अपडेट

कपिल लामा निर्देशन र महेन्द्र गौतम अभीनयमा उत्कृष्ट



~लामो समय देखि मोडलिङ क्षेत्रमा कार्यरत नेपालका चर्चित मोडल महेन्द्र गौतमले यस बर्षको म्युजिक खबर म्युजिक अवार्ड हात पारेका छन्  ।राजधानीको राष्ट्रिय नाचघर जमलमा सम्पन्न अवार्ड तथा सम्मान कार्यक्रममा गौतमलाइ अवार्ड प्रदान गरिएको हो  ।पछिल्लो पटक अधिकांश दर्शक श्रोताको मन जितेका गौतमले आधुनिक र लोकदोहोरी दुबै विधाका गीतहरुमा अभिनय गरेका छन  ।

त्यसै गरि म्युजीक भिडीयो निर्देशक कपिल लामा लाई पनि उत्कृष्ट म्युजीक भिडीयो निर्देशक अवार्ड प्रदान गरिएको छ ।  

पिरतीको बन्धन गीतमा गरेको अभिनयको लागी अवार्ड प्राप्त गर्नुभएका गौतम ले भन्नुभयो "अवार्ड मेरो लागी अझै अगाडी बढ्ने प्रेरणा को श्रोत बनेको छ । आज यो अवार्ड प्राप्त गर्दाको क्षण सम्म मलाई साथ दिनुहुने सबै अग्रज एवं शुभचिन्तक साथै दर्शक श्रोता प्रति आभार प्रकट गर्न चाहन्छु । 

यसै गरी 'आज भन्दा भोलि माया' गीतबाट उत्कृष्ट निर्देशक को अवार्ड हात पार्न सफल कपिल लामा ले सम्पुर्ण सहयोगी एवं शुभचिन्तक हरु सबैको सम्झना आएको बताउनुहुदै अवार्ड ले अझै उत्कृष्ट काम गर्ने प्रेरणा प्रदान गरेको बताउनुभयो ।  

त्यसै गरी उत्कृष्ट मोडल महिला तर्फ चर्चित मोडल रश्मी तामाड• ले अवार्ड प्राप्त गरेकी छन ।

कोई टिप्पणी नहीं