अपडेट

सरिता कार्कीको तिज गीत, नम्रताको पातलो जिउमा' महेन्द्र गौतम लठ्ठै

बिगतका तिजहरुमा उत्कृष्ट गीत ल्याएर दर्शक / श्रोताको मन जित्न सफल गायिका सरिता कार्कीले यसवर्ष पनि दर्शक श्रोताको मन मस्तिष्कमा बस्ने तीजको कोशेली ल्याएकी छिन् ।

नेपाली तीज गीतका पारखिहरुका लागि कार्कीको सुमधुर स्वरमा रहेको तीज गीतको भिडियो सार्बजनिक भइ सकेको छ । सरिता कार्कीको स्वरमा रहेको “पातलो जिउ ….” बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
उक्त तीज गीतमा शब्द / संगीत एक नारायण भण्डारी को रहेको छ ।

शंकर बिस सीको निर्देशनमा तयार भएको भिडियोमा नम्रता सापकोटा र महेन्द्र गौतमको अभिनय रहेको छ । भिडियो उत्क्रिस्ट बनेको छ जसलाई घिन्तांग डिजिटल ले बजारमा ल्याएको हो ।

गीत को सफलताको लागि जमर्को परिवारको को तर्फबाट शुभकामना ।

कोई टिप्पणी नहीं