अपडेट

अर्घाखाँची संपर्क समीती द्वारा आगलागी पिडीतलाई सहयोग


~अर्घाखाँची संपर्क समिती यु ए ई द्वारा अर्घाखाँची जिल्लाको धातिबाङ मा बैशाख १३ गते भएको आगोलागी बाट निधन भएकी स्व. मखमली बिक का २ छोरी र १ छोराको उच्च शिक्षाको लागि आर्थिक सहयोग स्वरुप रु ३३ हजार सहयोग गरेको छ । समीतीले सहयोग रकम पिडीतको कृषि बिकास बैकमा रहेको ५ बर्षे मुद्दति खातामा आजै दाखीला गरेको छ।

सो सहयोग गरेको बैंक भौचर अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधीकारी सुरेन्द्र पौडेल, स्थानिय विकास अधिकारी लक्ष्मी पाण्डेय गौतम, पत्रकार सुदन खडका, सुचना तथा सु-शासन अभियानका अध्यक्ष मुक्ती भुसालको हात बाट स्व. मखमली बिकका श्रीमान लाई हस्तानतरण गरेको हो । जिल्लामा दैवि प्रकोप या विपत्ती परेको बेला हरेक समय अर्घाखाँची संपर्क समिती यु ए ई परिवार पिडीतको साथ र सहयोगको लागी सदैव तत्पर रहेको कुरा अध्यक्ष राजु खडका ले जानकारी दिनु भयो। 

कोई टिप्पणी नहीं