएको थियो र पछि निर्मम रूपले हत्या गरिएको थियो । यसरी १२ जना निर्दोष नेपालीको परदेशी भूमीमा भएको हत्याको आगो नेपालमा फैलिएको थियो । त्यो घटना बाट आक्रोशित सर्वसाधारणले म्यानपावर कम्पनीहरू र मुस्लिम संघ–संस्थालाई तारो बनाएर तोडफोड तथा आगजनी गरेका थिए । 
॰॰॰॰॰॰॰
२०६१ भदौ १६ गतेको त्यो घटनामा राजधानीमा रहेको अधिकांश म्यानपावर कम्पनी जलाइएका थिए । करोडौंको क्षति भएको थियो । त्यसैले त्यस घटनायता वैदेशिक रोजगार व्यवसायीहरूले सधै“ भदौ १६ गतेलाई कालो दिनको रूपमा स्मरण गर्ने गरेका छन् । तर त्यस घटनायता पनि वैदेशिक रोजगारमा व्यवसायमा ठगी रोकिएको छैन ।  
॰॰॰॰॰॰॰
हुन त त्यसरी इराकमा मारिएकाहरू अवैध बाटोबाट इराक पुगेका थिए । तर त्यस घटनालगत्तै सरकारले इराक जान पूर्णरूपले प्रतिबन्ध लगायो । र, पहिल्यै इराकमा पुगेकाहरूको हकमा भने श्रम स्वीकृति दिलाइयो । इराक घटना भएको लगभग  १२ वर्ष बितिसकेको छ । यद्यपि त्यसको चोटहरू भने अझै बाँकी रहेको अवस्था मा आज फेरी त्यस्तै अर्को अातंकवादी घटना घटेको छ जसले काठमाडौको सुरक्षा चुनौती लाई थप गम्भीर बनाएको छ । 
॰॰॰॰॰॰॰
मृतक सम्पुर्ण दाजुभाई हरुमा हार्दीक श्रद्दान्जली एवं घाईतेको सिघ्र स्वास्थ्यलाभ को कामना ।

कोई टिप्पणी नहीं