अपडेट

कोमल ओली पछी शिवजी घुर्क्याउदै पोई माग्दै शालु गौतम


काठमाण्डौ असार २०/ 
~हिन्दु नारी हरुको महान पर्व हरितालीका तिज को अवसर पारेर धेरै कलाकारले गीत हरु निकाल्छन । तिज गीत संगीतको पनि पर्व हो । तिजको अवशर पारेर आएका कतिपय गीत हरु त्यसै हराउछन तर कतिपय गीतले दर्शक श्रोताको मन मा गहिरो छाप छोडेर जान्छन । आराध्यदेव भगवान शिवको व्रत गर्ने पर्व भएर होला गीत हरु पनि भगवान शिव लाई नै जोडेर गाउने गरिन्छ । तिजमा शिव जी संग वरदान मागेर गाईएका गीत हरुमा अग्रज गायीका कोमल ओलीका गीत हरु अत्याधिक रुचाएका छन । त्यसै मेसो मा सिवजी लाई घुर्क्याउन आईपुगेकी छन बैंशालु गायीका शालु गौतम ।
॰॰॰॰॰॰॰
~ लामो समय रिलेशनमा रहेकि मोडल, तथा गायिका शालु गौतम ब्रेक अप पछि अहिले सिंगल छिन । शालुले अव ब्वाइफ्रेण्ड भन्दा पनि अशल पति खोजिरहेको खुलासा गरेकि छन । तर भने जस्तो पति नपाउदा गायिका शालु गौतमले महादेव लाई बेइमान भनेकि छन । नजिकिदै गरेको तिजलाईं मध्यनजर गरेर बेईमानी शिवजी बोलको तिज गीत युवट्युवमा सार्बजनिक गर्दै गायीका गौतमले पति चाहिएको तर नपाएको गुनासो गरेकी हुन् ।
॰॰॰॰॰॰
कालिन्चोक डिजिटल नेपालको ब्यानरमा बनेको गीत बिक्रम चैहानले निर्देशन गरेका छन भने मुकेश हुमागाईले खिचेका छन । प्राय आफ्ना गीतमा आफै मोडलिड• गर्ने शालु गौतमले यो गीतमा पनि आफै अभिनय गरेकि छिन । अत्यन्तै ग्ल्यामर फोटोग्राफी का कारण अत्याधीक चर्चामा रहेकी गायीका ले तिजमा शिव जी लाई घुर्क्याएपछी यो पटक उनको जोडी बन्ने निश्चित होला त ? 
॰॰॰॰
हेरौं यो भिडीयो ~ बेईमान शिव जी ~




कोई टिप्पणी नहीं