अपडेट

जनसम्पर्क समिती मकाउको तेश्रो बार्षिक साधारणसभा भब्यरुपमा सम्पन्न गर्ने तयारी


मकाउ : ~ नेपाली जनसम्पर्क समिती मकाउको तेश्रो बार्षिक उत्सब हुने भएको छ । कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेपाली कांग्रेसका सभापति एबं पुर्ब प्रधानमन्त्री शेर बहादुर देउबा आउने आयोजकले अपेक्षा गरेतापनि मुलुकको पछिल्लो राजनितीक घटना क्रमले गर्दा सभापती देउवा उपस्थित हुन नसक्ने कुरा कांग्रेस श्रोतले जानकारी दिएकोछ ।

मुलुकको प्रमुख राजनैतिक शक्ति एवं सबै भन्दा ठुलो लोकतान्त्रिक दल नेपाली कांग्रेस निकटको बिदेशमा रहेको जनसम्पर्क समितीको यस बार्षिक उत्सबलाई अति महत्वका साथ हेरिएको छ । मकाउ जनसम्पर्क समीती नेपाली काँग्रेसको अहिले सम्मकै कान्छो जनसम्पर्क समीती हो । कान्छो समीती भएर पनि आफ्नो बार्षीक साधारणसभा भब्य रुपमा गर्नको लागी निकै मेहनत गरिएको र नेपाल बाट लोकप्रिय नेता हरुलाई मकाउ निमन्त्रणा गरिएको कुरा मकाउ जनसम्पर्क समीतीका अध्यक्ष सुदर्शन थापाले बताउनुभयो ।

यहि जुलाई १६ तारिखमा हुने साधारणसभामा निम्त्याईनु भएका पार्टी सभापति देउबा मुलुकको बिकसित घटना लाई समन्वय गर्न नेपाल मै रहनुपर्ने आवश्यकता देखिएपछि सो बार्षिक उत्सबमा नेपाली कांग्रेसका विद्वत नेता एवं पुर्ब ऊर्जामन्त्री डा. प्रकाशशरण महत प्रमुख आतिथीको रुपमा मकाउ आउनुहुनेछ । अन्य आमन्त्रीत नेता हरुमा केन्द्रिय सदस्य एबं सांसद धनराज गुरुङ, केन्द्रिय सदस्य बिश्व प्रकाश शर्मा, सांसदद्धय राजु थापा, सिता गुरुङ, र नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी लगायतको नेता हरु हुनुहुन्छ ।

लोकप्रिय केन्द्रीय नेता हरुको उपस्थीतीमा तेश्रो बार्षिक साधारणसभा सम्पन्न गरिने जनसम्पर्क समिती मकाऊका सभापती सुदर्शन थापाले जानकारी दिनुभएको छ ।

कोई टिप्पणी नहीं