अपडेट

यो तिजमा पशुपती शर्माका तेह्र वटा गीत आउने



सांगीतीक बजारमा तिजे गीतको महत्व अलग्गै छ । वर्षभरी मुर्झाएर सुस्ताएर रहने गीतको बजार तिज आएपछी ह्वात्तै बढ्छ । करोडौं लगानी गरेर सयौंको संख्यामा गीत र भीडीयो हरु निर्माण हुन्छन । केही समय पहिला सम्म तिज गीत हरु सामान्य रुपमा गायीन्थ्यो । जसै पशुपती शर्मा तिज गीत लिएर उदाए त्यसपछी तिजगीत रेकर्डको लहर नै चल्यो। यौटा रिभोलुशन नै मान्नुपर्छ अहिले प्राय सबै कलाकार हरुले तिजमा गीत रेकर्ड गराउछन । उपस्थिती देखाउन को लागी मात्र भएपनि तिजमा गीत रेकर्ड गराउनै पर्ने अवस्था सृजना भएको छ कलाकारको लागी । 
॰॰॰॰॰
तिजे गीत हरु यसरी लोकप्रिय हुनुमा पशुपती शर्माको आगमन लाई मुख्य कारक मानेर हेर्न सकीन्छ । धेरै कलाकार हरु उनका गीत गाएर लोकप्रिय भएका छन । राधिका हमाल त्यसको उदाहरण हुन । पशुपती शर्मा संगै तिज लगायतका गीत हरु गाएर चर्चाको शिखरमा पुगेकी राधिका हमालले अहिले सम्म पछाडी फर्केर हेर्नुपरेको छैन । हालांकी अचेलका वर्षहरुमा पशुपति शर्मा र राधीका हमालको आवाजमा नयाँ गीत हरु आएका छैनन।
॰॰॰॰॰॰
भर्खरै छिन्नलता गुठीले पशुपती शर्मा र सिता केसी लाई मलाई अमेरीका यही गीतको लागी पुरस्कृत गर्ने निर्णय गरेको छ । 
॰॰॰॰॰॰॰
यो पटकक तिजमा १३ वटा गीत तयार गरेका पशुपती शर्मा ले अग्रज देखी नयाँ कलाकार सबै लाई समेटेर गीत गाएका छन । यो पटक कोमल वली देखी नयाँ गायीका हरु संग समेत उनका गीत हरु सुन्न सकीनेछ । कोमल वली, पार्वती जिसी, जानकी तारमी मगर, शान्ति श्री परियार, सम्झना भण्डारी, अमृता लुंगेली मगर, शिलु भट्टराई, बेलीमाया गोर्खाली, अनीता चलाउने, कल्पना श्रीपाल, जमुना सनम, गीता भट्टराई, चोलेन्द्र पौडेल र तुलसी जीसी लगायत कलाकार हरुले पशुपती शर्मा संग सहकार्य गरेका छन यो पटक । 

~दुर्गा पंगेनी

कोई टिप्पणी नहीं