अपडेट

कल पंगेनी,प्रिती आले र तेजेश रेग्मीले तिजमा दिल्ली तताउने


यसपालीको तीजमा भारतको राजधानी दिल्लीमा तीज धमका कार्यक्रम हुने भएको छ । तीजको अवसर पारेर प्रवास नेपाल जनकल्याण समीतीको आयोजनामा तीज कार्यक्रम हुन लागेको हो ।

आयोजकका अनुसार आउदो सेप्टेम्बर ४ तारिखका दिन दिल्लीको राज निवास मार्ग स्थीत मोदी भवनको शाह अडोटोरियममा हुने तीज धमाकामा चर्चित गायीका द्वय कला पंगेनी र प्रिती आले साथै लोकप्रिय गायक तेजेश रेग्मीका साथमा चर्चित हास्य कलाकार दिपक थापा समेतले धमका मच्चाउने भएका छन् ।

कार्यक्रममा यि चार कलाकार सहित स्थानिय कलाकारको समेत समेत प्रस्तुती रहनेछ । बिदेशमा रहेर पनि मौलिक कला तथा संस्कृतिको जर्गेना सहित आपसी सदभाव कायमका लागि यस किसिमको कार्यक्रम गर्न लागिएको संस्थाका उपाध्यक्ष फर्श थापा (साजन) ले बताउनुभयो । तीज धमकामा सहभागि भएर भरपुर मनोरञ्जन लिन आयोजक संस्थाको तर्फबाट अध्यक्ष ओमकार शर्माले संपूर्ण नेपाली समुदायमा अनुरोध गर्नुभएको छ । तिज कार्यक्रम लाई अविष्मरणीय र भब्य बनाउन कुनै कसर बाँकी नराखीने भन्दै अहिले देखी नै कार्यक्रमको तयारी र प्रचार प्रसार जोड तोडले सुरु गरेको कुरा आयोजक बशन्त के अधीकारी ले बताउनुभयो । 

कोई टिप्पणी नहीं