गजल
गजल
नाता गोता संबन्धमा जेल्यो जिन्दगीले
मिलन बिछोड सबैकुरा झेल्यो जिन्दगीले!
कर्मै खोटो हो कि मेरो यात भाग्य दोषी
आँधीखोला ठाडो भेलमा हेल्यो जिन्दगीले!
नखाएको विष लाग्ने कस्तो कर्म मेरो
गौंडो ढुकी अफ्ट्यारोमा पेल्यो जिन्दगीले!
माछो माछो भ्यागुताको चाल भयो खुशी
झुक्याएरै उचाल पछार खेल्यो जिन्दगीले!
स्वर्ग जाने रहर सबको मलाई पनि उस्तै
जवर्जस्ती नरक तिर ठेल्यो जिन्दगीले!!
~दुर्गा पंगेनी
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें