पहाडकी छोरी ~ पवित्रा राई
"गीत-२"
पहाडकी छोरी हुँ म गर्छु लेक बेसी
रम्छ मन हिमालमा डाँफे नाच्दा खेरी
ढकमक लालीगुँरास फुल्दा पहाड हाँस्छ
कुहुँ कुहुँ गाउँदै रमाई कोयली चरी नाँच्छ
सुनखरी फूलै राम्रो शिरमा लाउँदा खेरी
रम्छ मन हिमालमा डाँफे नाच्दा खेरी
असारे गीत भाखा हाली गाउँदै बेसी झर्दा
आफ्नै दु:ख गाई दिन्छु रोदी घरमा गाउदा
रनवन सारै राम्रो हरियाली छाउँदा खेरी
रम्छ मन हिमालमा डाँफे नाच्दा खेरी
॰॰॰॰॰॰॰॰॰॰
हिड्दा हिड्दै गोरेटोको विसौनीमा आ'को छु
कहिल्यै नझुक्ने अटल हिउँचुली झै भा'को छु
पहाडको लालि गुराँस हिमफेदिको बुकी
सिउरी देउन शिरैमा प्रित लगाउला लुकी
देउरालीको चौतारीमा गीत बनी छा'को छु म
हिड्दा हिड्दै गोरेटोको बिसौनीमा आ'को छु
सिस्नेरीको चिसो पानी रम्बुवा झर्दा खेरी
बिर्सिन्न हात दे'को बेसी खोला तर्दा खेरी
उकाली र ओह्रलीमा प्रित बनी धा'को छु म
हिड्दा हिड्दै गोरेटोको बिसौनीमा आ'को छु
~पवित्रा राई
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें