अपडेट

युवा प्रतिभा पुरस्कार द्वारा निलम ढुंगाना पुरस्कृत


~नेपाल सरकार युबा तथा खेलकुद मन्त्रालयले वर्षेनी  राष्ट्र र समाजमा विशिष्ठ योगदान गर्ने युवा हरुलाई "युवा प्रतिभा तथा युवा उधमी प्रोत्साहान पुरस्कार" प्रदान गर्ने गर्दछ । त्यसै क्रममा यसपटक पनि "युवा प्रतिभा तथा उधमी प्रोत्साहन पुरस्कार २०७३" द्वारा नेपाल भित्रका विभीन्न क्षेत्रबाट उदाहरणीय काम गर्ने ब्यक्तित्वहरूलाई सम्मान गरेको छ। यहि क्रममा कलाकारीताको माध्यम बाट समाजमा विशिष्ठ योगदान पुर्याए बापत एकल खुट्टा नृत्यांगना निलम ढुंगाना लाई सरकारले सम्मानित गरेको छ। देश भरिका ४५ जना युवा हरुलाई सम्मान गरिएको उक्त समारोहमा निलम लाई रु ५००००/-(अक्षेरुपी पचास हजार) नगद पुरस्कार साथै प्रसंसापत्र समेत प्रदान गरिएको थियो ।
॰॰॰॰॰॰

अपांगताका बाबजुत पनि एकल खुट्टाका सहाराले देश तथा विदेशका विभिन्न कार्यक्रमहरूमा नृत्य गरेर नेपाल कै एक उदाहरणीय व्यक्ति बन्न सफल नीलम ढुंगानालाई उनको मनोबल र सांस्कृतिक क्षेत्रमा गरेको योगदानको उच्च मुल्यान्कन गर्दै मिती २०७३/०३/२६ गते उक्त पुरस्कार प्रदान गरिएको हो । राष्ट्रीय युवा परिषदको आयोजनामा भएको उक्त सम्मान कार्यक्रममा माननीय खेलकुद मन्त्री सत्यनारायण मण्डलको हातबाट उनलाई सम्मान गरिएको थियो ।
॰॰॰॰॰॰॰

१५ वर्षको कलिलो उमेर मै ट्रकको ठक्करबाट खुट्टा गुमाएकी नीलमले दुर्घटना पश्चात पनि साहस पुर्वक पुर्ववत: जिवनमा फर्कन गरेको प्रयास र संघर्ष सह्रानिय मात्र नभई उदाहरणीय समेत भएकोले निलमको कला साथै हिम्मत लाई पुरस्कृत गरिएको हो । निलम नृत्यमा सानै उमेर देखी पोख्त थिईन तर दुर्घटना पछि उनको जिन्दगी ले अचानक फरक मोड लिन पुग्यो । दुर्घटनाका केही बर्ष घर भित्रै खुम्चिएकी निलम ले अन्तत: एउटै खुट्टाको सहारामा नृत्यलाई निरन्तरता दिने निर्णय गरिन र उनको कोशीष धेरैको लागी उदाहरणीय बन्यो ।
॰॰॰॰॰॰

जुनसुकै परिस्थितीमा पनि आफुलाई नृत्य देखी टाढा राख्न नसकेको बताउने नीलमको अहिले देश तथा विदेशका बिभिन्न सांस्कृतिक कार्यक्रममा माग बढ्दो छ।अपांगता सेवाको क्षेत्रमा पनि कार्यरत निलम हाल 'राष्ट्रीय अपांग महासंघ नेपालको' सकृय सदस्य हुन्।आफुले सकेसम्म आफु र आफु जस्तै अपांगता भएका व्यक्तिहरूको लागी काम गर्ने र अपांग ले पनि उदाहरणीय बनेर अरु सरह जिवन यापन गर्न सकीन्छ भनेर अरु आफु जस्ता साथी लगायत सम्पुर्ण समाज लाई हौसला प्रदान गर्ने नीलम ढुंगाना आहिले स्नातक पूरा गरी स्नातकोत्तर पढाईको तयारी गर्दैछिन्। 
॰॰॰॰॰॰॰॰

जिन्दगीका अन्य मोड हरुमा पनि उनलाई यस्तै सफलता मिल्दै जाओस । समाजमा अझै धेरै उदाहरणीय काम गरेर देखाउन सकुन । हाम्रो तर्फ बाट पनि निलम ढुंगाना लाई धेरै धेरै शुभकामना !

कोई टिप्पणी नहीं