अपडेट

कला पंगेनीको "मै जस्तै होलाकी संसार"




महिला हरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समयमा कलाकार हरुलाइ तिज विशेष गीत हरु बनाउन र गाउन भ्याइ न भ्याइ छ । यसै क्रममा आफ्नो आठौं तिज गीत लिएर आएकी छन लोक तथा दोहोरी गायीका कला पंगेनी । यसपालीको तिजमा 'तारा ! मै जस्तो होलाकी संसार' भन्ने अत्यन्तै लोकप्रिय र पुरानो भाकामा उनको स्वर सुन्न सकीनेछ । नेपाली नारीहरूकाे महान पर्व हरितालीका तिजको अबसरमा तिजको कोशेली स्वरूप उक्त गीत बजारमा ल्याएको कुरा गायीका पंगेनी ले वताईन ।

तिजमा गाईने पुरानो भाका लाई अलिकती पनि परिमार्जन नगरी जस्ताको त्यस्तै रेकर्ड गर्ने प्रयास गरिएको बताउदै शब्दमा भने नयाँपन भेटीने कुरा गायीका ले वताईन । तिजका पुराना भाका मघ्ये निकै चर्चित र नृत्य प्रधान भाका भएकोले पहिलेनै अग्रज हरुले पनि रेकर्ड गरीसक्नुभएको हुन सक्छ भन्दै गायीका भन्छीन तिजमा पहिला पहिला गाउमा आमा दिदिबहिनी जम्मा भयर गाउदा यो गीतमा ताली बजाउदै सानै देखी नाचेको हो अहिले मैले रेकर्ड गराएँ । अव यही गीतमा अरुलाई पनि नचाउछु ।

बिन्दवासीनी युजीक मार्फत बजारमा अाएको गीतको म्युजिक भिडियोमा यसपाली भने स्वर संगै गायीका पंगेनी आफैले छमछ्मी नाचेर अभिनय समेत गरेकी छन । भीडीयोमा कपिल लामाको निर्देशन र राजेश घिमीरेको छायाँकन रहेको छ ।

भिडीयो लिंक :

कोई टिप्पणी नहीं